
कैलाली । कैलालीको चिसापानी–राजकाँडा जाल्पा देवी केबलकारको शिलान्यास आज पुस १३ गते हुने भएको छ । केबलकारको शिलान्यास नेपाल सरकारका परराष्ट्र मन्त्री डा. आर्जु राणा देउवाले गर्ने छन् ।
कार्यक्रममा उद्योग मन्त्री दामोदर भण्डारी, पर्यटन राज्यमन्त्री अरुण कुमार चौधरी लगायतको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । केबलकारका सञ्चालक सूर्यबहादुर थापाले केबलकार सुदूरपश्चिम प्रदेशको पर्यटन विकासको मेरुदण्ड बन्ने बताए ।
“हामीले हजार जनालाई प्रत्यक्ष रोजगारीमा जोड्ने योजना बनाएका छौ । बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णालीमा मिनी पानी जहाज, रारा ताल, टिकापुरपार्क, रामारोशन जस्ता पर्यटकीय क्षेत्रहरूलाई सँगै जोडेर अघि बढ्छौ ।” उनले भने ।भारतको उत्तर प्रदेशका जनताको आवागमनलाई जोड दिएमा मात्रै पनि सुदूरपश्चिम पर्यटनको हब बन्ने उनको दाबी छ । आज पुस १३ गते शिलान्यास गरि एक वर्ष भित्र केबलकार सञ्चालन गर्ने बताइएको छ ।