सामूहिक एकताले बदलिँदैछ सिंहपुर गाउँको मुहार

कञ्चनपुर, कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर गाउँ प्रवेश गर्दा पहिलो नजरमै सफा र चिटिक्क सडकले जोकोहीको ध्यान तान्छ । सडक छेउका चोकचौराहामा बस्न बनाइएका गोलघरले गाउँको सौन्दर्यता थप्ने कार्य गरेका छन् । थारू समुदायको बाहुल्यता रहेको यो गाउँ अहिले सामूहिक एकता, संस्कृति संरक्षण र आत्मनिर्भर विकासका कारण चिनिन थालेको छ ।
गाउँका बासिन्दाले विकास र सहकार्यलाई जीवनशैलीकै रूपमा अपनाएका छन् । गाउँमा कुनै सभा, छलफल वा बैठक गर्न छुट्टै भवन निर्माण गरिएको छ । आपतविपद् वा कुनै सामाजिक कार्यमा गाउँका युवादेखि वृद्धसम्म सबै एकजुट भएर लाग्छन् । यही सामूहिक भावना र सहयोगकै कारण सिंहपुर ‘एकताको गाउँ’को उपनामले परिचित छ । संस्कृति संरक्षणमा पनि गाउँ अग्रस्थानमा छ । थारू समुदायको परम्परागत नाच, गीत, पहिरन र चालचलन जोगाउन युवाहरू सक्रिय छन् । गाउँमा युवालाई एकजुट गराउन ‘सिंहपुर युवा क्लब’ गठन गरिएको छ भने प्रौढहरूको सहभागिता सुनिश्चित गर्न ‘सिंहपुर गाउँ समाज’ स्थापना गरिएको छ । यी दुई संस्था सामाजिक र सांस्कृतिक एकताको माध्यम बनेका छन् । क्लबमा हाल ७२ युवा आबद्ध छन् ।
गाउँ समाजमा ६९ सदस्य छन् । दुवै संस्थाले गाउँमा सामाजिक उत्तरदायित्व र आत्मनिर्भरता अभिवृद्धि गर्न उल्लेखनीय योगदान दिएका छन् । गाउँ समाजका भलमन्सा ठाकुराम चौधरीका अनुसार गाउँमा विवाह, धार्मिक अनुष्ठान वा भोजभतेरका लागि बाहिरबाट टेन्ट वा भाँडाकुँडा ल्याउनु पर्दैन । “हाम्रो समाजसँगै डिजेबाजा, टेन्ट, भाँडाकँुडा सबै उपलब्ध छन्, सबै सामग्री गाउँकै स्रोतबाट जुटाइन्छ, जसले खर्च घटाएको छ भने सहकार्य बढाएको छ”, चौधरीले भन्नुभयो । समाजका सदस्यहरूले मौसमअनुसार धान, गहुँ सङ्कलन गरी बिक्री गरेर कोषमा जम्मा गर्छन् ।
अन्न नहुने सदस्यले नगद रकम योगदान गर्छन् । हाल समाजको कोषमा रु १५ लाख बचत छ । गाउँका सदस्यलाई आपतविपद् परेका बेला एक प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाइएको भलमन्सा चौधरी बताउनुहुन्छ । “कसैलाई आकस्मिक रूपमा बिरामी परे वा दुर्घटना भयो भने बैंक–सहकारी धाउन नपर्ने व्यवस्था गरेका छौँ”, समाजका वरिष्ठ सदस्य जोगराज चौधरीले भन्नुभयो, “रु पाँच हजारसम्मको सहयोग निःशुल्क दिइन्छ, त्यसभन्दा बढीमा ब्याज लिइन्छ ।” अहिलेसम्म ११ व्यक्तिलाई कोषबाट सहयोग प्रदान गरिएको छ । युवाले पनि छुट्टै बचत कोष सञ्चालन गरेका छन् ।
प्रत्येक महिनाको बैठकमा क्लबका सदस्यले रु ५० बचत गर्छन् । युवाको कोषमा पनि रु १५ लाखको हाराहारीमा रकम बचत छ । क्लबका अध्यक्ष बाबुराम चौधरीका अनुसार छ–छ महिनामा युवाको संलग्नतामा रक्तदान कार्यक्रम आयोजना हुने गरेको छ । सरसफाइ गर्दा हुने फाइदा र नहँुदाका बेफाइदाबारे गाउँका बासिन्दालाई भेला गराएर जानकारी गराउने कार्य गरिँदै आएको छ । योसँगै लागुऔषध, मानव बेचबिखन तथा सामाजिक सञ्जालमा हुने ठगीबारे चेतनामूलक कार्यक्रम पनि नियमित रूपमा क्लबका आबद्ध युवाले स्वःस्फुर्त रूपमा सञ्चालन गर्दै आएका छन् ।
उनीहरुले समाजसँग सहकार्य गर्दै संस्कृति संरक्षणमा समेत अग्रसरता लिँदै आएका छन् । क्लबको मासिक बैठकमा समाज सुधार गर्न, चेतनमूलक कार्यक्रम गर्न, खेलकुदका गतिविधि सञ्चालन गर्न, युवाहरूको नेतृत्व विकाससम्बन्धीका छलफल हुने गरेको छ । खेलकुदको विकासमा पनि क्लब र समाज अग्रसर छन् । खेलाडीलाई हरेक वर्ष खेल सामग्री, जर्सीलगायत सामग्री वितरण गरिन्छ । गाउँमै खेल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ ।
समाज र युवा क्लबले संयुक्त रूपमा रु सात लाखमा जग्गा खरिद गरी करिब रु २० लाख लागतमा पक्की सभाहल निर्माण गरेको स्थानीय नत्थुराम चौधरीले बताउनुभयो । यही भवन अहिले गाउँका सबै सामूहिक गतिविधिको केन्द्र बनेको छ । सिंहपुरको सामुदायिक वनमा पर्यटन प्रवर्द्धनका लागि नगरपालिकासँग सहकार्य गरी पाहुनाघर पनि निर्माण गरिएको छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिममा दुई सय ३४ भौतिक संरचना क्षति

