विचारः छठपर्व : प्रकृतिप्रति आस्था, श्रद्धा र आत्मशुद्धिको पर्व

काठमाडौँ,  छठपर्व हिन्दूधर्मका सबैभन्दा पवित्र र अनुशासित पर्वमध्ये एक मानिन्छ, जसलाई सूर्यदेव र छठी माईको आराधनाका रूपमा अत्यन्त श्रद्धा र भक्ति भावले मनाइन्छ । नेपालको तराई क्षेत्रमा बसोबास गर्ने मैथिल, भोजपुरिया, थारु तथा अन्य समुदायका साथै भारतका विहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बङ्गाल र दिल्लीमा यो पर्वको ठूलो महत्व छ । यस पर्वमा लाखौँ भक्तजनले नदी, तलाउ वा पोखरीको किनारमा शुद्ध मनले सूर्यदेवलाई अघ्र्य अर्पण गर्छन् र परिवार, समाज र प्रकृतिप्रतिको कृतज्ञता प्रकट गर्छन् । पछिल्ला वर्षमा राजधानी काठमाडौँसहित देशका अन्य सहरमा पनि छठ पर्वको प्रचलन तीव्र रूपमा बढ्दै गएको छ ।
सहरमा पनि श्रद्धालुहरूले जलाशय सफा गरी सामूहिक रूपमा पूजा–अर्चना गर्ने परम्परा स्थापित गरेका छन् । छठ केबल धार्मिक अनुष्ठान मात्र होइन, यो मानव र प्रकृतिबीचको सन्तुलन, आत्मसंयम, शुद्धता र आत्मनिष्ठाको अद्भूत अभिव्यक्ति हो, जसले जीवनलाई अनुशासन, कृतज्ञता र सहअस्तित्वको बाटोमा अग्रसर गराउँछ । छठ पर्वको केन्द्रीय तत्व सूर्य उपासना हो, जसले मानव जीवनमा प्रकृतिको अविभाज्य भूमिकाको स्मरण गराउँछ । प्राचीनकालदेखि नै सूर्यलाई जीवन, ऊर्जा, प्रकाश र सृष्टिको मूल स्रोतका रूपमा सम्मान गरिँदै आएको छ । वैदिक ग्रन्थहरूमा सूर्यलाई ‘सविता’, ‘मित्र’, ‘अदित्य’, ‘भास्कर’ र ‘रवि’ जस्ता नामले सम्बोधन गरिएको पाइन्छ, जसले सूर्यको दैवी स्वरूप र आध्यात्मिक महत्त्व उजागर गर्छ ।
सूर्य उपासनाद्वारा शरीर, मन र आत्मा शुद्ध हुने विश्वास रहिआएको छ, जसले आध्यात्मिक अनुशासन र आन्तरिक सन्तुलनको मार्गप्रशस्त गर्छ । छठपर्वको विशेषता यसको कठोर अनुशासन, आस्था र प्राकृतिक समरसतामा नीहित छ । यस अवसरमा महिला विशेषतः निराहार, जलाहार र कठोर ब्रत ग्रहण गरेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् । यो प्रक्रिया केबल धार्मिक विधि मात्र नभई आत्मसंयम, धैर्य र श्रद्धाको प्रतीक हो, जसले मानव र प्रकृतिबीचको सन्तुलनलाई पुनःस्थापित गर्छ । छठ पर्वले शुद्धता, भक्ति र निष्ठाका माध्यमबाट जीवनमा आध्यात्मिक ऊर्जाको प्रवाह गराउँछ र मानिसलाई प्रकृतिसँगको अन्तरसम्बन्ध बुझ्न प्रेरित गर्छ । ऐतिहासिक पृष्ठभूमि छठपर्वको ऐतिहासिक पृष्ठभूमि अत्यन्त गहिरो, रोचक र प्रतीकात्मक छ, जसले यसको धार्मिक, सांस्कृतिक र आध्यात्मिक मूललाई स्पष्ट रूपले उजागर गर्छ । वैदिक ग्रन्थहरूका अनुसार राजा प्रियव्रतकी पत्नी मालिनी सन्तान नहुँदा अत्यन्त दुःखी भइन् । सन्तान प्राप्तिको आकाङ्क्षामा उनले कठोर तपस्या गरिन् र छठी देवीको कृपाले पुत्र प्राप्त भएको विश्वास रहिआएको छ । त्यस क्षणदेखि नै छठी देवीको आराधनाको परम्परा प्रारम्भ भएको जनश्रुति पाइन्छ ।
