पृथ्वीनारायण प्रति उच्च सम्मानः प्रधानमन्त्री

काठमाडौं। आज पृथ्वी जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकरणका अभियन्ता प्रति श्रद्दा ब्यक्त गरेका छन ।प्रधानमन्त्री ओलीले बडामहाराजधिराज पृथ्वीनारायण शाहलगायतको योगदानका कारण नेपाल एकीकरण भएको पनि स्मरण गरेका छन् ।

 

‘नेपालको एकीकरणका नेतृत्वकर्ता पृथ्बीनारायण शाहको आज जन्मजयन्ती,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन, ‘राज्य एकीकरणको नेतृत्व गर्नुहुने पृथ्बीनारायण शाह र त्यस अभियानमा आफ्नो ज्यानको परवाह नगरी होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु ।’

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?