बाराका एसपी सन्तोष तामाङको एक महिना, चौतर्फी प्रगति

बारा – जिल्ला प्रहरी कार्यालय बारा तथा मातहतका युनिटहरूले एक महिनाको अवधिमा साढे तीन करोडभन्दा बढीको अबैध सामान बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय बाराका प्रमुखको रूपमा एसपी सन्तोष तामाङले कमाण्ड सम्हालेपछि माघ १८ यता फागुन २० गतेसम्म विभिन्न नाकाबाट भन्सार छलेर ल्याइएको ३ करोड ५८ लाख ४० हजार ६५९ रुपैयाँ बराबरको सामान बरामद गरिएको छश्रएसपी तामाङको निर्देशनमा बारा प्रहरीले विशेष सक्रियता देखाउँदै चौतर्फी प्रगति भएको बताएको छ।

 

 

यही अवधिमा प्रहरीको छुट्टाछुट्टै गस्ती टोलीले ३२० किलो ३०९ ग्राम गाँजा, २९ किलो ४५१ ग्राम अफिम, १७० ग्राम ४ मिलिग्राम ब्राउन सुगर ओसार-पसारमा संलग्न नेपाली पुरूष २२ र भारतीय पुरूष ४, नेपाली महिला २ जना गरी २६ जना पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले बताएका छन्।सोही अवधिमा ९ बिघा १ कट्ठा ५ धुर खेतमा लगाइएको १ लाख ८१ हजार बोट गाँजा खेती नष्ट गरिएको छ।त्यस्तै, डेढ कठा जग्गामा लगाइएको २० हजार बोट अफिम खेती नष्ट गरेको प्रवक्ता डिएसपी पण्डितले जानकारी दिएका छन्।

 

 

त्यसैगरी, स्रोत नखुलेको ३ लाख २५२६ रुपैयाँ हुण्डी रकमसहित एक जना भारतीय कारोबारी पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको छ।कर्तव्य ज्यान मुद्दा १, सवारी ज्यान मुद्दा ७, लागुऔषध मुद्दा १७, साइबर अपराध मुद्दा १, अभद्र व्यवहार मुद्दा १७ गरी ४३ जनामाथि मुद्दा दायर गरी कारबाही गरिएको पण्डितले बताए।यो अवधिमा विभिन्न मुद्दामा दण्ड सजाय तोकिएर फरार भएका ८४ जना पक्राउ गरिएको छ। पक्राउ प्रतिवादीबाट  १३ लाख ८६ हजार ८०० रुपैयाँ जरिवाना र १२ वर्ष,  ७ महिना, १४ दिन कैद भुक्तानी भएको पण्डितले बताए।

 

 

जिल्ला प्रहरी कार्यालय बारामा परेका १४० उजुरी उजुरीमध्ये ८६ फर्छ्यौट, ५४ उजुरी प्रक्रियामा रहेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ।महिला तथा बालबालिका एवम् ज्येष्ठ नागरिक सेवा केन्द्र अन्तर्गत सेवा प्रवाहतर्फ १३ वटा महिला हराएको उजुरीमध्ये ४ महिला फेला परेका छन्। १८ वटा बालबालिका हराएको उजुरीमध्ये ७ जना बालबालिका फेला परेका छन्। ८३ वटा महिला हिंसा सम्बन्धी परेको उजुरी परेको तथ्यांकमा उल्लेख गरिएको छ।

 

 

महिला बालबालिका तथा ज्येष्‍ठ नागरिक सेवा केन्द्रतर्फ ७७ वटा घरेलु हिंसा सम्बन्धी परेका उजुरीमध्ये ३५ वटा फर्छ्यौट भएका छन्।समुदायिक कार्यक्रम अन्तर्गत साइबर अपराध सम्बन्धी जनचेतनामुलक कार्यक्रम ५ वटा, सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी १४ वटा, महिला हिंसा न्यूनीकरण सम्बन्धी ७ वटा गरिएको छ।जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा १४ वटा विद्यालयमा जनचेतना, अनुशिक्षण कार्यक्रमबाट १२१० जना लाभान्भित भएका छन्। त्यस्तै, २ वटा नागरिक सुनुवाइ र १ वटा अल्प संख्यकसंग प्रहरी कार्यक्रम सम्पन्न भएको उल्लेख गरिएको छ।

 

 

अनुचित लेनदेन कारबाहीतर्फ उजुरी ३ वटा परेकोमा २ वटा फर्छ्यौट भएका छन्। यसमा पीडितको माग दाबी १४ लाख भए पनि ३ लाख ५६ हजारमा मिलापत्र भएको थियो।१३ थान हराएको मोवाइल फेला पारी मोबाइल धनीलाई बुझाइएको छ।माघ र फागुन महिनामा गरिएको ३९ सय २८ सवारी कारवाहीबाट कुल ३० लाख ४ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ।प्रहरीले मदिरा बनाउने भट्टी (घर)  १२ वटामा छापामारी ३ हजार २५५ लिटर  तयारी मदिरा र ८ हजार ३०० लिटर कच्चा मदिरा नष्ट भएको छ।ब्रोइलर कुखुरा १२१५ किलो बरामद गरिएको छ। १ लाख ५० हजार बराबरको कुखुराको चल्ला  नष्ट गरिएको छ। ९० हजार मूल्य बराबरको अबैध सालको काठ बरामद गरी कारबाही गरेको जिल्ला प्रहरी कार्यालय बाराको तथ्यांकमा उल्लेख गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मनाइयो गुरु नानक जयन्ती

काठमाडौँ,  गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु गन्थ साहेव’ पाठ गराउनाका साथै साधुसन्तलाई भण्डारा गराइएको छ । स्वामी गोकुलानन्दले यस अवसरमा ७०० जनालाई भण्डारा गराउनुका साथै गुरु ग्रन्थ साहिवको अखण्ड पाठ एवम् भोगप्रसाद सम्पन्न भएको जानकारी दिनुभयो । यसैगरी पशुपतिकै भष्मेश्वर,...

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६३ पैसा...

चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित

बेइजिङ, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ । यससँगै विश्वका दुई ठूला अर्थतन्त्रबीचको नाजुक व्यापार युद्धविराम आगामी वर्षसम्म कायम...

अस्पतालकै भवनबाट गाउँपालिकाको सेवा

सिरहा,  गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा यहाँको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएकामा सेवा प्रवाहमा समस्या भइरहेको छ । गाउँपालिकाको भवन आगजनीबाट ध्वस्त भएपछि हाल स्थानीय औरही अस्पतालको भवनबाट सेवा सञ्चालन गरी सहजता ल्याउने प्रयास भइरहेको छ ।   कार्यालय सञ्चालनका लागि अर्को...

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

काठमाडौँ,  अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो । उहाँले चलचित्रको नाम धार्मिक सुनिए पनि कथा सामाजिक विषयवस्तुमा निर्माण भएको...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

फुटबलका लागि ‘रेफ्री’ र ‘कोच’ उत्पादन गर्न प्रशिक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  जिल्लाको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण सुरु भएको छ । कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोग एवं अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक सहयोगमा प्रशिक्षण सुरु भएको हो ।   जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेशबहादुर चन्दले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९