Baigyanik Media

Advertisement

Skip Ad

राष्ट्रिय सरोकारका विषयमा विचार–विमर्श गर्दै समाधान खोज्ने प्रयास गर्नुपर्छः उपाध्यक्ष घिमिरे

काठमाडौँ, राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरेले वर्तमान राष्ट्रिय र राजनीतिक परिस्थितिमा राष्ट्रियसभाको बैठक शीघ्र आह्वान गरी राष्ट्रिय सरोकारका विषयमा विचार–विमर्श, सहमति र समाधान खोज्ने प्रयास गर्नुपर्ने आबस्यकता औंल्याउनुभएको छ । नेपालीहरूको महान् पर्व शुभ दीपावली (तिहार) २०८२ तथा नेपाल सम्वत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुवाप्रति सुख, शान्ति, समृद्धि र सुरवारध्यको हार्दिक शुभकामना व्यक्त गर्दै सो आवश्यकता औंल्याउनुभएको हो ।
उहाँले भन्नुभएको छ, “जनआवाजलाई प्रभावकारी बनाउन, नीति निर्माण र सरकारका कार्यमा संसदीय अनुगमन सुदृढ गर्न राष्ट्रियसभाको सक्रियता अझ बढ्नुपर्छ भन्ने विश्वास लिन्छु ।” नेपाल सम्वत् ११४६ को आगमनले हाम्री मौलिक ऐतिहासिक परम्पराको स्मरण गराउने उहाँको भनाइ छ । राष्ट्रिय विभूति शंखधर साःख्वाले लिच्छवीकालीन राजा राघवदेवको समयमा गरिब र किसानलाई ऋणमुक्त गराई प्रचलनमा ल्याउनुभएको नेपाल संवत् हाम्रो मौलिक राष्ट्रिय सम्वत् भएको उहाँले उल्लेख गर्नुभयो । विशेषगरी काठमाडौँ, भक्तपुर, ललितपुर तथा नेवार समुदायको बाहुल्यता भएका क्षेत्रमा भव्यतापूर्वक मनाइने यो सम्वत्ले केवल इतिहासलाई मात्र होइन, सामाजिक न्याय र समानताको मूल्पलाई पनि बलियो बनाउने काम गरेको छ ।
उहाँले भन्नुभएको छ, “नेपालको बहुल संस्कृतिमा आधारित चाडपर्वहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वलाई मजबुत बनाएका छन्, चाडपर्वहरू हाम्रो पहिचान, ऐक्यबद्धता र साझा मूल्यलाई जगाउने माध्यम बनेका छन् ।” संविधानले निर्दिष्ट गरेको संसदीय शासन प्रणालीमा संसद राष्ट्रको सर्वोच्च नीति निर्माण निकायका रूपमा स्थापित गरेको उहाको भनाइ छ । त्यसको स्थायित्व र गरिमा जोगाउन राष्ट्रियसभाको भूमिका अत्यन्त महत्वपूर्ण र राष्ट्रिय सभाले विधायन, नीतिगत सुझाब, तथा संचीप मूल्य र मान्यताहरूको शुद्धीकरणमा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने उपाध्यक्ष घिमिरे उल्लेख गर्नु भएको छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मुस्ताङ भन्सारको राजस्व तीन अर्ब नाघ्यो

मुस्ताङ,  नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले रु तीन अर्ब एक करोड ४४ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ । गत भदौ ३१ गते पूर्ण रुपमा व्यापारिक मार्गको रुपमा सञ्चालनमा आएको कोरलानाकाबाट मुस्ताङ भन्सार कार्यालयले मङ्गलबारसम्म उक्त राजस्व सङ्कलन गरेको जनाएको छ...

नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक होः सभामुख घिमिरे

काठमाडौँ,  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल सम्वत् ११४६ ले सबैलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ एकजुट भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल सम्वत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ...

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण

बेरुत, इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ। प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल–जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले...

नेपाल सम्वत्ले भाइचाराको संस्कृतिलाई जीवन्त राखेको छः उपराष्ट्रपति

काठमाडौँ, उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल सम्वत् ११४६ ले काठमाडौँ उपत्यकाको नयाँ बहीखाता परम्परालाई मात्र नभइ, सिङ्गो नेपाली समाजमा सहिष्णुता, मेलमिलाप र भाइचाराको अनमोल संस्कृतिलाई जीवन्त राखेको बताउनुभएको छ । उपराष्ट्रपति यादवले नेपाल सम्वत् ११४६ को सुखद् आरम्भको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९