यो कथा मातृत्व, श्रद्धा, आस्था र भक्तिको प्रतीकका रूपमा मानिन्छ, जसले स्त्रीशक्तिको आत्मबल र सहनशीलताको गहिरो सन्देश दिन्छ । अर्को पौराणिक कथाअनुसार रामायणकालमा भगवान् श्रीराम र माता सीताले चौध वर्षको वनवास पूरा गरी अयोध्या फर्किएपछि सूर्यदेवको आराधना गरी राज्यारोहणका अवसरमा छठ पर्व मनाएको उल्लेख पाइन्छ । यस घटनाले छठ पर्वलाई धर्म, कर्तव्य र शुद्धताको प्रतीकका रूपमा प्रतिष्ठित गरेको छ । त्यसैगरी, महाभारतकालमा कुन्ती र द्रौपदीले पनि छठी माईको कठोर व्रत गरी सन्तान, समृद्धि र विजयको आशीर्वाद प्राप्त गरेको जनविश्वास पाइन्छ । यी सबै आख्यानहरूले छठ पर्वलाई केबल पूजा वा विधिको सीमामा सीमित नराखी जीवन, परिवार र प्रकृतिप्रतिको कृतज्ञताको अमर अभिव्यक्ति बनाएका छन् ।
यस पर्वमा मानव र दैवी शक्तिबीचको सम्बन्धलाई पुनःस्थापित गर्ने गहिरो आध्यात्मिक दृष्टिकोण पाइन्छ, जहाँ सूर्यदेव र छठी माईको आराधना केबल धार्मिक कर्म नभई आत्मशुद्धि, विश्वास र सकारात्मक ऊर्जासँगको एकाकारता हो । यही कारण छठ पर्व हजारौँ वर्ष पुरानो भए पनि आज पनि समान श्रद्धा र अनुशासनका साथ मनाइन्छ, जसले हाम्रो संस्कृतिको निरन्तरता, निष्ठा र सामूहिक आस्थाको उज्यालो पहिचान दिलाउँछ । संस्कृति र सभ्यताको पाटो छठपर्व हिन्दू संस्कृति र सभ्यताको एउटा महत्वपूर्ण अङ्ग हो, जसले धार्मिक आस्था, प्राकृतिक श्रद्धा र आत्मसंयमको अद्भूत सङ्गम प्रस्तुत गर्छ ।
यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भई सप्तमीसम्म अर्थात् चार दिनसम्म अत्यन्त विधिपूर्वक मनाइन्छ । यस पर्वको प्रत्येक दिनलाई विशेष अर्थ र अनुशासनसँग जोडिएको पाइन्छ, जसले मानिसलाई शारीरिक शुद्धता, मानसिक सन्तुलन र आध्यात्मिक पवित्रताको बाटोमा उन्मुख गराउँछ । पहिलो दिनलाई ‘नहाय–खाय’ भनिन्छ, जसको अर्थ नै नुहाएर पवित्रता ग्रहण गरी शुद्ध भोजन गर्ने हो । यसदिन व्रती अर्थात् ब्रत लिने महिला वा पुरुषले बिहानै उठेर नुहाउँछन्, घरको सफाइ गरी वातावरण पवित्र बनाउँछन् र खाना पकाउँदा अत्यन्त स्वच्छता पालन गर्छन् । छठको पहिलो दिनको भोजन पूर्ण रूपमा शुद्ध र निष्कलङ्क हुन्छ, यसमा अरू कसैले हात नलागेको अन्न प्रयोग गरिन्छ र खाना नुनरहित हुन्छ । सामान्यतया व्रतीहरूले अरवा चामल र कद्दुको तरकारी ग्रहण गर्छन् ।
