बाँकेमा ‘आगो नियन्त्रण दस्ता’ निर्माण

नेपालगञ्ज,  बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ निर्माण गरिएको छ । जिल्लास्थित वन डिभिजन कार्यालयले जिल्लामा २४ जनाको दस्ता निर्माण गरेको हो ।वन डिभिजन कार्यालयका वरिष्ठ वन अधिकृत तथा सूचना अधिकारी टङ्क गुरुङका अनुसार डढेलो लाग्ने क्षेत्रका पहिचान गरी दस्ता निर्माण गरिएको हो । खास गरी शम्शेरगञ्ज क्षेत्रका लागि १२ र सिक्टा सब डिभिजन वन कार्यालयअन्र्तगत रहेको भूवरभवानी चक्ला वनका लागि १२ जनाको आगो नियन्त्रण दस्ता बनाइएको उहाँले जानकारी दिनुभयो ।

 

सूचना अधिकारी गुरुङले जनचेतनामूलक कार्यक्रमसहित विभिन्न कार्यक्रम गर्न वन उपभोक्ता महासङ्घको समन्वयमा डढेलो नियन्त्रणका कार्यक्रम ल्याइएको उल्लेख गर्दै छ हजार लिटर पानीको क्षमता भएको वारुणयन्त्र तयारी अवस्थामा राखिएको बताउनुभयो । “हामीसँग भएको स्रोत र साधनका हिसाबले हामी डढेलो नियन्त्रण गर्न तयारी अवस्थामा बसेका छौँ”, उहाँले भन्नुभयो ।

 

गुरुङले आगलागी भएपछि दस्ताले आगो नियन्त्रण तथा उद्धारका काम गर्ने उल्लेख गर्नुभयो । बाँकेमा गत वर्ष डढेलो नलागे पनि अघिल्लो वर्ष डढेलो लाग्दा ठूलो मात्रामा वन्यजन्तु मरेका थिए ।  वन डिभिजन कार्यालयका प्रमुख शङ्करप्रसाद गुप्ताले डढेलो नियन्त्रणका लागि ‘अग्नि नियन्त्रण हेरालु’ चार वर्षका लागि नियुक्त गरिएको जानकारी दिँदै उहाँहरूले आगलागी हुन नदिन योजनाबद्ध काम गर्ने बताउनुभयो । उहाँले शम्शेरगञ्ज सब डिभिजन वन कार्यालयअन्तर्गतको वन र सिक्टा सब डिभिजन वन कार्यालयअन्तर्गतको वनमा छ÷छ जनाको अग्निनियन्त्रण हेरालु रहेका उल्लेख गर्नुभयो ।

 

प्रमुख अग्निनियन्त्रण हेरालुले फायरलाइन सफा गर्नुका साथै त्यसको संरक्षण गर्ने गुस्ताले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा १०० किलोमिटर फायरलाइन रहेकामा त्यसलाई बढाएर १२० किलोमिटर पु¥याइएको छ । उहाँले शम्शेरगञ्जमा रु २५ लाखको लागतमा २० हजार लिटर क्षमताको ‘ओभर वाटर टयाङ्क’ समेत निर्माण भएको उल्लेख गर्दै डढेलो नियन्त्रणमा त्यसले पनि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

डढेलोका जोखिम न्यूनीकरण गर्न प्रतिकार्य योजना

बाँकेमा गर्मीयाम सुरु भएपछि चल्ने तातो हावा (लु), आगलागी, हावाहुरी तथा वन डढेलो घटनाका जोखिमलाई न्यूनीकरण गर्न प्रतिकार्य योजना स्वीकृत गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षतामा बसेको बैठकले आगलागी, वन डढेलो, तातो हावा (लु) तथा हावाहुरीबाट हुनसक्ने क्षतिलाई रोकथाम तथा न्यूनीकरण गर्न पूर्वतयारीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

 

बैठकले यसअघि भएका निर्णयको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्दै आगामी दिनमा जोखिम व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना अघि बढाउने सहमति पनि गरेको जनाएको छ । बैठकमा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रले तयार पारेको आगलागी, तातो हावा (लु) तथा वन डढेलो पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ माथि विस्तृत छलफल भएको थियो ।

 

गर्मी बढेसँगै आगलागी तथा वन डढेलोका घटना बढ्ने जोखिम रहेकाले डिभिजन वन कार्यालयलाई आगलागी रोकथामका लागि छुट्टै कार्ययोजना तयार गरी कार्यान्वयन गर्न निर्देशन दिइएको छ । वन डढेलो नियन्त्रणका लागि प्रचारप्रसार तथा सचेतना अभियान सञ्चालन गर्ने र आवश्यक उपकरण व्यवस्थापनका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी

ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

पश्चिम मुम्बईमा वरिष्ठ पत्रकार बिरेन्द्र बहादुर रावल सम्मानित, विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९