आलेख: ‘उद्यमीहरुकी गुरुआमा’ निर्मला

झापा, हँसिलो अनुहार, मिजासिलो व्यवहार र दर्बिलो आत्मविश्वास भएकी निर्मला चौहान भण्डारी ‘उद्यमीहरुकी गुरुआमा’ भनेर चिनिनुहुन्छ । मेचीनगर नगरपालिका–१२ निवासी उहाँले विगत एक दशकमा चार सयभन्दा बढी महिलालाई आफूले जानेको सीप र अनुभव सिकाएर उद्यमी बनाउनुभएको छ । “चुलो र भान्सामा सीमित महिला दिदीबहिनीहरुलाई आफ्नै खुट्टामा उभिन सबैभन्दा पहिला आवश्यक कुरा उद्यमशील बन्ने सीप हो”, उहाँ भन्नुहुन्छ, “पुरुषले कमाउँछन् र महिलाले त्यसमै निर्भर हुनुपर्छ भन्ने पुरातन सोचमा परिवर्तन ल्याउन मैले तालिम र उद्यमशीलताको अभियान नै चलाएको छु ।”

 

उहाँ आफूले सञ्चालन गर्ने तालिम र उत्पादन हुने वस्तुमा स्थानीय स्रोतको प्रयोग गर्नुहुन्छ । मकैको खोसेला, धानको पराल, रुद्राक्षको दाना, केराको दाम्चाको रेसाजस्ता सामग्रीबाट उहाँ आकर्षक झोला, गुन्द्री, पिरा, चप्पल, फूल र सजावटका सामानहरु बनाउन सिकाउनुहुन्छ । घर वरिपरि खेर गइरहेका यस्ता कच्चा पदार्थको उपयोगबाट कलात्मक सामग्री उत्पादन हुँदा मुनाफा राम्रो पाइने र वातावरण संरक्षणमासमेत ठूलो योगदान पुग्ने उहाँको धारणा रहेको छ ।

 

धुप, साबुन, सरफ, हार्पिक, फिनेललगायतका दिनहुँ घरमा काममा आउने सामान बनाउनसमेत उहाँले तालिम दिँदै आउनुभएको छ । गाउँघरमै पाइने तरकारीहरुबाट स्वादिला अचार बनाउने तालिम उहाँले प्रदान गर्दै आउनुभएको छ । उहाँले यस्ता तालिम झापा जिल्लामा मात्र नभएर कोशी प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गर्दै आउनुभएको छ । खासगरी ग्रामीण क्षेत्रका सयौँ महिला उहाँबाट सीप सिकेर आयआर्जन गर्ने तहसम्म लाभान्वित भइसकेका छन् ।

 

सीप सिक्ने र सिकाउने उहाँको यो यात्रा एकाएक सुरु भएको होइन । विद्यार्थी जीवनदेखि नै उहाँ धागो र कपडासँँग खेल्न रुचाउनुहुन्थ्यो । विसं २०५५ तिर इलाम क्याम्पसमा अध्ययन गर्दै गर्दा उहाँमा सामाजिक काम गर्ने र आत्मनिर्भरताका लागि आफू उदाहरण बनेर अरुलाई प्रेरित गर्ने चाहना पलाएको थियो । २०५६ सालमा विवाह गरेर मेचीनगर आएपछि उहाँले २०६४ सालमा घरेलु कार्यालय झापाले आयोजना गरेको उद्यमशीलतासम्बन्धी १० दिने तालिम लिनुभयो । त्यही तालिमले नै उहाँको जीवनलाई नयाँ मोड दिएको देखिन्छ ।

 

“हरेक महिलाका लागि क्याम्पसमा पढ्दा र बिहे गरेपछिको अवस्थामा परिवर्तन हुन्छ”, उहाँ भन्नुहुन्छ, “मैले चाहिँ बिहे गरेपछिको अवस्थालाई जीवनको नयाँ अध्याय सुरु गर्ने अवसरका रुपमा लिएँ । पहिला आफू आत्मनिर्भर हुने र गाउँका दिदीबहिनीलाई पनि त्यही बाटोमा डोहो¥याउने सङ्कल्पका साथ तालिमको भरपुर सदुपयोग गरेँ । यसमा परिवारको दर्विलो साथ थियो ।”

 

