क्रिकेटप्रेमीकाे मोहः कीर्तिपुरको भीड अचानक भक्तपुरमा

भक्तपुर । त्यसै पनि प्रत्येक शनिबार भक्तपुर दरवार क्षेत्र आन्तरिक पर्यटकहरुले भरिभराउ भएको हुन्छ ।

 

 

 

त्यसमा पनि विशेष भरिभराउ भयो शनिबार । कारण थियो, नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी पोखरा एभेन्जर्सको टोली भक्तपुर घुम्न आउनु ।

 

 

 

नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेलको नेतृत्वमा लिगमा सहभागी विदेशी र स्वदेशी खेलाडीसहितको टोली भक्तपुर भ्रमणमा आएका थिए । टोलीमा २६ जना खेलाडी तथा प्रतिनिधि रहेका थिए । त्यसमा नेपाली खेलाडीसहित भारतीय तथा अन्य विभिन्न मुलुकहरुबाट आएका खेलाडीहरु थिए ।

 

 

खेलाडीको टोली साँंझ पाँच बजे भक्तपुर पुगेको थियो । टोलीले भक्तपुर दरवार क्षेत्र र पाँचतले मन्दिर क्षेत्र (ङातापोल) को अवलोकन गरेका थिए । टोलीले झण्डै एक घण्टा अवलोकन भ्रमण गरेका थिए । टोलीलाई दतात्रय स्क्वायरको पनि भ्रमण गराउने योजना भए पनि भक्तपुर दरवार स्क्वायर र पाँंचतल्ले मन्दिर क्षेत्र भन्दा अलि पर भएको र समय अभाबका कारण दतात्रय क्षेत्रमा लगिएको थिएन ।

 

 

टोलीलाई यसअघि भव्य स्वागत गरिएको थियो । बाजागाजाको टोलीले उनीहरुलाई भक्तपुरको दरवार क्षेत्र प्रवेश गर्ने खौमा प्रवेशद्धारमा स्वागत गरिएको थियो । टोलीमा सहभागी खेलाडी र प्राविधिहरु सवैलाई एउटाएउटा टोली लगाइदिनुका साथै खादा लगाइदिएर स्वागत गरिएको थियो । सहभागी सम्पूर्ण टोलीको  स्वागतपछि परम्परागत धिमे बाजागाजासहित भक्तपुर परिक्रमा गराइएको थियो ।

 

 

 

परम्परागत धिमे बाजाका साथ नेपाली टोपी लगाएका दर्जनौ नेपाली तथा विदेशी पर्यटकहरु देखेपछि त्यहाँं भीड बढेको थियो । त्यसमाथि नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेललाई देखेपछि धेरैले उनीसँंग बसेर फोटो खिचाएका थिए । फोटा खिचाएनन् मात्रै धेरै युवायुवतीहरुले उनको अटोग्राफी पनि लिन भ्याए । कति युवाहरुले त आआआफनो छातीमा उनको हस्ताक्षर गर्न लगाए । यो क्रम उनी भ्रमण गरेको एकघण्टाको अवधिभर बाटोभरि चलिरहयो ।

 

 

यसै पनि भक्तपुरमा शनिबार भीड हुन्छ, कार्यक्रममा सहभागी एकजना युवाले भने, क्रिकेटर नेपाली टोपीमा बाजागाजासहित भ्रमणमा आएपछि त हेर्ने आउनेहरुको भीड लाग्ने नै भयो ।  भक्तपुर नगरपालिकाको दावी अनुसार शनिबार एक दिनमा मात्रै एक लाखदेखि डेढ लाख (एक लाख ५० हजार) आन्तरिक पर्यटक भक्तपुर भ्रमणमा आउने गरेका छन् । त्यसका साथमा तथ्यांकै केलाएर हेर्ने हो भने भक्तपुर नगरमा दैनिक एक हजार भन्दा वढी विदेशी पर्यटकहरु पर्यटक शुल्क तिरेर भक्तपुर भ्रमण गर्न आउने गरेको तथ्यांक छ । नगरपालिकाले नगर अवलोकन गर्न आउने विदेशी पर्यटकहरुसँंग प्रवेश शुल्क उठाएर तथ्यांक राख्ने गर्दै आएको छ ।

 

 

टोलीका स्वागत तथा भ्रमणमा विभिन्न खेलाडीहरु तथा क्रिकेट खेलप्रति मोह राख्ने सर्वसाधारण पनि उतिकै सहभागी थिए । नेपाल भलिबल महासंघका केन्द्रिय कोषाध्यक्ष गौतम सुजखू, नेपाल भविबल संघ भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिलगायतका दर्जनौ खेलाडीहरु सहभागी थिए ।

