काठमाडौं । काठमाडौंको चन्द्रगिरिमा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । स्थानीय उत्तम कार्कीले आफ्नौ घरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् ।गएराती १२ बजे फेसबुक लाइभमा आएर आफूले प्रहरी प्रशासनदेखि धेरै व्यक्तिले मानसिक तनाव दिएको उनले बताएका छन् । उनले नाम उल्लेख गर्दै स्थानीय एक युवतीले मानसिक तनाव दिएको आरोप लगाएका छन् । उनकै कारण आफू पक्राउ परेको, पारिवारिक सम्बन्ध बिग्रिएको बताएका छन् ।रातिनै प्रहरीले उनको उद्दार गरि उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याएको बताएको छ । उनको हात र अनुहार जलेको छ भने बाकी स्वास्थ अवस्था सामान्य रहेको बताइएको छ ।
घोडाघोडी (कैलाली), यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उहाँका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए । तर जग्गाधनीले बिचैमा...





















































































































































