मानव एकता दिवसमा सन्त निरंकारी मण्डल बौनियाँको रक्तदान

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं २ मा रहेको सन्त निरंकारी मण्डल नेपाल सत्संग भवन सडकपुर बौनियाँ शाखाले शनिबार (आज) मानव एकता दिवस मनाएको छ । दिवसको अवसरमा सडकपुर बौनियाँ शाखाले सत्संग भवनमामा रक्तदान कार्यक्रम समेत गरेको हो । ‘मानिसको रगत नालीमा होइन नाडीमा बगाऔँ’ भन्ने नाराका साथ कार्यक्रम गरेको हो ।

 

रगत नालीमा नभई, नाडीमा बगाउनुपर्छ भन्ने उद्देश्यका साथ हरेक वर्ष मानव एकता दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्ने गरिएको सडकपुर बौनियाँ शाखाका ब्रान्चमुखी विजय सिंह कुँवरले बताउनुभयो ।

 

 

 

सन्त निरंकारी मण्डल विश्वमै सबैभन्दा धेरै रक्तदान गर्ने संस्थाको रुपमा परिचित छ । सडकपुर बौनियाँ शाखाका ब्रान्चमुखी विजय सिंह कुँवरको अध्यक्षता तथा पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री तथा कैलाली क्षेत्र नम्बर २ (ख) का सांसद रामेश्वर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

 

त्यस अवसरमा प्रमुख अतिथी चौधरीले सन्त निरंकारी मण्डलले समाजमा गरेको कार्य प्रशंसनिय रहेको बताउनुभयो ।

सन् १९८० मा अप्रिल २४ मा बाबा गुरु वचन सिंको भारतमा अकालि दलले हत्या गरेपछि उनका अनुयायीहरुले हत्या भन्दा पनि रगतदान गरेर मानवता देखाउनुपर्ने भन्दै हरेक वर्ष अप्रिल २४ तारिखका दिन मानव एकता दिवस मनाउने गरिएको हो । दिवसको अवसरमा २१ महिला ५९ पुरूषगरि ८० जनाले रक्तदान गरेका हुन् । कार्यक्रमको विशिष्ट अतिथिमा नेपाल सरकारका पूर्व उपसचिव झंकरबहादुर बिष्ट, रेडक्रस कैलाली जिल्ला शाखा मन्त्री राकेश हमाल रहनुभएको थियो । सोही कार्यक्रममा स्वास्थ्य सेवा सह- संयोजक धर्मराज जोशी, रक्त सञ्चार प्रमुख धरणी प्रसाद पन्त, रेडक्रस दोदोधारा उप- शाखा सभापति लक्ष्मी जोशी, समाजसेवी अमर राना र कोटागढी बजार विकास समितिका उपाध्यक्ष तिलबहादुर सुनार लगायतका अतिथिहरू रहनुभएको कार्यक्रममा स्वागत मन्तव्य स्थानीयमुखी जनक साउँदले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन पूर्व सेवादल शिक्षक सुरत बहादुर बिष्ट गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ,  गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् । यस अवधिमा चार सय ७९ जनाको निधन भएको छ भने...

त्रिसठ्ठीभन्दा बढी सांसदद्वारा मातृभाषामा शपथ

काठमाडौँ, आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरुले शपथ लिनुभएको छ । कुल २७५ सांसदमध्ये ६३ भन्दा बढी सांसद्ले मातृभाषामा शपथ लिने जानकारी संसद् सचिवालयलाई गराउनुभएको थियो ।  सिंहदबारस्थित संसद् भवनमा प्रतिनिधिसभाको ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा सांसदहरुले शपथ लिनुभएको हो । मातृभाषामा शपथ ग्रहण...

प्रविधिमैत्री नेपाल बैङ्क : अधिकांश सेवा पाँच मिनेटभित्रै

रसुवा, सेवाग्राहीले बैङ्क पुगेपछि लाइन, झन्झटिलो प्रक्रिया र घण्टौँ प्रतीक्षा गर्नुपर्ने अवस्था अहिले बिस्तारै इतिहास बन्दै गएको छ ।  यहाँस्थित  नेपाल बैङ्क लिमिटेडको धुन्चे शाखाले बैङ्किङ सेवालाई प्रविधिमैत्री बनाउँदै कार्यसम्पादनलाई एकदेखि पाँच मिनेटमै सीमित गर्न सफल भएको छ ।पहिले ‘चेक’ भुक्तानी गर्न लामो समय...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौँ,   प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा संलग्न पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । धादिङको गङ्गाजमुना गाउँपालिका-७ फुलखर्क घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका-१० शेषमती बस्ने २२ वर्षीय प्रशन्न अधिकारी, नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१७ घर भई हाल काठमाडौँ...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

चितवन,  जिल्लाका सात धार्मिक विद्यालयका विद्यार्थी माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुने भएका छन् । ती विद्यालयमा अध्ययनरत ११० जना विद्यार्थी एसईईमा सहभागि हुन लागेका हुन ।शिक्षा बिकास तथा समन्वय इकाई चितवनका अनुसार ती सहित जिल्लाका २४४ विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुँने छन् ।...

पुगेन आँखा उपचारको सहज पहुँच, भएन सचेतना

काठमाडौं  विगत एक वर्षमा ४ लाख भन्दाबढी आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको छ । नेपाल नेत्रज्योति संघको सञ्जालभित्र आवद्ध २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्र तथा बिभिन्न बाह्य कार्यक्रमहरु मार्फत ४ लाख ५४ हजार ९ सय ४२ जना आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको...

प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज (पर्सा), प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो । सुरुआती चरणमा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३ दशमलव २ ओभरमा सबै विकेट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९