महायज्ञस्थल ‘पवित्र’ बनाउन दलित परिवारलाई उठीवास, माटोसमेत फालियो

सिरहा। सिरहामा करिव २५ वर्ष देखि सानो छाप्रोमा बस्दै आएका एजना मलिक परिवारलाई जनप्रतिनिधिहरुले नै उठीवास गराएका छन्। पुर्व पश्चिम हुलाकी राजमार्ग अन्र्तगत औरही गाँउपालिका ५ स्थित सडक छेउमा लामो समयदेखि बस्दै आएका (दलित) मलिक परिवारलाई औरही गाँपा अध्यक्ष शिवजी यादवले नै घर भत्काउन लगाएर विस्थापति गरेका हुन्। विगत लामौ समयदेखि सडक किनारमा बस्दै आएका दिपक मलिक (डोम) बस्ने नयाँ छाप्रो ठडीएको छ। त्यहि छाप्रो पनि दुईवटा कोठामा विभाजन गरिएको छ। कोठाका दुवै दैलोमा भगवान महादेव, विष्णु, गणेश, लक्ष्मी सरस्वतीका फोटो टासिएका छन्। तर, उनको आस्थाका भगवानले उलाई कहिल्यै रक्षा गर्न सकेन।

 

 

उनका परीवारले पनि आस्थाका साथ मानिरहेका भगवानहरुको नाममा यहि चैत १७ गते देखि श्री श्री १०८ श्री विष्णु महायज्ञ आयोजना हुँदैछ। दिपक त्यहि महायज्ञ स्थल नजीकै एउटा कुनामा सानो छाप्रोमा वस्दै आएका थिए। महायज्ञ लगाउने ठाँउ नजिकै छाप्रोमा बस्दै आएका अछुत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाको निर्देशनमा पालिका अध्यक्ष शिवजी यादवले पालिकाकै जेसिभी लगाएर गत फागुन १० गते भत्काई । आयोजकले मलिकको घर मात्र भत्काइएन अछुतले छोएको माटो भनेर घर रहेको  स्थानको समेत दुई फिट माटो खनेर खोलामा फालिएको छ।

 

 

थातथलो भत्काएर मलिक परिवारलाई बिस्थापित गराइए पछि श्री सुन्दर जनता माध्यमिक विद्यालय औरहीको करिव २ धुर जग्गामा दुई कोठाको टिनले छाएको घर बनाएर राखिएको छ। त्यहि घरमा उनका दुई छोरा, दुई छोरी, एक बुहारी र दिपक श्रीमान श्रीमतीसहित सात जनाको परीवार वस्दै आएको थियो।

 

 

 

विगत २५ वर्षदेखि मलिक परिवारको थातथलो रहेको स्थानमा जनता आवास कार्यक्रमबाट ५ वर्ष अघि दुई कोठे पक्की भवन पालिकाले नै बनाइ दिएको थियो। घर भत्काएर नयाँ ठाउँमा सारिदिएपछि पलिक परिवार विचल्लिमा परेका छन्। छाप्रो निर्माण भएपनि उनीसँग पानीको स्रोत छैन, विजुली बलिरहेको छैन। अनिताले भनिन, ‘घर पनि हाम्रै काठ पात र थोत्रो जस्ता हालेर घर ठ¥याइ दिएका छन्’।

 

 

 

