बुधबार, फाल्गुन २८, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

वैदेशिक ऋणको सही सदुपयोग नहुँदा आर्थिक संकट : उपसभापति गुरुङ

काठमाडौं । पूजी निर्माणको आधार नहेरी खर्च गर्ने बानीले गर्दा देशको अर्थतन्त्र संकटमा पर्दै गएको नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन्।नेपाली कांग्रेसको नीति तथा योजना विभागको आयोजनामा बुधबार सानेपामा भएको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति बिषयक संवाद गोष्ठीमा उनले यस्तो बताएका हुन्। उनले भने, ‘विदेशबाट ऋण लिएर पूजी निर्माण नहुने ठाउँमा लगानी गरेपछि विदेशी ऋणले थिच्दै गयो।’वैदेशिक ऋणको सही सदुपयोग नहुँदा देशमा आर्थिक संकट छाएको उदाहरण दिँदै ७ सय ५३ स्थानीयतहमा बनेको हस्पिटलको योजना खण्डहर बनेको बताए। उनले भने, ‘७ सय ५३ स्थानीय तहमा हस्पिटलका भवन मात्रै बने नागरिकको उपचारको लागी डाक्टर छैनन्।’

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation