Baigyanik Media

Advertisement

Skip Ad

संविधान दिवसमा गण्डकी प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश

‘नव युवापुस्ताको भावनालाई सम्बोधन गरी संविधानको स्वीकार्यता अझ फराकिलो बनोस्’

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा प्रदेशवासीसँगै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । हालै नव युवापुस्ताले गरेको आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

नव युवानेतृत्वको आन्दोलनपश्चात् शान्तिपूर्ण निकासका साथ मुलुक अघि बढिरहेको जनाउँदै उहाँले संविधान, संसदीय प्रणाली र संघीय लोकतन्त्र गणतन्त्र कायम राख्न सफल भएको उल्लेख गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले भन्नुभएको छ – ‘फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुपर्नेछ । निर्वाचन नै मुलुकको निकास भएकाले आजको संवेदनशील घडीमा उपयुक्त वातावरण बनाउन सबै सम्बद्ध पक्षहरुलाई विशेष आव्हान गर्दछु ।’
नव युवापुस्ताको आन्दोलनको मर्म र भावनालाई सम्बोधन गरी संविधानको स्वीकार्यता अझ फराकिलो पार्दै यसको पूर्ण कार्यान्वयनले मुलुकले गति लिने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ । ‘अबका कदमहरु संविधानको कार्यान्वयन तथा संघीयतालाई संस्थागत एवं सुदृढ गर्ने दिशामा हुनेछ । संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन र नेपाललाई स्थायी शान्ति र समृद्धिको दिशातर्फ उन्मुख गराउन आ–आफ्नो ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल तथा आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक आह्वान गर्दछु ।’ – उहाँले भन्नुभएको छ ।

यस कार्यमा अन्तर्राष्ट्रिय समुदायबाट पनि यथोचित सहयोग रहने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख भट्टले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरी राख्न आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

‘देशमा शान्ति, जनताको हित र उन्नति भन्दा ठूलो हाम्रो कुनै लक्ष्य हुन सक्दैन । यही भावनाबाट उत्प्रेरित भई संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गहरुले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु ।’ भट्टले भन्नुभएको छ । वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातिय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सुत्रमा आवद्ध गरेको उहाँको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तमोर कोरिडोरका पुल निर्माणमा ढिलाइ हुँदा सास्ती भोग्दै यात्रु

पाँचथर, तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन् । खोलाहरूमा अकस्मात् बाढी आउँदा सवारीका साधनहरूले बीच बाटोमै अलपत्र पर्ने गरेका छन् । पूर्वी पहाडमा निर्माणाधीन चीन र भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोरको मूलघाट गणेशचोक खण्डमा सवारीका साधन सञ्चालन हुन...

अध्यक्ष दाहालद्वारा सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ । शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकलाई आज सम्बोधन गर्दै उहाँले पार्टीका सबै तहका...

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र...

जैविक खेतीलाई अबलम्बन गर्दै घराम्दी र टिकोटका किसान

म्याग्दी।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी र टिकोटका किसानले जैविक विधिबाट तरकारी खेती गरेका छन् । खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकूल मानिएको रासायनिक विषादी र मलको विकल्पमा घरेलु विधीबाट तरकारी, खाद्यबाली र आलु खेती गरेका हुन् ।   आलु खेतीको पकेट क्षेत्र टिकोट र घराम्दीका बासिन्दाले...

सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ लाभान्वित

खोटाङ, साकेला गाउँपालिकाले दसैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको अवसर पारेर आयोजना गरेको सामाजिक सुरक्षाभत्ता वितरण शिविरमा ५८२ जना लाभग्राहीले सेवा लिएका छन् । ज्येष्ठ नागरिक तथा अशक्त र अपाङ्गता भएका लाभग्राहीको गाउँमै पुगेर सेवा दिने उद्देश्यले आयोजना गरिएको शिविरमा रु एक करोड एक...

विपद्को एक वर्ष : काभ्रेमा तीन हजारलाई अस्थायी आवास अनुदान

काभ्रेपलाञ्चोक, विसं २०८१ असोजको विपद्मा आवाससमेत गुमाएका जिल्लाका पीडितहरूको अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताबापतको रकम उपलब्ध गराएको छ । जिल्लाका १३ स्थानीय तहका तीन हजार १२८ पीडितहरूलाई पहिलो किस्ताबापत रु सात करोड ७९ लाख २५ हजार राहत उपलब्ध गराइएको हो । दोस्रो...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

संविधान दिवसमा गण्डकी प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा प्रदेशवासीसँगै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । हालै नव युवापुस्ताले गरेको आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । नव...

पिसाब फेर्न बसबाट ओर्लिएका कैलालीका वृद्ध मुग्लिनमा हराए

कैलाली, कैलाली मोहन्याल गाउँपालिका–३, बुडिआमका ६५ वर्षीय काशीराम कुँवर मुग्लिङ नजिकै हराएका छन्। लालीगुँरास आधारभूत विद्यालयका कार्यालय सहयोगी समेत रहेका कुँवर हालसम्म सम्पर्कविहीन रहेको परिवारले जनाएको छ।   परिवारका अनुसार, उहाँ जेठा छोरालाई दक्षिण कोरिया बिदाइ गरी गत असोज ७ गते काठमाडौंबाट कैलाली फर्किंदै हुनुहुन्थ्यो। उहाँ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सामुदायिक विद्यालय अभिभावक तथा विद्यार्थीको रोजाइमा

रामपुर (पाल्पा),  युवा जनशक्ति आजका आवश्यकता मात्र होइनन्, देशका परिवर्तनका संवाहक पनि हुन् । परिवर्तन खोज्ने हो भने युवाकै नेतृत्व चाहिन्छ । यो हरेक क्षेत्रमा गुञ्जिन्छ र युवाले नै नेतृत्व गरेका संस्था, क्षेत्रमा परिवर्तनको लहर झल्किएको छ । कुनै समय विद्यार्थी नियमित रूपमा विद्यालय...

आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ आकर्षण बढ्दो

मन्थली (रामेछाप),  यहाँस्थित आयुुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । पहिले मन्थली नगरपालिका–१ घारी खहरेस्थित भाडाको घरबाट चिकित्सालयले सेवा प्रवाह गरेकामा हाल मन्थली अस्पतालको पुरानो भवनबाट सेवा प्रवाह गर्न थालेको छ । चिकित्सालयका सूचना अधिकारी हरिनारायण महतोकाअनुसार हाल जिल्लामा...

राष्ट्रिय क्रिकेट टोलीले पायो यूएईको प्रवेशाज्ञा

काठमाडौँ  नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)को प्रवेशाज्ञा पाएको छ । नेपाल क्रिकेट सङ्घका प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएको हो । सो टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२०...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९