यो प्रक्रिया केबल धार्मिक विधि मात्र होइन, शुद्धता र आत्मसंयमको प्रारम्भिक अभ्यास हो, जसले व्रतीलाई आगामी कठिन ब्रतका लागि मानसिक र शारीरिक रूपमा तयार बनाउँछ । दोस्रो दिनलाई ‘खरना’ भनिन्छ, जसको अर्थ हो ‘विशेष साझा भोजन’ । यस दिन व्रतीले बिहानदेखि साँझसम्म केही पनि खाने वा पिउने गर्दैनन् । पूर्ण उपवासमा रहँदै उनीहरू सूर्य अस्ताउने बेला जलाशयको किनारमा पुग्छन् र सूर्यलाई अघ्र्य अर्पण गरी व्रतको दोस्रो चरण आरम्भ गर्छन् । खरनाको अवसरमा तयार पारिने प्रसाद अत्यन्त पवित्र मानिन्छ, दूध, गुड, चिउरा, पिठो, घिउ र पकवानबाट बनेको विशेष परिकार तयार गरिन्छ । यस दिनको व्रत कठोर भए तापनि साँझ सूर्यास्तपछि व्रतीले श्रद्धापूर्वक प्रसाद ग्रहण गर्छन्, जसले आध्यात्मिक शान्ति र तृप्तिको अनुभव गराउँछ । खरनाको प्रसाद ग्रहण गरेपछि परिवारका अन्य सदस्यहरू, छिमेकी र आफन्तहरू पनि सो प्रसाद ग्रहण गरी शुभकामना साटासाट गर्छन्, जसले पारिवारिक सद्भाव, सहकार्य र एकताको वातावरण सिर्जना गर्छ ।
तेस्रो दिनलाई छठ पर्वको सबैभन्दा महत्वपूर्ण र भव्य दिन मानिन्छ, जसलाई ‘सन्ध्या अघ्र्य’ वा ‘साँझको अघ्र्य’ भनिन्छ । यस दिन व्रती महिलाहरू वा पुरुषहरूले बिहानैदेखि अन्न–जल त्याग गरी पूर्ण उपवासमा रहन्छन् र केवल भक्ति, साधना र ध्यानमा लीन हुन्छन् । साँझ पर्नासाथ जब सूर्य अस्ताउन लाग्छ, त्यही बेला व्रतीहरू नदी, पोखरी, तलाउ वा कुनै पनि पवित्र जलाशयमा पुग्छन् । हातमा बाँसको डोको वा सुपमा विभिन्न प्रकारका प्रसादहरू जस्तै दूध, जल, कमलका फूल, ठेकुवा, थियोरा, सखर, केरा, डाबर, अदुवा आदि सपरिएर सूर्यदेवलाई अघ्र्य अर्पण गरिन्छ । यो क्षण अत्यन्त भावनात्मक, आध्यात्मिक र भव्य हुन्छ, जसमा श्रद्धा, भक्ति र समर्पणको गहिरो अनुभूति हुन्छ । जलाशयको किनारमा सयौँ दियो बालिन्छन्, रङ्गीन तोरण र बत्तीहरूले पूरै वातावरण उज्यालो हुन्छ, र भक्तजनहरूको भीडबाट निस्कने ‘जय छठी माई’ का जयघोषहरूले आकाश गुञ्जायमान हुन्छ । महिलाहरू परम्परागत पहिरनमा सुसज्जित भएर अघ्र्य दिने क्रममा जलमा अडिन्छन् र सूर्यलाई हात जोडी आराधना गर्छन् । यो क्षण केवल पूजा मात्र होइन, आत्मशुद्धि र प्रकृतिप्रतिको गहिरो कृतज्ञताको प्रतीक हो । यस दिनको वातावरणले मानिसलाई जीवन र प्रकृतिबीचको सम्बन्धबारे आत्मचिन्तन गर्न प्रेरित गर्छ ।
