Baigyanik Media

Advertisement

Skip Ad

‘छरछिमेकमा सहयोग चल्दैन, प्रतिस्पर्धा छ’

टीकापुर (कैलाली),  जानकी गाउँपालिकाको खैरीफाँटाकी सीता विष्टलाई समाजमा मिलेर काम गरेको, एकअर्कालाई सुखदुःखमा सघाएको खुबै याद छ । ज्येष्ठ नागरिक उहाँलाई खेतीपाती गर्ने बेला गाईगोरु अभाव हुँदा खाद्यान्न, गर्जो टार्न रकम सरसापट गरेको सम्झना ताजै छ । “हामीले खाद्यान्न, रकममात्र नभई आगोसमेत साटासाट गरेर बाल्ने गथ्र्यौँ, एउटा घरमा पहिले आगो बालेमा वल्लोपल्लो घरमा त्यहीँ आगो लिएर सल्काउने चलन थियो”, उहाँ भन्नुहुन्छ, “अहिलेका समाज र जीवन फेरिएको छ । आजभोलि त समाजमा सहयोग चल्दैन, प्रतिस्पर्धा चलेको देख्छु ।”

 

अर्की महिला देवु रावल पनि विगतमा घर बनाउँदा, खेतीपाती गर्दा मिलेर काम गर्ने छिमेकी बदलिएका बताउनुहुन्छ । आजभोलि कमाइ भएकाहरूले नभएकालाई हेप्ने चलन बढेकामा चिन्ता व्यक्त गर्नुहुन्छ । “कमाइ भएकाहरूको जीवन सुखद् छ, विपन्न नागरिकले समाजमा बाँच्न गाह्रो भएको छ”, उहाँले भन्नुभयो, “पहिलाका मानिस दयालु, सहयोगी हुन्थे, आजभोलि जो धनी छ, उसैलाई मात्र सहयोग गर्नेहरू भेटिन्छन् ।” टीकापुरकी पार्वती गिरीलाई पनि पहिलेकै समाज राम्रो लाग्छ । छिमेकमा मिलेर, बाँडीचुडी खाएको याद आउँछ । “हामी एक घरमा दाल, एक घरमा तरकारी पकाएर छाक टाथ्र्यौँ”, उहाँले भन्नुभयो, “पाकेको मीठोमसिनो बाँडेर खाने चलन थियो, आजभोलि पल्लो घरमा मासु पाक्छ, वल्लो घरमा तरकारी हुँदैन, यस्तो समाज राम्रो भयो त ?” छिमेकी भनेका समाजसँग जोडिएका मानिस हुन् । छिमेकी मिलेर बसेमा व्यक्तिका मात्र नभई समाजका समस्यासमेत टार्न सकिन्छ । छिमेकीको सहयोग सजिलो अप्ठ्यारो दुवै बेला काम लाग्छ । सबै समयमा छिमेकी सहयोगी हुनुपर्छ । सहयोगी छिमेकी भएकाहरू दुःखलाई पनि सहजै पार गर्न सक्छन् ।

 

बर्दियाका बलिराज बम रोजगारीका लागि बाहिर बस्नुहुन्छ, उहाँले भने छिमेकीको सहयोग भरपुर लिनुभएको छ । “छिमेकी भनेका समाजका हिम्मत हुन्, छिमेकी सहयोगी भए समाज नै सुन्दर हुन्छ, म रोजगारीका लागि विदेशमा बस्छु”, उहाँले भन्नुभयो, “मैले मेरो परिवार पाल्न, समस्या टार्न छिमेकीको धेरै सहयोग पाएको छु ।” अर्का नागरिक उज्जले तिरुवा भने मर्दापर्दा छिमेकीको सहयोग लिने र सहयोग गर्ने गरिएको, अहिले पनि आफूहरूले सरसापट चलाइरहेको बताउनुहुन्छ । “पहिलेजस्तो आगोपानी सापटी भने चल्दैन, तर समस्या पर्दा खाद्यान्न, रकम सरसापट चल्छ”, उहाँले भन्नुभयो, “समाजमा समस्या परेकालाई सघाउने संस्कार हराउन दिन हुँदैन । सहयोग नरहे समाज पनि रहन्न ।” टीकापुरकी कौशी परियारलाई पनि छिमेकीको महत्व विशेष लाग्छ, पहिलेका छिमेकी धेरै सहयोगी र अहिलेका छिमेकी स्वार्थी भएको महसुस परियारले पनि गर्नुभएको छ ।

 

“विगतमा सबैखाले समस्याको समाधान छिमेकमै खोजिन्थ्यो, आजभोलि छिमेकीबीच संवादसमेत घटेकाले संवाद बढाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “व्यक्तिव्यक्तिबीचको सम्बन्ध बढाउन एकापसमा आत्मीयता बढेमा सामाजिक समस्या समाधानमा पनि सहयोग पुग्छ ।” मानिसको समाजसँगको सम्बन्ध पातलिँदै गएको छ । यसले भोलिको समाज असहयोगी हुनसक्छ त्यसतर्फ सबैले ध्यान दिनुपर्ने शिक्षक पूर्ण विकको भनाइ छ । “समाजमा समूह बनाउने, सामूहिक कार्यमा छलफल गर्ने, समुदायका समस्या र आवश्यकताबारे छलफल गर्ने, समाधानको खोजी गर्ने गर्नुपर्छ”, शिक्षक विक भन्नुहुन्छ, “मिलेर टोल सफा गर्ने, विपन्नलाई राहत उठाएर दिने, समाजमा सांस्कृतिक कार्यक्रम गर्नेजस्ता कार्यले सामाजिक सम्बन्ध बढाउँछ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

दलहरुलाई नेतृत्व हस्तान्तरण गर्न नागरिक अगुवाहरूको आह्वान

काठमाडौँ, नागरिक समाजका अगुवाहरूले ‘जेनजी’ प्रदर्शनपछि देशमा उत्पन्न अस्थिर परिस्थितिमा राजनीतिक दलहरूका नेतृत्वको भूमिकामाथि प्रश्न उठाउँदै तत्काल नेतृत्व हस्तान्तरण गर्न आह्वान गर्नुभएको छ । नागरिक समाजका २३ जना अगुवाले बुधबार संयुक्त अपिल जारी गरी राजनीतिक दलहरूलाई ‘अविलम्ब नेतृत्व हस्तान्तरण’ गर्न आह्वान गर्नुभएको हो ।...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर...

चीनमा सुरुङ भत्किएपछि तीन मजदुरको मृत्यु, अनुसन्धान जारी

झेनपिङ, शानक्सी, चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिबार बिहान मृत्यु भएको छ । बिहीबार भएको उक्त दुर्घटनामा आठ जना मजदुरहरू मर्मतसम्भारको काम गर्दै थिए । पाँच जना मजदुर सुरक्षित रूपमा बाहिर निस्कन सफल भए भने...

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

फलामखानी सञ्चालन गर्न पदमार्ग निर्माण

पर्वत,  महाशिला गाउँपालिका–६ मा रहेको फलामखानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलामखानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

नेपालसँग कुवेत पराजित

काठमाडौँ,  आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी—१ मा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले प्रस्तुत गरेको १४२...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९