पथरीमा भीम पौडेलको दादागिरी : शौचालयको मलमुत्र जनताको नहरमा, घनाबस्तीमा अलकत्रा प्लान्ट राख्ने योजना

पथरी – दुई दशकयता मोरङका खोलानाला अत्यधिक दोहन गरेर विवादमा आएका ठेकेदार भीम पौडेलले पथरी शनिश्चरे नगरपालिकामा ‘दादागिरी’ शैली अपनाएका छन्। पौडेलको ‘दादागिरी’ शैलीका कारण मोरङको पथरी शनिश्चरे वडा नम्बर १० का स्थानीय आतंकित बनेका छन्। पौडेलको जबरजस्तीका कारण वडा नम्बर १० स्थित डाँस खोला र पथरी शनिश्चरे-कानेपोखरी गाउँपालिकाको सिमानामा रहेको मोरंगी खोलाको पुलबीचमा रहेको सिंगो गाउँ जिरिखिम्ती त्रसित बनेको छ।

 

पौडेलले करिब ३५० घर रहेको गाउँमा एसियन हाइवे निर्माणका लागि करिब आठ बिघाहा जमिन लिजमा लिएर विभिन्न निर्माण जन्य मेसिनसहित कर्मचारीलाई बासस्थान सञ्चालन गरेका छन्। तर, उक्त स्थानमा बस्ने कर्मचारीले प्रयोग गर्ने गरेको शौचालयको पाइप फुटेर बस्तीका बासिन्दाले प्रयोग गर्ने गरेको पैनीमा बगिरहेको छ। पौडेलको त्यस्तो अमानवीय कार्यका कारण आफूहरू पीडामा परेको स्थानीयले बताए। नक्सामा समेत रहेको उक्त पैनी तथा सडकदेखि उत्तरपट्टी माटो थुपरेर पुरिँदिदा वर्षायाममा डुबान समेत हुने गरेको छ भने दक्षिणमा सिँचाइ नपुगेर उब्जनी घट्ने गरेको पीडित विमला खतिवडा बताउँछिन्।

 

उक्त कम्पनी राखेको अधिकांश जग्गा स्थानीय गणेश कट्वाल, गंगा कट्वाल, ओविन कट्वाल र केही कठ्ठा अन्य व्यक्तिको रहेको छ। उद्योग वाणिज्य संघ पथरीका अध्यक्षसमेत रहेका दीपक बस्नेतले आफ्ना ससुराली परिवार रहेका कट्वालहरूसँग पौडेललाई जग्गा मिलाइदिन ‘सेटिङ’ मिलाएको आरोप लागेको छ। बस्नेतले स्थानीय सँधियारलाई समेत जानकारी नदिई गोप्यमा सहमति गरेर पौडेललाई जबरजस्ती काम थाल्ने वातावरण मिलाइदिएको पथरीका स्थानीय बताउँछन्।

 

विस्तारै कुरा बाहिरिएपछि जग्गादाताहरूसँग सम्पर्क गर्दा ‘मेरो जग्गा लिजमा दिँदा तँलाई सोध्नुपर्ने’ भन्दै उल्टै धम्क्याएका छन्। जग्गादातामध्ये सबै कट्वालको घर विराटनगरमा छ। जसमध्ये गंगा कट्वाल जिरिखिम्तीको घर भाडामा दिएर विराटनगर नै बस्छन्। ओविन कट्वाल पनि अधिकांश समय विराटनगर बस्छन् भने गणेश कट्वालका जेठा छोरा-बुहारी अमेरिका तथा कान्छा छोरा-बुहारी क्यानडा बस्छन्। सम्झौताको समय श्रीमतीसमेत अमेरिकामा रहेकी थिइन्। करिब १५ दिनको छुट्टीमा नेपाल आएका जेठा छोरा प्रदीप कट्वालले भिनाजु (दीपक बस्नेत)को लहैलहैमा कोहीसँग सल्लाह नै नगरी जग्गा दिएको भन्दै गुनासो गरेका थिए।

 