चौथो दिन बिहान सबेरै ‘उषाकालीन अघ्र्य’ अर्थात् उदाउँदो सूर्यलाई अघ्र्य दिने विधि सम्पन्न गरिन्छ । यस दिन व्रतीहरू पुनःनदी, पोखरी वा तलाउमा पुग्छन् र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् । यो क्षण सृष्टिको पुनर्जागरण र नयाँ ऊर्जाको प्रतीकका रूपमा मनाइन्छ । जब पहिलो सूर्यकिरण जलाशयमा पर्छ, व्रतीहरूले आफ्ना हातहरू जलमा डुबाएर अघ्र्य चढाउँछन् र परिवारका सन्तान, स्वास्थ्य, समृद्धि, शान्ति र दीर्घायुका लागि प्रार्थना गर्छन् । यस क्षण व्रतीहरूको अनुहारमा देखिने आध्यात्मिक तेज र भक्ति भावना अद्वितीय हुन्छ । अघ्र्य दिएपछि घर फर्केर पूजा सम्पन्न गरिन्छ र ‘पारण’ अर्थात् ब्रत तोड्ने प्रक्रिया गरिन्छ । पारणका बेला व्रतीले पहिलोपटक केही खाने अनुमति पाउँछन्, र त्यसपछि घरका सबै सदस्यहरू, आफन्त र छिमेकीहरूलाई प्रसाद बाँडिन्छ । यसरी चार दिनसम्म निरन्तर अनुशासन, पवित्रता र संयमपूर्वक मनाइने छठ पर्व धार्मिक भक्ति मात्र होइन, जीवनमा अनुशासन, स्वच्छता, आस्था र आत्मसंयमको प्रशिक्षण पनि हो ।
यस पर्वले मानिसलाई प्रकृतिसँग सन्तुलनमा बस्न सिकाउँछ, संयम र धैर्यका गुण विकसित गर्छ र परिवार तथा समाजमा एकता र सद्भाव बढाउँछ । छठ पर्वको हरेक दिन, हरेक चरण र हरेक अनुष्ठानमा आध्यात्मिक दर्शन र वैज्ञानिक औचित्य निहित छ, जसले यो पर्वलाई अन्य पर्वभन्दा विशिष्ट बनाएको छ । यसरी चार दिनसम्म चल्ने छठ पर्वले मानव जीवनमा श्रद्धा, अनुशासन र आत्मशुद्धिको गहिरो सन्देश दिन्छ, जहाँ सूर्यलाई अघ्र्य अर्पण गर्नु भनेको केवल देवताको आराधना होइन, जीवनदात्री प्रकृतिप्रति कृतज्ञता प्रकट गर्नु हो, र यही आस्थाले छठ पर्वलाई युगौँदेखि जीवित र प्रेरणादायी बनाइरहेको छ । सूर्य र प्रकृतिको सम्बन्ध छठ पर्व मनाउने मुख्य कारण सूर्य र प्रकृतिप्रतिको गहिरो आस्था हो । सूर्य मानव जीवनको आधार, ऊर्जा, ताप र प्रकाशको अनन्त स्रोत हो, जसको बिना पृथ्वीमा जीवनको अस्तित्व असम्भव हुन्छ । जल, वायु, अग्नि, पृथ्वी र आकाश—यी पाँच तत्वहरूमा सूर्यको प्रत्यक्ष प्रभाव रहने भएकाले सूर्यको आराधना गर्नु भनेको सम्पूर्ण सृष्टिप्रति कृतज्ञता प्रकट गर्नु हो । छठ पर्व यही भावनाको सर्वोच्च प्रतीक हो, जसमा व्यक्ति आफ्नो आत्मालाई शुद्ध गर्दै प्रकृतिसँग आत्मिक सम्बन्ध स्थापित गर्छ ।
यो पर्व आत्मसंयम, शुद्धता र समर्पणको माध्यम हो, जसले व्यक्ति र विश्वबीचको सन्तुलन कायम राख्ने सन्देश दिन्छ । धार्मिक दृष्टिले, छठ पर्वमा नशा, क्रोध, लोभ, राग, द्वेष र अहंकार त्यागेर आत्मशुद्धिको अभ्यास गरिन्छ । वैज्ञानिक दृष्टिले पनि यसको गहिरो औचित्य छ । सूर्यको किरणले शरीरमा विटामिनडी उत्पादन गर्छ, जसले हड्डीलाई बलियो र रोगप्रतिकारक शक्ति सुदृढ बनाउँछ । बिहान र साँझको समयमा सूर्यको किरण तुलनात्मक रूपमा कोमल हुने भएकाले त्यस समयमा अघ्र्य दिने स्वास्थ्यकर मानिन्छ । जलाशयको किनारमा बसेर ध्यानपूर्वक अघ्र्य दिने परम्परा वास्तवमा ध्यान र योगको रूप हो । उपवास र निराहार रहँदा शरीरको पाचन प्रणालीलाई विश्राम मिल्छ र विषाक्त पदार्थ निष्कासित हुन्छ, जसले शरीर र मन दुवैलाई सन्तुलित बनाउँछ । छठ पर्वको अर्को विशेषता सामाजिक एकता, समानता र सहअस्तित्व हो । यो पर्व जात, धर्म, वर्ग, भाषा वा लिङ्गको विभाजनभन्दा पर उठेर सबैलाई एउटै सूत्रमा बाँध्छ ।
गाउँदेखि सहरसम्म, सबै मानिस एउटै घाटमा पुगेर सूर्यलाई अघ्र्य दिन्छन् । त्यस क्षणमा कुनै भेदभाव हुँदैन–धनी वा गरिब, उच्च वा नीच, सबै एउटै पानीमा उभिएर समान श्रद्धा व्यक्त गर्छन् । यसले सामूहिक सद्भाव, सहकार्य र सामाजिक बन्धनलाई बलियो बनाउँछ । छठ पर्वले “सबै धर्म र जातका मानिसहरू एउटै आकाश मुनि समान रूपमा प्रकृतिको पूजा गर्न सक्छन्” भन्ने सार्वभौमिक सन्देश दिन्छ । यसै कारण यो पर्वले समुदायबीच पारस्परिक सम्मान र सद्भाव बढाउने काम गरेको छ । छठ पर्वको तयारी स्वयंमा सामूहिक प्रयासको उत्कृष्ट उदाहरण हो–घर सफा गर्ने, घाट सजाउने, बाटोमा दियो बाल्ने, प्रसाद तयार गर्ने सबै कार्य सामूहिक रूपमा गरिन्छ । यसले सामाजिक सहभागिता र पारिवारिक सहकार्यको भावना जगाउँछ ।
छठ पर्वमा तयार गरिने प्रसादहरूको पनि गहिरो सांकेतिक अर्थ छ । ठेकुवा, थियोरा, मालपुवा, केरा, गुड, सातु, डाबर, गहुँ र चिउरा जस्ता प्राकृतिक वस्तुहरू प्रयोग गरिन्छ, जसले शुद्धता र स्वावलम्बनको सन्देश दिन्छ । यी सबै वस्तुहरू स्थानीय रूपमा उत्पादन गरिन्छन्, जसले ग्रामीण अर्थतन्त्रलाई पनि सहयोग पु¥याउँछ । बाँसका डोका, सुप, माटाका कलश र ढकनी प्रयोग गरिन्छ, जसले वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन दिन्छ । यसरी छठ पर्व केबल धार्मिक नभई आर्थिक र पर्यावरणीय दृष्टिले पनि सन्तुलित परम्परा हो । सांस्कृतिक रूपमा यो पर्व लोकगीत, नृत्य र भक्ति भावनाले भरिएको हुन्छ । मैथिली, भोजपुरी, थारु र अवधी भाषामा रचिएका छठ गीतहरूले वातावरणलाई भक्ति र मातृत्वको भावनाले ओतप्रोत बनाउँछ । ‘उग हो सुरज देव’ जस्ता गीतहरूले मानव र प्रकृतिबीचको सम्बन्धलाई काव्यात्मक ढङ्गले व्यक्त गर्छन् । महिलाहरू रातो साडी, सिन्दुर, पातलो टीका र परम्परागत गहनामा सुसज्जित भएर पूजा गर्छन्, जसले मातृत्व र श्रद्धाको सौन्दर्य झल्काउँछ । पुरुषहरू व्यवस्थापन, सजावट र घाटको तयारीमा सक्रिय रहन्छन्, जसले लैङ्गिक सहयोग र पारिवारिक सन्तुलन देखाउँछ ।
