जेनजी आन्दोलनका शहिदः परिवर्तनको सपना बोकेर सडकमा निस्किएका साजन

धरान (सुनसरी),  सङ्खुवासभाको पहाडी गाउँमा २०४१ सालमा जन्मिनु भएका धरान उपमहानगरपालिका–५ का साजन मेवाहाङ राई देश र समाजमा न्याय, पारदर्शिता र उत्तरदायी नेतृत्वको खोजीमा निस्किएका आम नागरिकमध्ये एक हुनुहुन्थ्यो ।

 

गत भदौमा भएको ‘जेनजी आन्दोलन’को दोस्रो दिन उहाँ भक्तपुरको ठिमीस्थित सानो मैदानमा प्रहरीको गोली लागेर ढल्नुभयो । देश परिवर्तनको सपना बोकेर आन्दोलनमा होमिनुभएका साजनले त्यसैदिन ज्यान गुमाउनुभयो । अहिले उहाँका दुई नाबालक छोराले बाबु र आमा दुवै गुमाएर संसारमै एक्लिन पुगेका छन् ।

 

साजन केही वर्षदेखि भक्तपुर ठिमीमा ज्याला मजदूरी गरेर जीविका चलाउँदै आउनु भएका एक मजदूर हुनुहुन्छ, करिब दुई वर्षअघि श्रीमतीको निधन भएपछि उहाँ आफ्ना दुई छोरासहित भाडाको सानो कोठामा बस्दै मजदूरी गरेर जीवन चलाउँदै आउनुभएको थियो । “काकाको आर्थिक अवस्था कमजोर थियो”, उहाँका भतिज भरत राई सम्झिनुहुन्छ तर उहाँ सधैँ देशमा भएको भ्रष्टाचार र अन्यायप्रति आक्रोशित रहनुहुन्थ्यो । उहाँले भन्नुहुन्थ्योे, “यी भ्रष्ट्रले देश बिगारे, मेरो जीवन त यतिकै बित्नेभयो, तर छोराहरूको भविष्य के होला ?”
त्यो आक्रोशले नै साजनलाई जेनजी आन्दोलनतर्फ तानेको थियो । पहिलो दिन उहाँ आन्दोलनमा जानु भएन तर पहिलो दिन प्रहरीको गोली र दमनको दृश्य देखेपछि काका निकै रिसाएर आवेशमा आउनुभएको थियो, भरतले भन्नुभयो, “भोलि म पनि जान्छु भनेर निर्णय गर्नुभयो ।” काका साजनले भन्नुभएको थियो, “हामी सर्वसाधारणका छोराछोरीमाथि गोली हान्ने ?” उहाँलाई ‘जेनजी’ के हो भन्ने पनि राम्ररी थाहा थिएन, तर ‘भ्रष्टाचारविरुद्धको आन्दोलन’ भनेर सुनेपछि उहाँ पनि सहभागी हुनुभएको थियो ।

 

भदौ २४ गते बिहान साजन र भरत दुवै आन्दोलनमा सहभागी हुनुभएको थियो । उहाँहरू पेप्सीकोलाबाट बानेश्वरसम्मको शान्तिपूर्ण जुलुसमा जोडिनुभयो, हामी एक डेढ सय जना थियौँ । कोही चिनेजानेका, कोही अपरिचित । सबैको उद्देश्य एउटै शान्तिपूर्ण रूपमा भ्रष्टाचारविरुद्ध आवाज उठाउने । भरतले भन्नुभयो, “तर, दिन ढल्दै जाँदा प्रदर्शन नियन्त्रणभन्दा बाहिर गयो । प्रहरीले अश्रुग्यास र गोली चलायो, केही समूहले ढुङ्गा हाने र तोडफोड सुरु भयो । हामीले बारम्बार भन्यौँ, ‘ढुङ्गा नहानौँ, तोडफोड नगरौँ’ तर केही अराजक समूहले आन्दोलनलाई गलत दिशातिर धकेल्यो ।”

 

साजनको ठिमीको मैदानमा अन्तिम सास
त्यसै भिडभाडबीच साँझ करिब ५ः३० बजे ठिमीको सानो फिल्डमा प्रहरीले गोली चलायो । गोली सिधै साजनको छातीमा लाग्यो । हामीले थाहा पाउँदा काका ढलिसक्नुभएको थियो, भरतले भन्नुभयो, “साथीहरूले तुरुन्तै उहाँलाई केएमसी अस्पताल लगेका रहेछन्, तर हामी त्यहाँ पुग्दा डाक्टरले मृत घोषणा गर्नुभयो ।”

 

त्यस क्षण साजनका दुई साना छोराले सायद बुझ्न पनि सकेनन् कि उहाँहरुका बाबा अब कहिल्यै फर्किने छैनन् । छोराहरु १२ वर्षका एक्जन र छ वर्षका जिमी राई अहिले टुहुरो बनेका छन् । काकी दुई वर्षअघि बित्नुभयो, अहिले काका पनि रहनुभएन, उहाँका भतिज भरत भन्नुहुन्छ “अब ती दुई बच्चाको भविष्य कसरी सुरक्षित हुने भन्ने चिन्ता हामी सबैलाई छ ।”