मानव बस्तीमा अलकत्रा प्लान्ट राख्न नहुने भन्दै उनले आपत्ति जनाएका थिए।स्थानीयले माग्दा महिनौसम्म नपाएको सम्झौता प्रदीप कट्वाल आएर खोज्दा मात्र स्थानीयले हेर्न पाएका थिए। सम्झौताको पहिलो बुँदामा नै अलकत्रा प्लान्ट राख्ने उल्लेख गरिएको छ। गाउँतिर हल्ला चल्न थालेपछि स्थानीयले जग्गाधनीसँग बुझ्दा उक्त स्थानमा प्लान्ट राख्ने सहमति नभएको बताएका छन्। सहमति पत्रमा सडकमा काम गर्ने मजदुरलाई बासस्थान तथा स्वीमिङ पुल निर्माण गर्ने, सयौं कर्मचारी त्यही बस्ने गरेको हुँदा स्थानीयको व्यवसाय समेत चल्ने, गाउँको बाटो पिच गरिदिने लगायतका आश्वासन दिइएको थियो।

 

आफ्नो जग्गामा कुखुराको खोर अथवा बाख्राको खोर बनाउँदा नै सँधियारको अनुमति चाहिने तर ठूला व्यापारीले सँधियारसँग स्वीकृति नलिँदा कानुन नै हैसियत अनुसार फरक-फरक देखिएको श्री डाँस-मोरङ्गी सामुदायिक वनका निवर्तमान अध्यक्ष तथा उक्त जग्गाका सँधियार मदन पोख्रेलले बताए। अर्का स्थानीय निवर्तमान वडासदस्य समेत रहेका अनोज घिमिरे भन्छन्, ‘एउटा शौचालय त व्यवस्थित गर्न नसक्नेले अस्पाल प्लान्ट व्यवस्थित तरिकाले राख्ने कुरामा आमिले विश्वास गर्नुपर्ने?’

 

कहीँ कतैबाट न्यायको अनुभुति नभएपछि स्थानीय अहिले मिडियामा हारगुहार गर्न बाध्य छन्। पौडेल यस्ता व्यवसायी हुन्, उनी संलग्न अधिकांश ठेक्कापट्टा तथा व्यावसायिक साझेदारसँग विवादमा आउने गरेका छन्।यता पौडेलले भने आफूले बलमिच्याइँ नगरेको भन्दै स्थानीयलाई ‘मिलाइदिन’ अनुरोध गर्ने गरेका छन्। ‘स्थानीयलाई मैले दु:ख दिएको छैन, बरू स्थानीयलाई कन्भिन्स गरिदिनुस् न,’ उनले भने। अलकत्रा प्लान्ट राख्न वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्नुपर्ने हुन्छ। पौडेलको अलकत्रा राख्ने बेदालय कन्स्ट्रक्सन कम्पनीले इआइए रिपोर्ट दिन आनाकानी गरिरहेको छ। ‘इआइए रिपोर्ट नै बनाएको छ छैन भन्नेमा शंका छ,’ अर्का एक स्थानीयले भने। पौडेललाई इटहरीका पुराना व्यावसायिक साझेदार बलराम आचार्यसँगको हरहिसाब अहिलेसम्म क्लियर नगरेको आरोप लागेको छ। पौडेल जता पुग्छन्, सेटिङमा खोलानाला उधिन्ने ठेक्का पाउने गरेका छन्। नेपाली कांग्रेसनिकट रहेका पौडेलले पार्टी तथा आर्थिक शक्ति भिडाएर राज्य निकायसँग मिलेमतोमा गैरकानुनी कार्यहरू गर्दै आएका छन्।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’

काठमाडौँ,वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले दक्षिण कोरियाको इपिएस प्रणालीमार्फत कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय रहेको जानकारी गराउँदै कुनै पनि व्यक्ति, फार्म वा सामाजिक सञ्जालमार्फत दिइएको गलत आवश्वासनप्रति विश्वास नगर्न कामदारहरुलाई आग्रह गरेको छ ।   कुनै पनि व्यक्ति, फर्म वा सामाजिक सञ्जालमार्फत दिइएका गलत...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड तलब योजना पारित

टेक्सास, अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।     टेस्लाको वार्षिक सेयरधनी...

पैयुँले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने

पर्वत,  जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई रु ३० लाख राहतस्वरूप वितरण गर्ने भएको छ ।पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९