पूर्व एसपी रामेश्वर यादवको मुद्दाः कानुनीबिदहरूले उठाए विभेद र अन्यायको प्रश्न

काठमाडौं। कानुनका जानकारहरुले पूर्व प्रहरी उपरीक्षक (एसपी) रमेश्वर प्रसाद यादवको मुद्दामा विशेष अदालतबाट सफाइ पाएपनि सर्वोच्च अदालतले दोषी ठहर गरेको बिषय त्रुटिपुर्ण रहेको बताएका छन् ।शनिवार मधेशी पत्रकार समाजद्धारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै कानुनका जानकारहरुले एसपी यादवको मुद्दा सर्वोच्च अदालतले दोषी ठहर गर्दै चार महिनाको जेल सजाय र ९७,५०० रुपैयाँ जरिवाना तोकेको छ आदेश त्रुटिपूर्ण भएपनि स्वीकार गर्नको विकल्प नरहेको बताएका हुन । एसपी यादवले सर्वोच्च अदालतमा पुनरावलोकनको लागि दिएको निवेदनसमेत खारेज भई सकेको अवस्थामा यो आदेशलाई स्वीकार गर्नुको विकल्प नरहेको उनीहरुले बताएका हुन ।

 

यादवलाई विशेष अदालतको तीन न्यायाधीशको इजलासले २०७१ चैत २८ गते सफाइ दिएको थियो। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९अख्तियार० को अपिलपछि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०७९ मंसिर ४ गते फैसला उल्ट्याउँदै सजाय तोकेको हो । एपी यादवले आफूले सजाय भोगी सकेको र जरिवाना पनि तिरेको जानकारी दिँदै भने, “रूपन्देहीमा कार्यरत रहँदा मैले एक वरिष्ठ प्रहरी अधिकृतको अनियमितता उजागर गरेपछि मलाई भ्रष्टाचारको मुद्दा लगाइयो।”

 

उनका अनुसार, जसले घूस दिएको भनिएको थियो, उसैले अदालतमा आफू निर्दोष रहेको बताएका थिए । “तर पनि मलाई दोषी ठहर गरियो,” यादवले गुनासो गरे ।अधिवक्ता अरुण ज्ञवालीका अनुसार यादव एक सक्षम मधेसी प्रहरी अधिकृत थिए, जसमा नेपाल प्रहरीको सर्वोच्च पद आइजिपी बन्ने सम्भावना थियो। “तर उनीविरुद्ध भ्रष्टाचारको मुद्दा लगाएर उनीमाथि षड्यन्त्र गरिएको हो,” ज्ञवालीले आरोप लगाए ।

उनले भने, “सर्वोच्च अदालतले यस्तै प्रकृतिका अन्य मुद्दामा फरक फैसला दिएको छ। यो फैसला नै विभेदी दृष्टिकोणबाट आएको देखिन्छ।”
ज्ञवालीले वरिष्ठ प्रहरी अधिकृत सुशील यादवको आत्महत्यालाई उदाहरण दिँदै भने, “उनी डिआइजी नबनी कनिष्ठलाई बढुवा गरियो, जसका कारण उनले आत्महत्या गरे। मधेसका योग्य प्रहरी अधिकृतहरूलाई रणनीतिक रूपमा रोकिने क्रम चलिरहेको छ।”

 

मानवअधिकार आयोग (एनएचआरसी) का सदस्य मिहिर ठाकुरका अनुसार यादवले आफ्नो मुद्दा आयोगमा दर्ता गरेका छन् । तर आयोगका पदाधिकारीले सर्वोच्च अदालतको फैसला भइसके पछि आफूहरूले केही गर्न नसक्ने बताएका छन् । “सर्वोच्च अदालत पनि गल्ती गर्न सक्छ,” ठाकुरले टिप्पणी गर्दै भने, “मुद्दामा दुईवटा कानुनी त्रुटीहरु छन् । तीनजना न्यायाधीशले सफाइ दिएको मुद्दामा दुई न्यायाधीशले सजाय सुनाउनु अस्वाभाविक हो ।”

उनले थपे, “न्याय दिनका लागि कम्तीमा पाँच न्यायाधीशको इजलास आवश्यक थियो। साथै, विशेष अदालतबाट सफाइ पाएपछि पनि अख्तियारले अपिल गर्नु अन्तर्राष्ट्रिय न्यायिक अभ्यासविपरीत हो।”पूर्व पुनरावेदन अदालतका न्यायाधीशसमेत रहेका ठाकुरले अर्का पीडित रामकुमार कार्कीको उदाहरण दिँदै भने, “कार्कीले सात वर्ष जेल जीवन बिताएपछि सर्वोच्च अदालतबाट सफाइ पाए। अहिले उनी आयोगमा क्षतिपूर्ति माग गर्दै आएका छन् र आत्महत्याको चेतावनीसमेत दिएका छन्।”

 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने, “सर्वोच्च अदालत सर्वोच्च हो, तर त्यो अन्यायबाट मुक्त छैन। न्यायाधीशहरू पनि मान्छे नै हुन – उनीहरूमा पूर्वाग्रह, पक्षपात र विशेषाधिकार हुन्छ।”उनका अनुसार, नेपालमा संस्थागत रूपमा फैसला परीक्षण गर्ने परिपाटी छैन। “अहिले धेरै संस्था ‘झोले’ बनेका छन्,” उनले कटाक्ष गरे।
पूर्व न्यायाधीश लोकेन्द्र मालिकले भने, “राजनीतिक नियुक्ति भएका न्यायाधीशहरू राजनीतिक दलप्रति वफादार हुने भएकाले न्यायमा त्रुटि हुनु स्वाभाविक हो।”

 

सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालले यो मुद्दा अत्यन्त गम्भीर भएको उल्लेख गर्दै भने, “हाल कानुनी उपचार नभए पनि बलियो प्रमाणका आधारमा फेरि सर्वोच्च अदालतमा रिट दायर गर्न सकिन्छ।”उनले भने, “सह–आरोपीको भनाइका आधारमा फैसला दिइनु नै त्रुटिपूर्ण हो। न्यायपालिकाको नैतिकता, विश्वसनीयता र जनविश्वास जोगाउन यो मुद्दामा फेरि विचार हुनु आवश्यक छ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अन्तर्वार्ता : हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक

काठमाडौँ,  फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त हुनुहुन्छ । सन् १९५२ मा फ्रान्समा जन्मिनुभएका उहाँले सन् १९८० को दशकदेखि दक्षिण एसियामा विशेष गरी नेपालमा निरन्तर काम गर्दै आउनुभएको...

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रू एक हजार एक सय र चाँदी तोलामा रू २५ ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रू दुई हजार...

चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित

बेइजिङ, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ । यससँगै विश्वका दुई ठूला अर्थतन्त्रबीचको नाजुक व्यापार युद्धविराम आगामी वर्षसम्म कायम...

सहकारीको रकम हिनामिना गरेको आरोपमा सात जना पक्राउ

गण्डकी, कास्कीस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारी सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित सात जनालाई आज नियन्त्रणमा लिएको छ । अध्यक्ष गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणी दाहाल, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, बजार प्रमुख वेदीप्रसाद...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

आइसिसी विश्वकप क्रिकेट लिग–२ : युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौँ,  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध एकदिवसीय शृङ्खालको अन्तिम खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।दुबईस्थित आइसिसी एकेडेमीमा भर्खरै भएको टसमा युएईका कप्तान आलिशान शराफुले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यसँसगै नेपालले पहिला ब्याटिङको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९