दिपकका श्रीमती अनिता मलिकले भनिन, ‘बर्षौंदेखि बस्दै आएको ठाउँबाट अहिले यहाँ सरिदिएको छ। साना नानीहरुसहित यहाँ बसिरहेको छु। विजुली छैन। पानी छैन। गाउँबाट पानी माँगेर एक महिनादेखि गुजारा गरिरहेको छु। विजुली नभएकाले दिउँदै खाना पकाएर खानुपर्ने बाध्यता छ। कष्टपूर्ण तवरले बाचिरहेको छु।’पुनारनो वासस्थानबाट तिमीहरु हट्नु पर्छ भनेर गाउँपालिका अध्यक्ष शिवजी यादव र वडा नम्वर ५ का पूर्व वडाध्यक्ष दिलीप यादवले दबाब दिएको पीडित दीपककी पत्नी अनिता मलिकले बताइन्। यज्ञ लगाउने नाममा हामीलाई त्यहाँबाट हट्नु पर्छ भनेका थिए। तर, हामी श्रीमान श्रीमती घरमा नभएको बेला डोजर लगाएर घर भत्काईयो। हामी निरीहले के प्रतिकार गर्न सक्नु।’दीपक र अनिता मरिकको १७ वर्षिय छोरा अर्जुन र नवबिबाहिता बुहारी, १३ वर्षकी छोरी किरण कुमारी १० वर्षकी छोरी प्रीती र ८ वर्षय छोरा आकाश मरिक सहितको ७ जनाको जहान छ।
यस सम्बन्धमा पालिका अध्यक्ष शिवजी यादवलाई सोध्दा उनले मलिक परिवारको घर भत्काइ दिएको स्वीकार गरे। उनले भने त्यहाँ कृषि बजार लगाउन ३ करोडमा टेण्डर लागेको छ। त्यहाँ चौतर्फी बाउण्ड्री वाल लगाउनु छ। त्यसकारण भत्काएको जिकिर गरे। यता विभिन्न डिमयाहरुमा समाचार सम्प्रेशन पश्चात आज स्थलगत निरिक्षणमा पुगेका जिल्ला प्रहरी कार्यालय प्रमुख रमेश पडिंतले तत्काललाई यो महायज्ञ रोक्न निर्देशन दिएको छ। उनले भने, ‘यो महायज्ञ विवादित भयो। अहिले तत्काललाई महायज्ञ रोक्न केन्द्रबाट नै निर्देशन आएको छ।’महायज्ञका पुजारी बजरंगी बाबाले त्यो ठाउँ पवित्र गर्ने भन्दै जल छर्किए । यो सरासर छुवाछुतको अपराध गरेको दलित अधिकारकर्मीहरु बताउँछन्। दोषी बजरंगी बाबा, पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव माथि कानून बमोजिम कारवाही गर्न सरकारसँग माग गरेका छन्। यो घटनाको बारेमा राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगले समेत घटनाको छानविन गर्न अधिकारकर्मीहरुले माग गरेका छन्।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

काठमाडौँ,  गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताउनुभएको छ । गत भदौ २३ गतेको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइनु प्रतिशोध नभएको स्पष्ट पार्नुभयो...

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

भोजपुर, हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको चमेरे गुफा संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकार सक्रिय बनेको छ । प्राकृतिक बनावट, ऐतिहासिक पृष्ठभूमि र धार्मिक आस्थासँग जोडिएको यस गुफालाई व्यवस्थित गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित वडाले योजनाबद्ध रूपमा काम अघि...

चैत्र शुक्ल नवमी: देशभरका राम मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ,  रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ ।प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका– ९ आरुबारीस्थित राम मन्दिर, डिल्लीबजारस्थित राममन्दिर, राजधानी...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुआत होः गृहमन्त्री गुरुङ

काठमाडौँ,  गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताउनुभएको छ । गत भदौ २३ गतेको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइनु प्रतिशोध नभएको स्पष्ट पार्नुभयो...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

एमाले अध्यक्ष ओली पक्राउ

भक्तपुर, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो । काठमाडौँ उपत्यका अपराध...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षासँगै रोजगारी जोड्दै कञ्चनपुरको कृष्ण वैजनाथ क्याम्पस

कञ्चनपुर,  उच्च शिक्षाका लागि टाढाका सहर धाउनुपर्ने बाध्यता झेल्दै आएका यहाँको शुक्लाफाँटा र कृष्णपुर क्षेत्रका विद्यार्थीका लागि कृष्ण वैजनाथ बहुमुखी क्याम्पस अहिले भरपर्दो शैक्षिक गन्तव्य मात्र नभई ‘करियर’ निर्माणको मुख्य थलोका रूपमा स्थापित हुँदै गएको छ ।ग्रामीण क्षेत्रमै स्नातक र स्नातकोत्तर तहसम्म अध्ययनको अवसर...

पुगेन आँखा उपचारको सहज पहुँच, भएन सचेतना

काठमाडौं  विगत एक वर्षमा ४ लाख भन्दाबढी आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको छ । नेपाल नेत्रज्योति संघको सञ्जालभित्र आवद्ध २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्र तथा बिभिन्न बाह्य कार्यक्रमहरु मार्फत ४ लाख ५४ हजार ९ सय ४२ जना आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको...

प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज (पर्सा), प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो । सुरुआती चरणमा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३ दशमलव २ ओभरमा सबै विकेट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९