फेरिएको छठ पर्वको स्वरूप समयको परिवर्तनसँगै छठ पर्वको स्वरूप पनि विकसित हुँदै गएको छ । पहिले यो पर्व ग्रामीण सीमाभित्र मात्र सीमित थियो, तर अहिले सहरहरूमा पनि यसको भव्यता देखिन्छ । काठमाडौँ, भक्तपुर, ललितपुर, विराटनगर, जनकपुर, वीरगञ्जलगायत सहरमा हजारौँ श्रद्धालु नदी, पोखरी र कृत्रिम तालमा पूजा गर्न जम्मा हुन्छन् । स्थानीय सरकार, स्वयंसेवी संस्था र समुदायले सफाइ, सुरक्षा र प्रकाश व्यवस्थाको जिम्मा लिन्छन्, जसले नागरिक जिम्मेवारी र सहकार्यको भावना फैलाउँछ । छठ अब केबल धार्मिक उत्सव नभई सामाजिक उत्तरदायित्व र नागरिक चेतनाको प्रतीक बनेको छ । तर, आधुनिकतासँगै केही चुनौतीहरू पनि बढेका छन् । जलाशयको प्रदूषण, प्लास्टिकको अत्यधिक प्रयोग र कृत्रिम सामग्रीको प्रयोगले पर्वको पवित्रता घटाएको छ । प्राकृतिक बाँस, माटो, घिउ र कपासका वस्तुको प्रयोग घट्दै गएको छ, जसले वातावरणीय संकट निम्त्याउन सक्छ ।
त्यसैले छठ पर्वको मौलिकता जोगाउन वातावरणमैत्री अभ्यास गर्नुपर्छ–प्लास्टिकको प्रयोग घटाउने, जलाशय सफा राख्ने, र प्राकृतिक प्रसाद र सामग्री प्रयोग गर्ने । छठपर्व महिलाको शक्ति, संयम र आत्मबलको प्रतीक हो । चार दिनसम्म निराहार रहँदा पनि महिलाहरूको श्रद्धा, धैर्य र समर्पण अटल रहन्छ । उनीहरूको अनुशासन, आत्मसंयम र आस्था अद्वितीय हुन्छ । यो पर्व केवल धार्मिक विधि होइन, आत्मबल र मानसिक स्थैर्यको परिक्षा हो । यसले महिलाको आध्यात्मिक शक्ति र मातृत्वको गरिमा उजागर गर्छ । त्यसैले छठलाई “स्त्रीशक्ति र श्रद्धाको सर्वोच्च अभिव्यक्ति”, पनि भनिन्छ । यो पर्वमा पुरुष र महिला दुवैको समान सहभागिता देखिन्छ, जसले पारिवारिक समरसता बलियो बनाउँछ ।
छठ पर्वले राष्ट्रिय एकता र सांस्कृतिक विविधताको समन्वय पनि प्रदर्शन गरेको छ । तराई क्षेत्रको मौलिक परम्परा अब देशव्यापी रूपमा फैलिएको छ । पहाडी र हिमाली क्षेत्रमा पनि सूर्यपूजाको महत्व बुझ्दै छठ मनाउने चलन बढ्दै गएको छ । यसले क्षेत्रीय भिन्नतालाई कम गर्दै साझा संस्कृतिको पहिचान स्थापित गरेको छ । तराईको गीत, रीतरिवाज र संस्कार काठमाडौँसहित अन्य भागमा फैलिँदा सांस्कृतिक आदानप्रदानको सुन्दर पुल बनेको छ । यसरी छठ पर्वले देशलाई भावनात्मक रूपमा एक सूत्रमा बाँध्ने माध्यम बनेको छ । छठ पूजा केबल धार्मिक अनुष्ठान होइन, यो जीवन, प्रकृति र आत्माको समन्वयको दर्शन हो । सूर्यप्रति कृतज्ञता, आत्मशुद्धि र संयमकामाध्यमबाट मानिस प्रकृतिसँग पुनःजोडिन्छ ।
