काठमाडौं। राजावादीहरूको आन्दोलन हिंस्रक बन्द काठमाडौंको तीनकुने, कोटेश्वर क्षेत्रमा ब्यापक धनजनको क्षति भएको छ।सोही क्रममा राजावादीहरूले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय, भाटभटेनी तथा नागरिक उडडयन प्राधिकरणको कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । शुक्रबार अपराह्न राजावादीहरूले आलोकनगरमा रहेको नेकपा एसको केन्द्रीय कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् । तर, अहिले दमकलको सहायतमा आगजनी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।राजावादीहरूको आराजक समूह पार्टी कार्यालयभित्र प्रवेश गरेर सुरुमा तोडफोड गरेको थियो भने अर्को समुहले भाटभटेनी डिपार्टमेन्टल स्टोर, बालकुमारीतर्फ पनि तोडफोड गरेका छन् ।
काठमाडौँ, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदैछ । यही पुस २७ र २८ गते हुने उक्त विशेष महाधिवेशनको काठमाडौँको भृकुटीमण्डपमा आइतबार दिउँसो १ः०० बजे उद्घाटन हुने तय भएको छ । उद्घाटनअघि बिहान...





























































































































