विसं २०६५ मा तत्कालीन धाइजन गाउँपालिकामा सगरमाथा सामुदायिक विकास केन्द्र चन्द्रगढीले आयोजना गरेको सात दिवसीय गुडिया बनाउने तालिम लिएपछि निर्मलामा उद्यमी बन्ने सोच आयो । उहाँले तालिमपछि आफ्नै घरमा ‘जागरुक लघु उद्योग’ स्थापना गर्नुभयो । सुरुआती समयमा उहाँसँग एउटा सिलाई मेसिन मात्र थियो । घरेलु कार्यालयले सहयोगस्वरुप अर्को मेसिन उपलब्ध गराएपछि उहाँले दुई वटा मेसिनबाट गुडिया र झोलाको व्यावसायिक उत्पादन सुरु गर्नुभयो । सुरुसुरुमा त गाउँलेहरुले घरमै उद्योग चल्ने कुरामा पत्यार गरेका थिएनन् ।

 

चिटिक्क परेका झोला र गुडिया उत्पादन हुन थालेपछि गाउँघरमै यसको बिक्री बढ्यो । वल्लो र पल्लो गाउँ हुँदै सहरसम्म निर्मलाको सीप र उत्पादनको चर्चा र प्रशंसा बढ्न थाल्यो । यसबाट उहाँको ख्याति मात्र बढेन, उहाँसँग तालिम लिन र सामान किन्न आउनेको लर्को नै लाग्न थाल्यो । “आफूले उत्पादन गरेको सामान बिक्री हुन थालेपछि मनोबल र उत्साह बढ्दो रहेछ”, उहाँले सङ्घर्षमय दिनहरु सम्झदै भन्नुभयो, “एकातिर आम्दानी बढ्यो, अर्कातिर मलाई पनि सीप सिकाइदिनु भन्दै महिला दिदीबहिनी र सङ्घसंस्था धाउन थाले । बल्ल आफ्नो सपना पूरा हुन थाल्यो भनेर म झनै उत्साही भएर लागेँ ।” त्यसपछि उहाँ कुशल प्रशिक्षकका रुपमा प्रख्यात हुनुभयो । सयौँ स्थानमा तालिम दिएका महिलालाई उद्योग खोलेर आफ्ना उत्पादनहरु बजार पु¥याउन प्रेरित गर्न थाल्नुभयो । सबैले उहाँलाई गुरुआमा भन्न थाले ।

 

उहाँले एक दशकमा पाँच हजारभन्दा बढी महिलालाई आत्मनिर्भर बनाउने तालिम प्रदान गरेको बताउनुभयो । उहाँसँग सीप सिकेका चार सयभन्दा बढी महिलाले घरेलु उद्योग नै सञ्चालन गरिरहेका छन् । “घरमै बसेर थोरै लगानीमा उद्यमी बन्न सकिन्छ भन्ने कुरामा आश्वस्त तुल्याएर सीप सिकाइरहेकी छु”, उहाँ भन्नुहुन्छ, “आफैँले सञ्चालन गरेको पुनःजागृति केन्द्र नामक प्रशिक्षण केन्द्र एवं घरेलु उद्योगमा २५ जना महिलालाई प्रत्यक्ष रोजगारीसमेत दिइरहेकी छु । यही सफलता नै मेरो जीवनको सबैभन्दा ठूलो सम्पति हो ।”

 

विसं २०७२ देखि उहाँलाई सरकारी निकायले प्रशिक्षकको रुपमा औपचारिक मान्यता दिएर तालिमहरुमा परिचालन गर्न थाल्यो । पुनः जागृति सीप केन्द्र नामक तालिम दिने संस्था भने विसं २०७८ मा घरेलु कार्यालयमा दर्ता गराउनुभएको थियो । हाल यही केन्द्रमार्फत उहाँको तालिम र प्रशिक्षण अभियान कोशी प्रदेशका १० जिल्लामा फैलिएको छ । मधेस प्रदेशको सिराहा र सप्तरीसम्म पनि पुगेर महिलाहरुलाई सीप सिकाउने र आत्मनिर्भर बनाउने कार्यमा लागिरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले घरमै बसेर आत्मनिर्भर बन्नेखालका सीपहरुमा महिलाको आकर्षण रहेको र यसबाट महिनामै लाखौँ कमाइ गर्न सकिने बताउनुभयो । “सिन्के धुपको विकल्पमा हामीले स्थानीय क्षेत्रमा खेर गइरहेका फूलपातिलाई सङ्कलन गरी धुलो बनाई बाती बनाइरहेका छौँ”, उहाँले भन्नुभयो, “तर स्थानीय सरकारले नीति नबनाउँदा बाहिरको सामग्रीले बजार कब्जा गरेको छ । ग्रामीण महिलाले उत्पादन गरेका वस्तुको बजारका लागि सरकारले सघाउनुपर्ने खाँचो छ ।”

