वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या सबै पक्ष मिलेर समाधान गर्नुपर्छः श्रममन्त्री

काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार क्षेत्रमा देखिएका आवत समस्याहरु सबै पक्ष मिलेर समाधान गर्नुपर्ने बताएका छन् ।

 

 

बिहीबार वैदेशिक रोजगार व्यावसायी संघका नवनिर्वाचित पदाधिकारीहरुलाई मन्त्रालयमा स्वागत मन्त्री भण्डारी यस्तो बताएका हुन । उनले वैदेशिक रोजगार क्षेत्रमा देखिएको आवत समस्याहरु श्रम मन्त्रालय र वैदेशिक रोजगार व्यावसायी संघ मिलेर समाधान गर्नुपर्नेमा जोड दिए । उनले श्रम ऐन संशोधनका लागि कार्य निकै अगाडि बढी सकेको जानकारी गराउँदै अगामी संसद अधिवेशनबाट उक्त ऐन पारित हुने विश्वास व्यक्त गरे । बदलिदोँ परिवेशमा समय सापेक्ष श्रम ऐनका लागि वैदेशिक रोजगार व्यावसायहरुले पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

 

 

 

वैदेशिक रोजगार व्यावसायीहरुको छाता संगठन वैदेशिक रोजगार व्यावसायी संघ नेपाल सरकारको प्रमुख अंग जस्तो भएको जिकिर गर्दै संघको ३१ औं साधारणसभाबाट नवनिर्वाचित भएर आएका पदाधिकारीहरुसँग सहकार्य गर्न आफु तत्पर रहेको उनले बताए ।

 

 

 

उनले वैदेशिक रोजगार क्षेत्रलाई अझै सुरक्षित, मर्यादित र सहज बनाउन सबैले एक ढिक्का भएर काम गर्नका लागि आव्हान गरे । उनले पच्छिलो समय वैदेशिक रोजगारबाट फर्केकाहरुमा देखिएका स्वास्थ्य समस्या एक गम्भीर चूनौतीको रुपमा देखा परेको चिन्ता व्यक्त गर्नै श्रमिकहरु स्वास्थ्य सुरक्षाका लागि सचेत र गम्भीर हुन व्यावसायीहरुलाई आग्रह गरे ।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?