भुँइमान्छेको कथा ‘मेरा गाउँको खड्क्या मन्त्री’को विमोचन

कैलाली । आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौँ कृति उपन्यास मेरा गाउँको खड्क्या मन्त्री एक कार्यक्रमका बीच टीकापुरमा लोकार्पण गरिएको छ ।

 

पञ्चायती शासन व्यवस्था र प्रजातन्त्र स्थापनाको परिवेशमा गरिबी, उत्पीडित खड्कबहादुर नेपाली र उनकी धर्मपत्नी धौंरी नेपालीलाई मुख्य पात्र बनाएर लेखिएको उपन्यासको लोकार्पण नेपाली दम्पतीले गरेका हुन् ।

 

गगन फाउन्डेसनले प्रकाशन गरेको उपन्यासमा खड्कबहादुर र उनको परिवारलाई भोगेको समस्या, पीडा, दैनिक, जीवनयापनसहित कर्णाली सभ्यताको व्याख्या गरिएको छ ।

 

 

मेरा गाउँको खड्क्या मन्त्री उपन्यास लोकार्पण कार्यक्रममा उपन्यासमाथि समीक्षा गर्दै टीकापुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डाक्टर धनकृष्ण उपाध्यायले आख्यानकार थापाका अन्य कृतिहरू भन्दा यो कृति उत्कृष्ट रहेको दाबी गरे ।

 

‘जित्नेहरूको इतिहास लेखिने नेपाली साहित्यमा उपन्यासमार्फत आख्यानकार थापाले एक विपन्न परिवार, उसको सङ्घर्ष, प्रजातन्त्र स्थापनाका लागि पुर्याएको योगदानबारे यतार्थ उजागर गरिएको छ’ डाक्टर उपाध्यायले भने ‘आम नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउने गरी व्यवस्था आउनु पर्ने धारणा उपन्यासमा देखिन्छ ।’

 

 

चौध अध्याय रहेको उपन्यासले कर्णाली र सुदूरपश्चिम प्रदेशको आञ्चलिकतामा जोड दिएको छ । प्रकाशक गगन फाउन्डेसनका संस्थापक हिक्मत थापाले उपन्यासका मुख्य पात्र नै प्रमुख अतिथि बनाएर लोकार्पण गरिएको बताउँदै उक्त उपन्यासको बिक्रीबाट हुने सम्पूर्ण रकम खड्कबहादुरको परिवारलाई हस्तान्तरण गर्ने घोषणा गरे ।

 

 

‘यो उपन्यासका मुख्य पात्रको जीवन प्रजातन्त्र स्थापनाको लामो समय भइसक्दा समेत ज्युँका त्युँ नै छ, उपन्यासको अन्त्यमा उनको जीवन सुखमय भएको कल्पना उपन्यासकारले गरेका छन्’ कवि समेत रहेका थापाले भने ‘थोरै भए पनि उनलाई राहत पुगोस् भन्नका लागि यो उपन्यासको सम्पूर्ण बिक्री रकम नेपालीको परिवारलाई हस्तान्तरण गर्नेछौँ ।’

 

 

गगन फाउन्डेसनका संस्थापक थापाको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावल, कालुप्रसाद काफ्लेले उपन्यास बारे बोलेका थिए ।

 

 

कार्यक्रममा दैलेखका दिलिप आचार्यले पुस्तक बिक्रीको १० हजार रुपैयाँ समेत नेपालीको परिवारलाई हस्तान्तरण गरिएको थियो । टीकापुर नगरपालिका वडा नं. १ को सुकुम्बासी बस्तीमा अस्थायी टहरामा बस्दै आएका नेपाली बजार क्षेत्रमा मागेर जीविकोपार्जन गर्दै आइरहेका छन् ।

 

 

स्वर्गीय साहित्यकार थापाका सोह्र सौगात (कथा सङ्ग्रह, २०३५), कर्णालीको छेउछाउ (उपन्यास ,२०७१), पुर्खाको चिठ्ठी (उपन्यास ,२०७२),मेरो मधुशाला (उपन्यास, २०७४), उज्ज्वली (लघु उपन्यास, २०७६), महाप्रलय (उपन्यास, २०७७) र मरुभूमिकी महारानी (लघु उपन्यास, २०७७) कृतिहरू प्रकाशित छन् ।

 

 

