एनटिबिएस इंग्लिश बोडिङ्ग स्कुलको तेस्रो वार्षिक उत्सव

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ मा रहेको एनटिबिएस इंग्लिश बोडिङ्ग स्कुलको तेस्रो वार्षिक उत्सव आईतबार सम्पन्न भएको छ। विद्यालयको प्राङगणमा आयोजित वार्षिक उत्सव कार्यक्रममा विभिन्न कक्षामा अध्यनरत विद्यार्थीहरुले नाच, नृत्य, अभिनय लगायतका विभिन्न कलाहरू देखाएका थिए I विभिन्न विधामा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरुस्कार वितरण गरिएको थियो ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोकिला खत्रीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरको प्रमुख अतिथि रहनु भएकाको कार्यक्रममा विशिष्ट अतिथि पालिका उपाध्यक्ष गणेश राज गिरी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुँवरले भने शैक्षिक उत्कृष्टता सहित विद्यार्थीहरुको सर्वाङ्गीण विकासको निम्ति अनवरत रुपमा क्रियाशिल रहेको र यसले अझै शिक्षा क्षेत्रमा परिवर्तन होस भन्दै शुभकामना व्यक्त गरे । साथै आफुले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउदै शिक्षा क्षेत्रमा लगानी लगाउदा खेर नजाने बताउनु भयो । उनले भने सामुदायिक र संस्थागत विद्यालयमा अनुशासनको भिन्नता छ, त्यसकारण सामुदायिक विद्यालयले पनि संस्थागत विद्यालय जस्तै अनुशासन सिकाउन जरुरी छ ।

कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक नवराज टमट्टाले अनुशासित विद्यार्थीहरु सफल र संस्कारी हुने बताए । विद्यालयको शिक्षण सिकाई र विद्यार्थीको भबिस्यका लागी आफू निरन्तर लागि रहने बताए । अभिभावकले साथ सहयोग गरे आगामी बर्ष विद्यालयले सुबिधा सम्पन्न भवन निर्माण गरि टिनको छाना मुनि पढाउनु पर्ने बाध्यता बाट मुक्त गराउने जिकिर गरे ।

 

विद्यालयका शिक्षक टेक राज न्यौपानेले स्वागत गरेको कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष मनऋषी आचार्य, शिक्षक नेत्र खडका , रानीकुण्डा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष टंक ओली, रानीजरुवा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष लाल सिंह बि क र शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाका कार्यवाहक अध्यक्ष यश कुमार बन्तोला लगाएतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संस्थापक प्रिन्सिपल शिखर बिकले कार्यक्रम संचालन गरेका थिए । विद्यालयले पालिका अध्यक्ष कर्ण बहादुर कुँवर, उपाध्यक्ष गणेश राज गिरि, वडा अध्यक्ष मनऋषी आचार्य लगाएत अन्य व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो । विद्यालयले अतिरिक्त क्रियाकलापमा सहभागी प्रथम ,द्दितिय, र तृतीय स्थान हाशिल गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र र मेडलले पुरस्कृत गरेको थियो। कार्यक्रममा विभिन्न संघ,संस्थाका प्रतिनिधि,शिक्षक, अभिभावक लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न समूह तथा कक्षाहरुका आकर्षक नृत्यहरु प्रस्तुत भएका थिए । साथै चर्चित गायक चेतन बोहराले अभिभावक ,विद्यार्थी र दर्शकलाई आफ्ना गितमा नचाएका थिए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?