अन्तर्राष्ट्रिय शिक्षा दिवसमा कांग्रेसको ‘ग्लोबल वेबनार’, एक लाखभन्दा बढी सहभागी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले ग्लोबल वेबनार कार्यक्रम आयोजना गरेको छ। ७औं अन्तर्राष्ट्रिय शिक्षा दिवस २४ जनवरीको अवसरमा शुक्रबार भर्चुअल माध्यमबाट शिक्षा नीति बहसअन्तर्गत चौथो श्रृंखलाका रूपमा विभागले ग्लोबल वेबनार आयोजना गरेको हो।

 

कांग्रेस केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरको संयोजकत्वमा आयोजित कार्यक्रममा दिनहुँ विश्वव्यापी रूपमा परिवर्तन भइरहेका शिक्षा प्रणाली र यसका आयामबारे चर्चा गरिएको थियो। आर्टिफिसियल इन्टेलिजेन्टको माध्यमले शिक्षामा कसरी प्रभाव परिरहेको छ र शिक्षालाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा कार्यक्रमका सहभागीहरूले आफ्नो धारणा राखेका थिए।

 

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सबैले प्रविधि अनुरूप चल्न सक्नुपर्ने बताए। ‘समय सापेक्ष शिक्षा नीति अंगिकार गर्दै चल्न सकेनौं र प्रविधिलाई अंगाल्न सकेनौं भने हामीले विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनौं। त्यसैले प्रविधि विकासमा ध्यान दिनुपर्छ,’ उनले भने।

 

सेमिनारमा शिक्षा विभाग प्रमुख महरले एआईलाई सञ्चालन गर्न जीवन पद्धति पनि आदर्शवादी हुनु जरुरी रहेकोमा जोड दिए। ‘जस्तो हामीले व्यवहार र कर्म गर्‍यौं, त्यही अनुसार एआईले पनि कपी गर्ने भएकाले राम्रो सोच्दा र राम्रो नियम पालन गर्दा एआईले पनि त्यसै अनुसार काम गर्छ। एआईको प्रयोग राम्रो नभएमा विश्वमा ठूला खतरा पनि हुन सक्छन्,’ उनले भने।

 

यसको सदुपयोग गर्न, शिक्षाभित्र प्रवेश गराउन विद्यार्थी, शिक्षक र अभिभावकका लागि एआईका माध्यमले काम गर्न सबै देशका जनता प्रविधिमा सचेत हुनु आवश्यक रहेको महरले बताए। यसलाई कानुनबद्ध गर्दा राम्रो सन्देश दिने भन्दै त्यसो हुन नसकेमा खतरा उत्पन्न हुनसक्ने तर्फ उनले सचेत गराएका छन्। खुला विश्वविद्यालयका डिन सुरेन्द्र श्रेष्ठ, पावर अथिरिटीका निर्देशक सुरेन्द्र लम्साल, वातावरण विद् डा. धर्म उप्रेती, भाषा आयोगका पूर्वअध्यक्ष लवदेव अवस्थीलगायतका विज्ञले यस विषयमा आफ्नो धारणा राखेका थिए।

 

विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख, एनआरएनका प्रतिनिधि, ३५ देशका जनसम्पर्क समिति, विश्वमा रहेका प्रोफेसर र नेपालमा रहेका विश्व विद्यालयका प्रतिनिधि भिसी, रेक्टर, रजिस्ट्रार, मन्त्री, कांग्रेस पदाधिकारीलगायत एक लाखभन्दा बढी मानिस छलफलमा जोडिएका थिए ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९