रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित

रौतहट। पछिल्लो समय जंगली हात्तीले रौतहट र बाराको कैयौं पालिकामा उत्पात मच्चाएको छ।हात्तिको उत्पातले गाउँले रातभरी जाग्राम बस्न बाध्य भएका छन्। तर नियमनकारी निकाय मौन बसेका छन्। आज बिहान रौतहटको उत्तरिभेग गुजरा नगरपालिका–३ जंगलसहिया पशुपती टोल स्थित जंगली हात्तीले ६ वटा घरमा क्षती गरेको छ। ठूलो दारा भएको जंगली हात्ती एक्लै आएर पशुपती टोल गाउँमा घुमी घुमी ६ वटा घरमा क्षति गरेको स्थानियले जनाएका छन ।

 

 

बिहान साढे दुई बजे आएको हात्तीले स्थानीय अर्जुन शाही ठकुरीको घरको बार, रामकुमार शाही ठकुरीको घरको बार भत्काएको छ भने श्याम बहादुर, पूर्ण बहादुर, भुटा महरा , हरेन्द्र पासवानको आँगनमा रहेको  धानको भकारी फोडेर क्षती गरेको प्रहरी चौकी हरिनगर पोखरभिन्डाका प्रमुख असई हलचल मियाँले बताएका छन्।

 

 

बिहान साढे दुईबजे पशुपती टोल गाउँमा पुगेको हात्तीले साढे तीन घन्टासम्म घर घरमा क्षती पुर्याउँदै बिहान ६ बजे जंगलमा फर्केको स्थानिय समाजसेवी कृष्ण पोखरेलले बताएका छन्। हात्ती गाउँमा हुन्जेल गाउँलेहरु डराएर आआफ्नो घरमा लुकेर बसेका थिए।

 

 

हात्तीले पुर्याएको क्षति बिवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो केही दिन देखि जंगली हात्ती रौतहटको गुजरा, फतुवा बिजयपुर , चन्द्रपुर नगरपालिकाको बिभिन्न वडाका साथै बाराको कोल्हवी नगरपालिका अन्तर्गतका कैयौं गाउँहरुमा क्षती पुर्याउँदै आएका छन्। जंगली हात्तीको आतंकले गाउँलेहरु त्रसित भएर नियन्त्रणको माग गरेका छन्।

 

 

चन्द्रपुर २ र ३ नम्बर वडामा पनि जंगली हात्तीले तहस नहस गरेको छ । केराबारीमा पसेर हजारौं केराको बोटमा क्षति गरे पछि स्थानिय थप आतंकित भएका छन् ।  केही महिना अघि हात्तीको आक्रमणमा परी कोल्हवी एकजना मानिसको ज्यान गएको थियो। हात्ती नियन्त्रणको लागि स्थानीयले पटक पटक आग्रह गर्दा पनि नियमनकारी निकाय मौन रहेको स्थानीयहरूले गुनासो गरेका छन्।

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज (पर्सा) : जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको करिब रु एक अर्ब १५ करोड बराबरको क्षति भएको दाबी गरिएको छ । वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट महानगरको मुख्य भवनसहित विभिन्न संरचना र...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौँ ।  घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको सरोकार भएका निकायको बैठकले दसैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।     बैठकले...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९