बुवाको पुन्यतिथिमा हेमन्त बाजेद्वारा न्यानो टोपी बितरण

कैलाली । नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमिति सचिब तथा युवा नेता एबम हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष श्री हेमन्त राज जोशी (बाजे) द्वारा साँफेबगर नगरपालिका-१३,बावला,अछाम स्थित राष्ट्रिय माध्यामिक विद्यालयमा अध्ययनरत १ कक्षा देखि ६ कक्षा सम्मका १ सय ५० जना विद्यार्थीहरुलाई न्यानो टोपी बितरण गरेका छन।

 

 

बावला,अछामका प्रधानपंन्च,शैक्षिक ब्यक्तित्व एबम सो विद्यालयका प्रधानाध्यापक २०३० देखि २०३२ साल सम्म रहनु भएका स्व:बिस्णु प्रसाद जोशीको ४५ औँ स्मृतिमा न्यानो टोपी बितरण गरिएको छ।

 

 

विद्यालय अभिभावक संघ अध्यक्ष दयानाथ जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि वडा नं-१३,बावला,अछामका वडा अध्यक्ष रुप बहादुर कुँवर र बिशिस्ट अतिथि स्वर्गीय जोशीका छोरा तथा हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) रहनु भएको थियो। त्यसैगरी अन्य अतिथिहरुमा वडा सदस्य बल बहादुर साउँद, पुर्ब विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टेक बटाला, समाजसेबी दान सिं कुँवर, टंक बटाला लगायत शिक्षक शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो। विद्यालयमा आयोजित सो कार्यक्रममा उपस्थित बक्ताहरुले स्व:जोशीले समाज र शिक्षा क्षेत्रमा खेलेको महत्वपूर्ण भुमिका र योगदान बारे चर्चा गरेका थिए।

 

उक्त कार्यक्रममा स्व:बिस्णु प्रसाद जोशीका छोरा हेमन्त राज जोशी (बाजे) ले स्व:बुवा आफ्नो जिवनमा समेत सहयोगि भावना रहेको र असहायको सहयोगमा सदैब तत्पर रहने हुँदा बालबालिकाहरुलाई सहयोग गरे बुवाप्रती सच्चा सम्मान र आदर हुने र बुवाको आत्मा समेत शान्ती मिल्ने उद्देश्यले यो कार्य गरेको छोरा हेमन्त बाजेले बताए।

 

 

विद्यालयका सहायक प्रधानाध्यापक रमानन्द जोशीले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक तिलक कुँवरले गर्नु भएको थियो।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?