बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते

बैतडी। बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना भएको छ ।सो दुर्घटनामा परी चालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी बलराम पाण्डेका अनुसार सो दुर्घटनामा परी मृत्युु हुनेमा अन्दाजी २४ बर्षका जिप चालक सन्तोष बोहरा र ३२ वर्षीया किरण बोहरा रहेका छन ।

 

धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–००१ ज १३७२ नम्बरको जिप शनिवार बिहान करिब ५ः३० बजे खिपालीमा सडकबाट चिप्लिएर भिरमा खसेको थियो ।दुर्घटनामा डिलासैनी गाउँपालिका निवासी २५ वर्षीय हेमन्त प्रसाद भट्ट,  ५२ वर्षीया कुल्मा धामी, २७ वर्षीय राजेन्द्र खत्री, २१ वर्षीया भागरथी खत्री, उनकी २ वर्षीया छोरी एलिसा खत्री, ३९ वर्षीय रामकुमार राना घाइते भएका छन् ।घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा प्राथमिक उपचार गराइएको छ भने गम्भीर घाइतेहरूलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको जनाइएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?