महेन्द्रनगर, जेनजी आन्दोलनका क्रममा भएको आगजानी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी र पार्टीका कार्यालय गरी दुई सय ३४ भौतिक संरचनामा क्षति पुगेको छ ।धनगढीस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा बढी क्षति भएको विवरण सङ्कलन...

देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् : उपराष्टपति यादव

काठमाडौँ, उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गरोस् भनी कामना गर्नुभएको छ । छठ महापर्व–२०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “छठ महापर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण नेपालीलाई सद्भाव,...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ९९ पैसा र बिक्रीदर...

अर्जेन्टिनाका राष्ट्रपति मिलेईको चुनावी जितपछि सुधारको वाचा

ब्युनस आयर्स, १० कात्तिक (रासस/एएफपी) : अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आइतबार सम्पन्न मध्यावधि आमनिर्वाचनमा आफ्नो दलको ऐतिहासिक जितपछि राष्ट्रलाई ‘निर्णायक मोड’ मा पुगेको बताउँदै राज्यको आकार घटाउने र अर्थतन्त्रलाई पूर्ण रूपमा उदारीकरण गर्ने आफ्नो एजेन्डालाई अघि बढाउने वाचा गर्नुभएको छ । मिलेई नेतृत्वको ला लिबर्टाड...

बैतडीमा मातृ र शिशु मृत्युलाई शून्यमा झार्ने अभियान : भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा

बैतडी, सुर्नया गाउँपालिका वडा नं ४ मा स्थित भौनेली स्वास्थ्यचौकीमा ‘अल्ट्रासाउण्ड’ सेवा सञ्चालनमा आएको छ । गर्भवतीका लागि सो सेवा निःशुल्क हुने स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताउनुभयो । सुर्नया गाउँपालिकाको समन्वयमा प्रदेश सरकारले स्वास्थ्यचौकीलाई अल्ट्रासाउण्ड उपकरण उपलब्ध गराएको थियो ।   स्वास्थ्यचौकीमा कार्यरत अनमी पुष्पा धानुक...

मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान : ‘देशभर वर्षा हुन्छ’

काठमाडौँ,  हाल पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहँदा आज देशभर साधारणतया बदली रहने छ । आज दिउँसो गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

सुशासन प्रवर्द्धन र समाज रूपान्तरण सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

लुम्बिनी , लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । तिहार पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले सत्य, न्याय र सकारात्मक सोचतर्फ समाजलाई उन्मुख गराउने तिहारको मूल्य र...

जातीय विभेदको मुद्दामा फरार प्रकाश चन्द दिल्लीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै

बैतडी । जिल्ला अदालत बैतडीबाट जातीय विभेदको कसुरमा दोषी ठहर भई ४ महिनाको कैद सजाय सुनाइएका प्रकाश चन्द भारतको दिल्ली गुडगावस्थित बजाज कम्पनीमा बसेर सामाजिक सञ्जालमा भ्रम फैलाउँदै आएका छन् । जता जहाँ गए पनि विवादास्पद क्रियाकलाप गर्ने उनी घरपरिवारको नजरमा समेत घृणित सदस्यका रूपमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु

दार्चुला, यहाँ पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थाल्नुभएको हो । गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर हुनुभएको हो । विसं २०४२ मा स्थापना...

चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता हुँदै

गण्डकी,  जिल्ला भलिबल सङ्घ बागलुङको आयोजना र गलकोट नगर भलिबल सङ्घको संयोजनमा यही कात्तिक १७ देखि ३० गतेसम्म विभिन्न चार विधामा ‘गलकोट कप’ भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।   खुला वडास्तरीय पुरुष भलिबल, खुला पालिकास्तरीय महिला भलिबल, भेट्रान्स कप र माध्यमिक विद्यालयस्तरीय पुरुष भलिबल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९