पोखरा एभेन्जर्सका प्रोपाइटर मनोबल श्रेष्ठले भक्तपुरले देखाएको मायाप्रति हर्ष प्रकट गरे । साथै आगामी दिनमा पनि आफूहरुलाई यही किसिमको माया पाउने आशा उनले गरे । नेपाल इको प्यानलको निमन्त्रणामा उनीहरू भक्तपुर आइका थिए । टोलीलाई नेपाल इको प्यानललगायतको खेलाडी तथा अन्यले स्वागत गरेको थियो ।

 

 

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर कृष्णभक्त दुवालले भ्रमणको मुख्य उद्देश्य आगामी मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सव २०८१ को प्रचारप्रसार गर्नु रहेको बताए । “टोलीलाई भक्तपुरका ऐतिहासिक र सांस्कृतिक सम्पदा अवलोकन गराएर सांस्कृतिक नगरी भक्तपुरलाई विश्वसामु चिनाउन सहयोग पु¥याउने हाम्रो उद्देश्य हो,” दुवालले बताए । भक्तपुर महोत्सवको प्रचारप्रसारका साथै नेपाल प्रिमियर लिगमा सहभागी खेलाडीहरूले नेपाल र यसको सांस्कृतिक धरोहरबारे अनुभव सँगाल्ने अवसर प्राप्त गरेको उनको विश्वास छ ।

 

 

टोलीको सम्मान रात्रीभोजसमेत भएको थियो । टोलीलाई जुजु धौ (दही) लगायतका परिकार दिएर सम्मान गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा,  यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरुको दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन् ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाका सम्पूर्ण खाता रोक्का गरिदिएपछि यो समस्या भएको हो । एक विद्यालयका...

रानीवासमा महिला सामुदायिक भवन निर्माण

भोजपुर,  भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीवासमा महिला सामुदायिक भवन निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई विभिन्न सामाजिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्न सहज भएको छ । विशेषगरी महिलाका लागि लक्षित गरी निर्माण गरिएको उक्त भवनले गाउँस्तरमा हुने नियमित भेला, छलफल तथा कार्यक्रमलाई व्यवस्थित बनाएको छ ।     रानीवासका महिलाले...

मल्कवाङमा विद्युतीकरण

म्याग्दी,  म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रिय प्रशारण लाइनमार्फत विद्युतीकरण भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत धवलागिरी गाउँपालिका–६ मराङ हुँदै मल्कवाङमा केन्द्रीय प्रशारण लाइन विस्तार गरेर विद्युुतीकरण गरिएको हो । मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने र एक सय...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

प्रि–मनसुन : चैते धानलाई अनुकूल

काठमाडौँ,  देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको वर्षाले चैते धान खेतीका लागि अनुकूल वातावरण सिर्जना गरेको छ । रोपाइँको मुख्य समयमा भएको यस वर्षाले उत्पादन वृद्धि हुने अपेक्षा गरिएसँगै किसानहरूमा आशा बढेको छ । प्रि–मनसुन साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्मको अवधिलाई मानिन्छ ।...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारण सभा : अध्यक्ष बाहेक सबै सर्वसहमत चयन

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा, खैरेनीमा रहेको शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष आत्मा प्रसाद जैसीको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर – ३ का वडाअध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

महेन्द्रनगर (धनुषा),  मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले एसइई परीक्षा विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले यसको सञ्चालनमा कुनै किसिमको लापरबाही हुन नहुने बताउनुभएको छ ।शिक्षा तथा संस्कृति मन्त्रालय मधेस प्रदेशको आयोजनामा आज जनकपुरधाममा विद्यालय शिक्षा परीक्षा एसइई–२०८२ लाई व्यवस्थित,...

परिवारको साथ लिएर आँखा शिविरमा आएका वृद्धवृद्धा उपचारपछि आफैँ घर फर्किए

पर्वत,  यहाँको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार ३५८ जना नागरिकको आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यही चैत ८ देखि १५ गतेसम्म सो शिविर सञ्चालन गरिएको थियो ।     आँखा जाँचका क्रममा ५१ जनामा मोतियाविन्दु...

प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज (पर्सा), प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो । सुरुआती चरणमा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३ दशमलव २ ओभरमा सबै विकेट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९