काठमाडौँ, होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्राण्ड ओपन टेनिस प्रतियोगिता हुने भएको छ । यही कात्तिक १८ गतेदेखि हुने उत्त प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा करिब २०० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जानकारी दिनुभयो ।
उहाका अनुसार यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज÷गल्र्स सिङ्गल्स तथा यु–१६ ब्वाइज÷गल्र्स डबल्समा खेल हुनेछ । खुलामा पुरुष÷महिला सिङ्गल्समा प्रतिस्पर्धा हुनेछ । दोस्रो संस्करणमा उमेरसमूहको स्पर्धालाई निरन्तरता दिँदै खुला स्पर्धा थप गरिएको हो । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । नेपाल टेनिस सङ्घको सहयोग तथा जुनियर टेनिस इनिसिएटिभ (जेटीआइ) को संयोजनमा हुन लागेको प्रतियोगिताको कूल पुरस्कार राशि रु दुई लाख ७८ हजार रहेको आयोजकको भनाइ छ । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने उक्त प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।

























































































































