 

साजन मेवाहाङ पहिले ड्राइभरका रूपमा काम गर्नुहुन्थ्यो, उमेर बढ्दै जाँदा उहाँले ड्राइभर काम छाडेर घर बनाउने, पर्खाल लगाउने, सिमेन्ट घोट्ने काम गर्दै दुई छोराको हेरचाह गर्नुहुन्थ्यो, कठिन जीवनबीच पनि देश र समाजप्रतिको माया कहिल्यै घटेन, उहाँ सधैँ भन्नुहुन्थ्यो, हाम्रो पुस्ताको जिन्दगी त अब यसै सकियो तर अबका बालबालिकाले पनि अन्याय सहनु नपरोस् । भरतले सम्झनुहुन्छ, उहाँको यही सोच र असन्तोषले उहाँलाई आन्दोलनको बाटोमा पु¥यायो, जहाँ उहाँले अन्तत ज्यान नै गुमाउनुभयो ।

 

साजनको मृत्युले परिवार मात्र होइन, समुदाय नै स्तब्ध बनाएको छ । धरानका आफन्त अझै विश्वास गर्न सकिरहेका छैनन् कि सधैँ आशावादी र देशप्रेमी साजन अब हुनुहुन्न । भतिज भरत भन्नुहुन्छ, “उहाँ कहिल्यै आक्रामक हुनुहुन्थेन सिधा सरल मान्छे । तर, अन्याय र असमानता देख्दा आवाज उठाउनुहुन्थ्यो, यही आवाजले अन्ततः उहाँलाई सधैंँका लागि चुप पारिदियो ।”

 

जेनजी आन्दोलनको क्रममा गोली लागेर ज्यान गुमाएका साजन मेवाहाङ राईको सम्मानका साथ धरानमा ल्याई अन्त्येष्टी गरिएको थियो । धरान उपमहानगरपालिका–५, आपँटार चौरमा टिन र काठले बनाइएको सानो घर छ । त्यही घरमा उहाँका दुई नाबालक छोरा दाइ, नइन्द्रकुमार राई र भाउजू उत्तरकुमारी राईसँग बसिरहेका छन् । दाइ, भाउजू दुवै दैनिक ज्याला मजदूरी गर्दै आफ्नो परिवारको गुजारा चलाउँदै आउनु भएको छ अब थप साजनका दुई छोराको पालनपोषणको जिम्मेवारी पनि उहाँहरूको काँधमा आएको छ ।

 

साजनको असामयिक निधनले परिवार मात्र होइन, उहाँका बालकको भविष्यमा पनि गहिरो चुनौती थपेको छ । दाइ नइन्द्रकुमार भन्नुहुन्छ, “हाम्रो आफ्नै छोराछोरी हेर्न गाह्रो छ, अब भाइका दुई छोराको भविष्य कसरी बनाउने भन्ने पिर मनमा छ । हाम्रो आर्थिक अवस्था निकै कमजोर छ । परिवारको लालनपोषण आफैँ गाह्रो छ, अब थप दुई बालकको जिम्मेवारी पनि हामीमाथि आएको छ । हामीले पनि बाबाआमाको माया पाउन सकेनौं । त्यसैले जीवनभर सङ्घर्षमै बिताएका हौँ । अब यी बच्चाको भविष्य सुनिश्चित गर्नु हाम्रो लागि सजिला भने छैन ।”

 

साजनका दुई छोरामध्ये अहिले एक्जन राई जेठा छोरा कक्षा ७ र जिमी राई कान्छा छोरा कक्षा १ मा पढिरहनु भएको दाइ नइन्द्रले बताउनुभयो । छोराका बारेमा नसोची साजनले राष्ट्रका लागि आफ्नो प्राण नै आहूति दिनुभयो, मुलुकको आमूल परिवर्तनको क्रममा उहाँले वीरगति प्राप्त गर्नुभयो तर उहाँका बालकहरूको भविष्य अझै अन्योलमा छ । “नानीहरूको लागि थोरैथोरै सहयोग जुटिरहेको छ, तर सहयोगले मात्र दीर्घकालीन सुरक्षा दिन सक्दैन”, उहाँले भन्नुभयो,
साजनको भाउजू उत्तरकुमारी भन्नुहुन्छ, “कम्तीमा नानीहरूको भविष्य सरकारले सुनिश्चित गर्नुपर्छ । हाम्रो आर्थिक अवस्था कमजोर छ । त्यसैले पढाइ, स्वास्थ्य र आधारभूत आवश्यकता सरकारले सुनिश्चित गर्नुपर्छ । नानीहरूलाई हेरेर रुन आउँछ, तर अब न्याय र सहारा कोसँग कहाँबाट पाउने ? दुई छोरा हुर्काएर केही दिन शान्ति पाउने हो कि भनेर साजन भाइ मजदूरीमा लागेका थिए, तर उसलाई भाग्यले साथ दिएन ।”

