इजरायलको नेभाटिम एयर बेसमा बिध्वसं गराएको हुथीको दाबी

गाजा । इजरायलमा भएको आक्रमणको जिम्मेवारी यमनका बिद्रोही समुह हुथीले लिएको छ । यमनी विद्रोही समूहले नागाब वा नेगेभ मरुभूमिमा रहेको इजरायलको नेभाटिम एयर बेसमा ‘प्यालेस्टाइन–२’ नामक हाइपरसोनिक ब्यालिस्टिक मिसाइल प्रहार गरेको बताएको छ।

 

हुथीका दाबी अनुसार इजरायल माथी गरिएको प्रहार ले सफलतापूर्वक आफ्नो लक्ष्यमा प्रहार गरेको थियो । उनीहरूले भने कि, ‘यो आक्रमण इजरायलले गाजामा हाम्रा भाइहरूमाथी गरेको नरसंहारको साथै हाम्रो देशमा इजरायली आक्रमणको प्रतिक्रियामा भएको हो ।’ हुथीले सो एअरबेसमा धेरै क्षति भएको पनि दाबी गरेको छ ।

यद्यपि इजरायलको सेनाले यसअघि शनिबार राति प्रक्षेपण गरिएको मिसाइललाई सफलतापूर्वक रोकिएको बताएको थियो। टाइम्स अफ इजरायलका अनुसार गत महिना मात्रै हुथीहरूले इजरायलतर्फ १० ब्यालेस्टिक मिसाइल र नौ ड्रोन प्रहार गरेको जनाएका छन । उता, हुथीहरूले यमनमा अमेरिकी सेनाको ड्रोन खसालेको पनि दावी गरेका छन्।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१