 

सीप सिक्ने इच्छा शक्ति भएका विपन्न, असहाय र अपाङ्गता भएका महिलालाई घरमै पुगेर निःशुल्क सीप सिकाउने र व्यवसायका लागि स्रोत जुटाइदिने कार्यमासमेत आफू लागिरहेको उहाँले बताउनुभयो । कुनै पनि महिलालाई आत्मनिर्भर र उद्यमी बन्न सबैभन्दा परिवारकै साथ हुनुपर्ने उहाँ बताउनुहुन्छ । उहाँले सफल प्रशिक्षक र उद्यमीको रुपमा आफू चिनिनुमा पति राजु भण्डारीको साथ र सहयोग रहेको बताउनुभयो । आवश्यक कच्चापदार्थ ल्याइदिने, बजारीकरणमा सहयोग गर्नेलगायतका काममा पतिको सहयोग रहेको उहाँ बताउनुहुन्छ ।

 

 

मेची उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष समेत रहनुभएकी निर्मलाले महिला उद्यमी समिति बनाएर त्यसैमार्फत धेरैलाई तालिम, परामर्श र बजारको पहुँचको विषयमा सहयोग गरिरहेको बताउनुभयो । महिला उद्यमशीलता अभियानमा लाग्नुभएकी निर्मलाको यात्रा लोभलाग्दो र प्रेरणादायी भए तापनि यस क्षेत्रमा चुनौति र समस्याको चाङ पनि कम छैनन् । “हामीले उत्पादन गरेका सामाग्री राम्रा छन् तर बजार छैन,” उहाँ भन्नुहुन्छ, “ब्रान्डिङ गर्न सकेका छैनौं । बजारमा प्रतिष्पर्धा गर्न सजिलो छैन । राज्यले प्रोत्साहनको उत्साहजनक नीति र कार्यक्रम ल्याउन सकेको छैन ।”

 

 

निर्मला स्थानीय सरकारलाई बजार विस्तारका लागि आग्रह गरिरहेको बताउनुहुन्छ । साप्ताहिक रैथाने बजार सञ्चालन गर्नसके स्थानीय उत्पादनको बजार विस्तार हुने र उद्यमी महिलालाई राहत पुग्ने उहाँ बताउनुहुन्छ । जहाँ मेला, महोत्सव लाग्छन् त्यही पु¥याएर आफूले उत्पादन गरेका सामग्रीको बिक्री गर्नुपर्ने कतिपय बाध्यता रहेको बताउनुभयो । स्थानीय सरकारसँग धेरैपटक नीति बनाएर उद्यमी महिलालाई सहयोग गर्न आग्रह गरेको बताउनुभयो । महिलाले उत्पादन गरेका झोला नगरमा सञ्चालन हुने विद्यालयका विद्यार्थीसम्म पुग्ने हो भने पनि धेरैले रोजगार पाउने उहाँ बताउनुहुन्छ ।

उहाँले सीप सिकाउने र सिक्ने संस्कारले बेरोजगारी घट्ने र महिलाको आर्थिक सशक्तिकरणमा मद्दत मिल्ने बताउनुभयो । उहाँले धेरै महिलाले सीप सिकेर परिवार पाल्न सक्षम भएका उदाहरण दिँदै भन्नुभयो, “मेरो सपना भनेकै हरेक घरका महिला सीप सिकेर आत्मनिर्भर बनुन् भन्ने हो ।”
निर्मलाले प्रशिक्षण प्रदान गरेका धेरै महिला अहिले प्रशिक्षककै रुपमा काम गरिरहनु भएको छ । मेचीनगर–१३ की निर्मला खनालले उहाँबाट तालिम लिएर हाल प्रशिक्षकको रुपमा काम गरिरहेको बताउनुभयो । “व्याग र बुटिकसम्बन्धी तालिम दिएर निर्मला दिदीले उद्यमी बनाउनुभयो”, उहाँ भन्नुहुन्छ “जतिबेला म सङ्कटबाट गुज्रिरहेकी थिएँ, त्यसबेला उहाँले नै तालिम दिएर हौसला बढाउनुभयो । अहिले उद्यमसँगै प्रशिक्षकसमेत बनेर काम गरिरहेकी छु ।

 

 

