१७ दिन देखि तालाबन्दी हुँदा कटहरियाका सेवाग्राही कठिनाईमा

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा गरिएको तालाबन्दी लामोसमयसम्म यथावत रहँदा सेवाग्राहीहरु कठिनाईमा परेका छन्। मेयरद्वारा करोडौं अनियमितता गर्ने खेल सुरु भएको भन्दै जनप्रतिनिधिहरुले गरेको तालाबन्दी आज सत्रौंदिन पनी यथावत रहेकाले सेवाग्राहीहरु कठिनाईमा परेका हुन्।तालाबन्दीका कारण मेयरसँगै प्रमुख प्रशासकीय अधिकृत पनि अनुपस्थित भएपछि दैनिक बिभिन्न काम लिएर नगरपालिकाको कार्यालयमा आउने दर्जनौं सेवाग्राही रितोहात फर्किन बाध्य भएका छन्।

 

 

उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिहरुले गत ९ गते दिउँसो कर्मचारीलाई नगरपालिकाको कार्यालयबाट बाहिर निकालेर तालाबन्दी गरेको थियो। जनप्रतिनिधिहरुले मेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष संगै योजना शाखा र लेखा शाखामा तालाबन्दी गरेका थिए। मेयर अजयप्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी मिलेर नगरको करोडौं रुपैयाँ अनियमितता गर्ने दाउमा रहेको भन्दै उनीहरूले तालाबन्दी गरेका थिए। लगातार १७ दिनसम्म नगरको कार्यालय बन्द हुँदा दर्जनौँ सेवाग्राही कठिनाईमा परेका छन्। तालाबन्दी खुलाउन असन्तुष्ट पक्षसँग वार्ताको लागि मेयर जैसवालले पहल अथवा कुनै वास्ता नगरेको उपमेयर रिता देवी यादवले गुनासो गरेकी छिन्।

 

 

मेयरका आसपासे केही कांग्रेसी नेताहरु ताला खुलाउन कटहरिया ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता र ७ का अध्यक्ष महमद सहिद दर्जी माथि पटक पटक दवाब दिइरहेको देखिएको छ। ‘केही नेताहरु आउँछन, तालाबन्दी खोल्नुस हामी बिचमा बसेर मेयरसँग बार्ता गराउँछु भनेर दवाब दिन्छन जान्छन,’ वडा अध्यक्ष गुप्ताले भने। यस पटक असन्तुष्ट जनप्रतिनिधि र मेयर बिच खुल्ला बार्ता भएर लिखीत सहमती भएपछी मात्र ताला खुल्ने अडान रहेको अर्का वडा अध्यक्ष महमद सहिद दर्जीले जानकारी दिएका छन्।

 

 

मेयर जैसवालको निर्देशनमा गत मंसिर २० गते बसेको नगर कार्यपालिका बोर्डको बैठकमा  करारको कर्मचारी भर्ना र ईलाका प्रहरी कार्यालय कटहरियाको लागि जग्गा खरिदको लागि आएको प्रस्तावमा सहमति हुन सकेको थिएन। सहमती नभएपछि मेयर जैसवालकै निर्देशनमा पुस ८ गते पुनः बैठकको लागि मौखिक सूचना गर्दै उक्त बैठक स्थगित भएको थियो । तर सूचना अनुसार गत पुस ८ गतेको बैठक पनी बसेन र सोही बैठकको निर्णय पुस्तिकामा प्रमुख प्रशासकिय अधिकृत रामजी जोशीले दर्जनौं निर्णय लेखेर कार्यपालिका सदस्यहरु संग घर घरमा घुमाएर हस्ताक्षर गराउने खेल भईरहेको कारण बाध्य भएर तालाबन्दी गरिएको उपमेयर यादवले जानकारी दिएकी छिन्।

 

कटहरियाको ९ वटै वडामा खटिरहेका झण्डै ५० जना करारका कर्मचारीहरुको बक्यौता २० महिनासम्मको तलब भुक्तानी पछी मात्र अर्को भर्ना खुलाउनु पर्ने, गत मंसिर २० गतेको बैठकको निर्णय पुस्तिका दुरुपयोग गरी गरिएको निर्णयहरु बदर गरिनुपर्ने माग अघि सारिएको छ। कटहरियामा जैसवालले मेयरको जिम्मेवारी पाए देखि नै उपमेयरका साथ सम्पूर्ण वडा अध्यक्षहरुको आर्थिक शोषण गर्दैआएका आरोप लागेको छट ।

 

छिमेकी नगरपालिका गुजरा र फतुवा विजयपुरमा यहाँ कै हाराहारीमा बजेट हुँदा उपमेयरलाई बार्षिक डेढ देखि २ करोड र वडा अध्यक्षहरुलाई ७० लाख देखी १ करोडको योजना चलाउने अधिकार दिन्छन्। तर कटहरियामा मेयर जैसवालले ईन्धन खर्च, सैयौं करार कर्मचारीको तलब, दलित बिपन्नलाई आर्थिक सहयोग, बिभिन्न एनजिओसँग सहकार्य देखाएर, शिक्षक भर्ना लगायत म्याचिङ्ग फण्ड गरी आफ्नो हकमा १३ करोड बढीको योजना छुट्याउने गरेको वडा ५ का अध्यक्ष सर्फलाल गुप्ताले बताएका छन्।

 

उता उपमेयर रिता देवी यादव लाई ५० देखि ६० लाख र सबै ९ वटै वडामा वडा अध्यक्ष र ४ जना सदस्यलाई समेत गरी मात्र ३० लाख रुपैयाँको योजना दिँदै आएको वडा १ का अध्यक्ष भूपेन्द्र कुशवाहाले गुनासो गरेका छन्। नगरसभामा असन्तुष्ट जनप्रतिनिधि बिरोध गरिरहँदा आफ्ना नजिकका केही वडा अध्यक्ष र कार्यपालिका सदस्य लाई मिलाएर घर घरमा निर्णय पुस्तिका घुमाएर हस्ताक्षर गराई बहुमत देखाएर मेयर पक्षले एकोहोरो गर्दै आएको उनीहरूले दाबी गरेका छन्।

 

भ्रष्टाचार कै मुद्दामा मेयर जैसवाल सहित जनप्रतिनिधि र कर्मचारी गरी ११ जना केही महिना अख्तियार द्वारा निलम्बित भएर केही समय अघि मात्र बिशेष अदालत बाट सफाई पाएर पुनः पदभार ग्रहण गरेका थिए।

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज (पर्सा) : जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको करिब रु एक अर्ब १५ करोड बराबरको क्षति भएको दाबी गरिएको छ । वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट महानगरको मुख्य भवनसहित विभिन्न संरचना र...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौँ ।  घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको सरोकार भएका निकायको बैठकले दसैँको समयमा सार्वजनिक यातायातलाई सहज ढङ्गले सञ्चालनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।     बैठकले...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९