थापाको निधन पछि उनले लेखेको कृति पाठक सामु पुर्याउन छारा हिक्मत थापाले महत्त्वपूर्ण भूमिमा निर्वाह गरेका थिए । छोरा हाल रोजगारीको सिलसिलामा नाइजेरिया छन् । उनी कवि हुन् र उहाँको पनि चिबोकका केटीहरू नामक कविता सङ्ग्रह प्रकाशित छ । थापा गैर आवासीय नेपाली सङ्घ एनआरएनका पूर्व कोषाध्यक्ष समेत हुन।

भूइमान्छेको कथा

 

‘मेरा गाउँको खडक्या मन्त्री’ तीस र चालिसको दशकको कैलालीको ग्रामीण क्षेत्रको कथा हो । यो पञ्चायतका अन्तिम बर्सहरूमा बदलिँदो सामाजिक संरचना, जातीय र आर्थिक विभेद र चेतनाको बढ्दो बिस्तारको कथा हो ।

 

नागरिकका रूप मात्र नभई विद्रोह, चेतना र तिनलाई आदर्शका रुपमा स्थापित गर्ने लेखकका पात्र हुन् खडक्या मन्त्री, जो यस उपन्यासका केन्द्र हुन ।

 

कटासे बजार मात्र हैन यो कथामा कैलाश देखि अयोध्या सम्मको कर्णाली सभ्यता फैलिएको छ । थारु, अछामी र हिन्दी भाषाका जनजिब्रोका संवादहरू छन् । हटारु, बसाइँसराई र बम्बैवाला संस्कृति र अर्थतन्त्रको जोडिएको छ, यसका कथाहरूमा । जिमिन्दारी शोषण र सुकुम्बासी व्यथा अनि केन्द्रीकृत पञ्चायती राजका पीडाहरू छन् यसमा ।

 

खडक्या मन्त्री अहिलेसम्मकै विभेद र लोकतन्त्रले परिवर्तन गर्न नसकेको आर्थिक समृद्धिको दुर्लभ देखिने सपनाको सजीव तस्बिर हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पदीय मर्यादाअनुरूप काम नगर्नेलाई कारबाही

धनुषा,  मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई÷दुई  जनाको सम्मिलित आठ वटा टोली बनाएर मङ्गलबार र बुधबार छड्के अनुगमन गरिएको हो ।   अनुगमनका क्रममा मङ्गलबार ४८ र बुधबार २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका...

पदीय मर्यादाअनुरूप काम नगर्नेलाई कारबाही

धनुषा,  मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई÷दुई  जनाको सम्मिलित आठ वटा टोली बनाएर मङ्गलबार र बुधबार छड्के अनुगमन गरिएको हो ।   अनुगमनका क्रममा मङ्गलबार ४८ र बुधबार २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६९...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

पदीय मर्यादाअनुरूप काम नगर्नेलाई कारबाही

धनुषा,  मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई÷दुई  जनाको सम्मिलित आठ वटा टोली बनाएर मङ्गलबार र बुधबार छड्के अनुगमन गरिएको हो ।   अनुगमनका क्रममा मङ्गलबार ४८ र बुधबार २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका...

‘मतदाता नामावलीमा ९९३ जनाको नाम दोहोरिएको पाइयो’

नेपालगञ्ज,  बाँकेमा ९९३ जनाको फोटोसहितको मतदाता नामावलीमा दोहोरो नाम फेला परेको छ । जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले त्यसमध्ये सबैभन्दा बढी नेपालगञ्जको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण

महेन्द्रनगर (धनुषा),  जापान सरकारको आर्थिक सहयोगमा धनुषामा दुई वटा सामुदायिक विद्यालयको भूकम्प प्रतिरोधात्मक एवं सुविधासम्पन्न भवन निर्माण भएकोे छ । प्लान इन्टनेसनल नेपाल तथा आसमान नेपालको सहकार्यमा सञ्चालित शिक्षा परियोजनाअन्तर्गत सो विद्यालयको भवन निर्माण गरिएको हो ।   विदेह नगरपालिका–५ स्थित आधारभूत विद्यालय मुडिवामा रु ९४...

महोत्तरीमा पुस ४ देखि एक महिने निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना हुँदै

जलेश्वर (महोत्तरी),  महोत्तरीमा यही पुस ४ गतेदेखि एक महिने  परिवार व्यवस्थापन स्वास्थ्य शिविर ( स्थायी बन्ध्याकरण शिविर)  सुरुआत हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्वारा सुनौलो परिवार नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन हुने सो निःशुल्क शिविरमा जिल्लाका १५ वटै पालिकाका विभिन्न ११ स्थानमा...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९