काठमाडौं । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी-२० शृंखलाको अन्तिम खेलमा थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङको निर्णय लिइन् ।नेपाल पहिलो जितको खोजिमा छ । यसअघि नेपालले नेदरल्यान्ड्ससँग २० रन, १५ रन र १० विकेट तथा थाइल्यान्डसँग चार विकेट र पाँच रनको हार बेहोरेको थियो ।यता थाइल्यान्ड भने जित निकाल्दै च्याम्पियन बन्ने लक्ष्यमा छ ।यसअघि थाइल्यान्डले नेदरल्यान्ड्सलाई आठ विकेट र १७ रनले हराएको थियो । यस्तै थाइल्यान्ड पछिल्लो खेलमा भने नेदरल्यान्ड्ससँग एक विकेटले पराजित भएको थियो ।
लम्की, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रत्यक्ष उम्मेदवार डम्मर बहादुर रावलले आफ्नो उम्मेदवारी निष्क्रिय गर्ने घोषणा गरेका छन् । उनले नेकपा एमालेका प्रत्यक्ष उम्मेदवार सुर्य बहादुर थापालाई समर्थन गर्ने सहमति भएको जानकारी दिएका छन् । शनिवार लम्की स्थित सौराई होटलमा भएको सहमती पत्र घोषणा कार्यक्रममा बोल्दै उम्मेदवार रावलले...
























































































































































