काठमाडौं। राजावादीहरूको आन्दोलन हिंस्रक बन्द काठमाडौंको तीनकुने, कोटेश्वर क्षेत्रमा ब्यापक धनजनको क्षति भएको छ।सोही क्रममा राजावादीहरूले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय, भाटभटेनी तथा नागरिक उडडयन प्राधिकरणको कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । शुक्रबार अपराह्न राजावादीहरूले आलोकनगरमा रहेको नेकपा एसको केन्द्रीय कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेका हुन् । तर, अहिले दमकलको सहायतमा आगजनी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।राजावादीहरूको आराजक समूह पार्टी कार्यालयभित्र प्रवेश गरेर सुरुमा तोडफोड गरेको थियो भने अर्को समुहले भाटभटेनी डिपार्टमेन्टल स्टोर, बालकुमारीतर्फ पनि तोडफोड गरेका छन् ।
जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...























































































































































