महोत्तरी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग कार्यसम्पादन मुल्यांकनमा महोत्तरीका स्थानिय तहहरु कमजोर देखिएका छन ।स्थानिय सरकारको कार्यसम्पादन गर्न प्रयोग गरिएका सुचक तथा विवरणको आधारमा आईतवार प्रकाशित मुल्यांकनमा जिल्लाका अधिकांश स्थानिय तह कमजोर देखिएका हुन । कतिपय स्थानिय तहहरुले सवैभन्दा धेरै अंक ८० ल्याएतापनी महोत्तरीका स्थानिय तह भने ४७.३३ भन्दा माथी उक्लन सकेका छैनन ।
४७.३३ अंक ल्याएर जिल्लामा नै पिपरा गाउँपालिका पहिलो वनेको छ । सवैभन्दा कम अंक ३०.७० ल्याउनेमा सोनमा गाउँपालिका वनेको छ ।पिपरापछी बर्दिवास नगरपालिका ४६.८५ अंक ल्याएर जिल्लाको नै दोश्रो वनेको छ । त्यसपछि क्रमश महोत्तरी गाउँपालिकाले ४६.६६, भंगाहा नगरपालिकाले ४६.२०, लोहारपट्टी नगरपालिकाले ४४.८३, मनरासिस्वा नगरपालिकाले ४३.०३ प्रतिशत अंक प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले जनाएको छ ।
त्यस्तै रामगोपालपुर नगरपालिकाले ४२ अंक, जलेश्वर नगरपालिकाले ४१.०१, सम्सी गाउँपालिकाले ४०.६९ अंक, बल्बा नगरपालिका, औरही नगरपालिका र एकडारा गाउँपालिकाले ३९ अंक, मटिहानी नगरपालिकाले ३६.३१ अंक प्राप्त गरेको राजेश्वरी खत्री सापकोटाले जानकारी दिइन ।
वित्त आयोगले विभिन्न १७ वटा सुचकको आधारमा कार्यसम्पादन मूल्याकंन गरेको थियो । निर्धारित समयमा गाउँसभा, नगरसभा नगरेको देखि विधुतिय अनलाइन पोर्टलमा कार्यसम्पादन सुचक सम्बन्धि विवरण तोकिएको अवधीमा प्रविष्टि नगरेको विषयलाई समेत सुचकमा अंकभार निर्धारण गरेको छ ।
यो सुचकमा त बर्दिवास, औरही, भंगाहा, बल्वा, एकडारा, महोत्तरीले त शून्य अंक प्राप्त गरेका छन ।१७ वटै सुचकमा जिल्लाका स्थानिय तह कमजोर वनेसगैँ आयोगको सिफारिशमा प्रदेश र संघ सरकारले आर्थिक बर्ष २०८१/८२ मा उपलब्ध गराउने वित्तिय समानिकरण अनुदान कटौती हुनेछ ।

































































































































































