उर्लाबारी आगलागी घटनाका पीडित भन्छनः ‘जिँउदो लाश भएर बाँचेका छौ’

उर्लाबारी। २०८० साल  कात्तिक २६ गते । लक्ष्मीपूजाको दिन । मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भयो। आगलागी नियन्त्रणका क्रममा ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भए । सो आगलागी परि घाईते भएकाहरुले क्षतिपूर्ती नपाएको र जिवनयापन गर्न सकस भएको बताएका छन् ।‘मर्नेहरु त मर्नुभयो, परिवारलाई दुखपीडा त अवश्य हुन्छन नै, हामी पनि जिँउदो लाश भएर बाँचेका छौ, बहुत पीडा छ । बरु मरेकै भए हुन्थियो जस्तो लाग्छ, घाईते राजिव दियालीले भने, हाम्रो पक्षमा बोलदिने कोहीँ छैन, न त नप्रतिनिधिको साथ छ।’ उनले घरधनि पनि आफ्नो हितमा मात्रै लागिपरेको आरोप लगाए।

 

 

उर्लाबारीमा अलराउण्ड डान्स सेन्टर सन्चालन गर्छन दियाँली । डान्स सेन्टर सन्चालन गरेर जिविकोपार्जन भईरहेको थियो । तर दियालीलाई आगलागीमा परेपछि निक्कै समस्या भईरहेको छ। उनी भन्छन्, ‘जलेपछि पहिले जस्तो काम गर्न सकेको छैन्। जलन भएको हात चिलाउछ, पोल्छ । बाहिर खुलेर निस्किन सकेको छैन् । काममा फर्किन सक्या छैन्।’‘अरुको घर परिवार जोगाउन ज्यानको बाजि लगाएर लाँगियो, कतिको ज्यान गयो । तर घरधनीले फर्किएर हेर्नुभएको छैन’, दियालीले भने ।

 

 

आगलागीमा परेर घाईते भएका २७ बर्षीय बिक्रम शाहाको पीडा दियालीको भन्दा कम छैन् । छुट्टै छ । आगलागीमा पर्नु अघि उनी किरानामा काम गर्थे, सगाँउथे । मासिक १० हजार तनखा हुन्थियो । तर अहिले उनी स्वास्थ्य अवस्थाको कारण काममा फर्किन सकेका छैनन् ।एक छोरी र श्रीमतीसँग बस्दै आँएका शाह हात खुट्टा ढाड र गालामा जलन भएको बताउँछन् । कैयौंँ रात भोकै सुतेको उल्लेख गर्दै उनले नुन पानी भात खाँएर पनि रात कटाएको उल्लेख गरे । उनी भन्छन्, ‘म काम गर्न सक्दिन, श्रीमतीलाई जागिर भए हुन्थ्यो’

 

 

 

सम्भवतः नेपालकै ठुलो घटना हो, उर्लाबारीमा आगलागी । राज्यका हरेक निकायको चाँसो भएको थियो । आाश्नवासन र सपनाहरु देखाईएको थियो ।
तर अहिले सबै कुरा सेलाएको र आफूँहरुको समस्या ज्यूँका त्यूँ रहेको आगलागी पीडितको दुखेसो छ ।सुन पसलमा भएको आगलागीमा परी उर्लाबारी नगरपालिका—७ का ४३ वर्षीय रामनरेश मरिता, ६८ वर्षीय रुकुमबहादुर कार्की, ४२ वर्षीय कुमार तामाङ, ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको मृत्यु भएको थियो ।आगलागी नियन्त्रणमा लिने प्रयास गरिररहेका बेला ग्यास सिलिण्डर विष्फोट भएको थियो । सो घटनामा चार प्रहरीसहित २८ जना स्थानीय घाइतेसमेत भएका थिए । आगलागीबाट साढे तीन करोड बराबरको क्षति भएको थियो ।

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज (पर्सा) : जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको करिब रु एक अर्ब १५ करोड बराबरको क्षति भएको दाबी गरिएको छ । वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट महानगरको मुख्य भवनसहित विभिन्न संरचना र...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौँ ।  घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको सरोकार भएका निकायको बैठकले दसैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।     बैठकले...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९