आधुनिक जीवनको भीडभाड र कृत्रिमताबीच छठपर्वले मानिसलाई आफ्नो मूल आत्मासँग, प्रकृतिसँग र आध्यात्मिक चेतनासँग पुनःएकाकार हुन प्रेरित गर्छ । यो पर्वले सन्देश दिन्छ, साँचो भक्ति बाह्य प्रदर्शनमा होइन, अन्तरिक पवित्रता, कृतज्ञता र आत्मसंयममा नीहित छ । जब लाखौँ मानिस सूर्यास्त र सूर्योदयका बेला नदी किनारमा उभिएर एकैस्वरमा प्राथना गर्छन्, त्यो क्षण मानवता, श्रद्धा र सामूहिक एकताको अद्भूत दृश्य हुन्छ । यसरी छठ पर्वले केबल सूर्यको पूजा मात्र होइन, जीवनप्रतिको सम्मान, प्रकृतिप्रतिको कृतज्ञता र आत्मिक शुद्धताको मार्ग पनि देखाउँछ । यही कारण, छठपर्व आज केबल एउटा धार्मिक उत्सव होइन, मानवीय सभ्यताको आध्यात्मिक उत्सव बनेको छ । डा शोभाकर पराजुली

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ,  संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बधाई दिनुभएको छ ।विशेष दूत गोरले मङ्गलबार टेलिफोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिनुभएको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।       टेलिफोन...

सुन तोलामा चौध हजार छ सयले बढ्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु १४ हजार ६०० ले बढेको छ भने चाँदी पनि तोलामा रु चार सय १५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८८...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौँ,  विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रहरू र क्यासिनोहरूमा अनलाइन ठगिमा परेका ५१ नेपालीको उद्धार गरिएको छ ।अनलाइन ठगिका साथै विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिना राहदानी बसिरहेका उनीहरुलाई आज थाइल्याण्डस्थित नेपाली दूतावासको...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

४८ औँ नेत्रज्योति दिवसः नेपालको आँखा उपचार सेवा र नेपाल नेत्रज्योति सङ्घ

काठमाडौँ, नेपालमा स्वास्थ्य सेवाको विकासको इतिहासमा ‘आँखा उपचार सेवा’ एउटा सफल उदाहरणका रूपमा स्थापित भएको छ । सीमित स्रोत, जटिल भौगोलिक अवस्था र स्वास्थ्य सेवाको सीमित पहुँचका बाबजुत नेपालले अन्धोपन न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । यस उपलब्धिको केन्द्रमा रहेको संस्था हो– नेपाल...

प्रधानमन्त्री कप क्रिकेटः एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

काठमाडौं, प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ ।मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २७१ रनको  योगफल तयार पारेको हो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९