 

साजनको मृत्युसँगै उहाँका बालकहरूको भविष्य अझै अनिश्चित छ । दाइ, भाउजू परिवारको सीमित साधन र दैनिक सङ्घर्षबीच बालकको शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकता सुनिश्चित गरिरहनु भएको छ । साजनको बलिदानले राष्ट्र र समाजका लागि अर्थ राखे पनि व्यक्तिगत र पारिवारिक क्षति गहिरो रहेको छ । जेनजी आन्दोलनको क्रममा गोली लागेर ज्यान गुमाउनु भएको साजन मेवाहाङको शवलाई धरानमा ल्याएर सम्मानका साथ अन्त्येष्टी गरिएको थियो । धरान उपमहानगरपालिका–५स्थित निसानदेवी सामुदायिक वन क्षेत्रमा जातीय संस्कारअनुसार उहाँको अन्त्येष्टी गरिएको हो ।

 

 

साजनको शव एक हप्तापछि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगर ल्याइयो र त्यहाँबाट बाहनमार्फत धरान पु¥याइयो । सम्मानका लागि इटहरीबाट नेपाली सेनाको टोलीसमेत धरानमा पुगेको थियो । भानुचोकमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)ले राष्ट्रिय झण्डा ओढाएर साजन मेवाहाङलाई सम्मान गर्नुभयो । श्रद्धाञ्जलि कार्यक्रम सकेर स्वर्गीय साजनको शवलाई जङ्गलमा लगेर पारम्परिक मुन्दुमअनुसार खाल्डो खनेर गाडिएको थियो ।

 

 

साजनको जीवन र मृत्युले स्पष्ट सन्देश दिएको छ सामाजिक परिवर्तन र भ्रष्टाचारविरुद्धको आवाज उठाउनु साधारण नागरिकको लागि चुनौतीपूर्ण र कहिलेकाहीँ जोखिमपूर्णकार्य हो । साधारण जीवनयापन गर्ने मजदूर भए पनि उहाँ देशको भविष्यप्रति सचेत र सक्रिय नागरिक हुनुहुन्थ्यो, सामान्य परिवारमा जन्मिनु भएका उहाँ जीवनभर सङ्घर्षमै बिताउनु भएका राईले आफ्ना बालकको भविष्य सुनिश्चित गर्न सक्ने अवस्था थिएन, तर राष्ट्र र समाजको सुधारका लागि सडकमा निस्किनुभएको थियो । यही बलिदानले नागरिक चेतना र युवाहरूको सक्रियता उजागरसमेत गरेको छ ।

 

 

साजनका छोरा बाबाको सपना, देशप्रतिको प्रतिबद्धता र बलिदान छोराका लागि प्रेरणा बन्न सक्छ । आर्थिक र सामाजिक सहयोगको अभावमा बालकको भविष्य अन्योलमा छ । दाइ, भाउजूको सीमित स्रोतले मात्र यो जिम्मेवारी पूरा गर्न कठिनाइ छ । यही परिस्थितिले राज्य र समाजप्रतिको जिम्मेवारी आवश्यक छ । साजनको बलिदानले राष्ट्रको भविष्यमा परिवर्तनको आवश्यकता मात्र देखाएन, व्यक्तिगत र पारिवारिक मूल्य, सामाजिक उत्तरदायित्व र आम नागरिकको सङ्घर्षसमेत उजागर गरेको छ ।

 

 

साजनको कथा समाजलाई सम्झाउँछ कि परिवर्तनका लागि सडकमा निस्किने साहसका बाबजुद पनि व्यक्तिगत पीडा र परिवारको सुरक्षा सुनिश्चित गर्नु अत्यन्त आवश्यक छ । उहाँका छोराको उज्ज्वल भविष्य सुनिश्चित गर्नु अहिले सम्पूर्ण समाज र राज्यको दायित्व बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली,  कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतमातहतका कार्यालयलाई निर्देशन दिइएको छ ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जिल्ला ट्राफिक कार्यालय तथा अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरूलाई निर्देशन...

सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

भजनी (कैलाली), टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले वार्षिक लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरे पनि बाँकी चार महिनामा ४० प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने देखिएको हो । कार्यालयले चालु...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत, कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्र्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ ।जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल लिएर फलेवास नगरपालिकातर्फ गइरहेको ग१ज ८०२९ नम्बरको सो जीप सोमबार साँझ सडकबाट झन्डै ३० मिटर तल खसेर दुर्घटना भएको...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ,  ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ: राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् २०३५ सम्म देशमा क्षयरोग अन्त्य गर्ने तथा...

प्रधानमन्त्री कप क्रिकेटः एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

काठमाडौं, प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ ।मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २७१ रनको  योगफल तयार पारेको हो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९