काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार सम्झौताको बारेमा अमेरिका र चीनका नेताहरू बीच भएको भेटवार्ताको बारेमा जानकारी दिएका छन् ।ट्रम्पले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट, वाणिज्यमन्त्री हावर्ड लुटनिक र व्यापार प्रतिनिधि जेमिसन ग्रीरले जुन ९, २०२५ सोमबार लन्डनमा चिनियाँ प्रतिनिधिहरूसँग भेट गर्ने र भेटवार्तामा व्यापार सम्झौता बारे छलफल हुने बताएका छन् ।
यस भेटघाटको घोषणा हुनुभन्दा अघि, शुक्रबार, डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच व्यापारको बारेमा फोन वार्ता भएको थियो । यो फोन कल पछि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू चीन भ्रमणको योजना बनाइरहेको बताएका थिए । उनले सी जिनपिङलाई अमेरिका आउन आमन्त्रित गरेको पनि बताए ।
यस वर्षको फेब्रुअरीमा ट्रम्पले धेरै देशहरूमा कर लगाए, तर सबैभन्दा बढी कर चीनबाट आउने सामानहरूमा लगाइयो । प्रतिक्रियामा, चीनले पनि अमेरिकी सामानहरूमा भारी कर लगाए, जसले दुई देशहरू बीचको व्यापार युद्धलाई अझ गहिरो बनायो । यसपछि, मे महिनामा, दुवै देशले व्यापार सम्झौताको सम्बन्धमा जेनेभामा बैठक गरे ।
यस व्यापार सम्झौता अन्तर्गत, अमेरिकाले चीनबाट आयात हुने सामानहरूमा लाग्ने कर १४५ प्रतिशतबाट घटाएर ३० प्रतिशत पुर्यायो, जबकि चीनले अमेरिकी सामानहरूमा लगाइएको कर १२५ प्रतिशतबाट घटाएर १० प्रतिशत पुर्याएपछि यो विवाद तत्कालका लागि मथ्थर भएको छ ।






























































































































