” मेचीनगरको नारी कल्याणकारी महिला विकास संस्थाकी अध्यक्ष जानुका ओलीले प्रशिक्षक निर्मला चौहान भण्डारी समाजकी प्रेरणाकी स्रोत र उदाहरणीय व्यक्तित्व भएको बताउनुभयो । उहाँले असहाय र विपन्नलाई तालिम दिएर स्वरोजगार बनाउँदा सयौं महिलाहरु आत्मनिर्भर बन्न सफल भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कैलालीको रानीकुण्डामा श्रृंखलाबद्ध आगजनी: दुई गोठ जले, गाई–बाच्छा घाइते

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डामा गएराति लगातार दुईवटा घरगोठमा भएको आगलागी घटनाले स्थानीयवासी त्रसित बनेका छन्। राति करिब १२ बजेतिर समाजसेवी लालसिंह विश्वकर्माको गोठमा आगो लगाउने प्रयास गरेको थियो। घर र गोठ नजिकै रहेको पराल राख्ने स्थानमा अज्ञात समूहले आगो लगाएको आशंका गरिएको...

संविधानको रक्षा र सुशासनका लागि क्षेत्राधिकारभित्र रहेर काम गर्ने प्रदेश प्रमुख कर्णको प्रतिबद्धता

जनकपुर,  मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा सुरेन्द्र लाभ कर्णले संविधानको रक्षा र सुशासनका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।जनकपुरधामस्थित प्रदेश प्रमुख कार्यालयमा पदभार ग्रहण गर्दै आज सञ्चारकर्मीसँग उहाँले आफूलाई संविधानले दिएको अधिकारभित्र रहेर न्यायपूर्ण रूपमा काम गर्ने बताउनुभयो ।   प्रदेश प्रमुख डा कर्णले...

नेचुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व सङ्कलन

मुस्ताङ,  नेपाल–चीन सिमानास्थित नेचुङ भन्सार कार्यालयले रु तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत भदौ ३१ देखि यही कात्तिक २५ गतेसम्म सङ्कलन भएको हो ।   भन्सार प्रमुख रमेश खड्काका अनुसार उक्त अवधिमा एक हजार ६९९ वटा...

जापानमा प्रहरीलाई भालु विरुद्ध हतियार प्रयोग गर्न अनुमति

टोकियो, टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी“ जारी गर्न प्रेरित गरे सँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको जनाइएको छ । पछिल्लो समयमा बढ्दो घातक भालु आक्रमणलाई कम गरी जनताको सुरक्षा गर्न जापानको कडा हातहतियार सम्बन्धि कानून संशोधन गरि प्रहरीलाई भालु...

कैलालीको रानीकुण्डामा श्रृंखलाबद्ध आगजनी: दुई गोठ जले, गाई–बाच्छा घाइते

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डामा गएराति लगातार दुईवटा घरगोठमा भएको आगलागी घटनाले स्थानीयवासी त्रसित बनेका छन्। राति करिब १२ बजेतिर समाजसेवी लालसिंह विश्वकर्माको गोठमा आगो लगाउने प्रयास गरेको थियो। घर र गोठ नजिकै रहेको पराल राख्ने स्थानमा अज्ञात समूहले आगो लगाएको आशंका गरिएको...

मुख्यमन्त्री शाहद्वारा अछाममा माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास

अछाम, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५ मा निर्माण हुन लागेको माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास गर्नुभएको छ।   बिहीबार आयोजित एक विशेष कार्यक्रममा मुख्यमन्त्री शाहले उक्त पुलको शिलान्यास गर्नुभयो। सो अवसरमा बोल्दै उहाँले निर्माण कम्पनीलाई ठेक्का सम्झौतामा तोकिएको म्यादभन्दा अघि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

कैलालीको रानीकुण्डामा श्रृंखलाबद्ध आगजनी: दुई गोठ जले, गाई–बाच्छा घाइते

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डामा गएराति लगातार दुईवटा घरगोठमा भएको आगलागी घटनाले स्थानीयवासी त्रसित बनेका छन्। राति करिब १२ बजेतिर समाजसेवी लालसिंह विश्वकर्माको गोठमा आगो लगाउने प्रयास गरेको थियो। घर र गोठ नजिकै रहेको पराल राख्ने स्थानमा अज्ञात समूहले आगो लगाएको आशंका गरिएको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ,कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको...

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन

लुम्बिनी,बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रु १२ करोड खर्चेर १२८ स्लाइसको एमआरआई मेसिन ल्याइएको छ । मेसिन आपूर्तिकर्ता कम्पनीले अस्पतालमा मेसिन जडान पनि थालेको छ ।आगामी दुई महिनाभित्रमा सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा इन्द्र ढकालले जानकारी दिनुभयो । लुम्बिनी...

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ,  नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि  जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९