सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि

दोधारा चाँदनी (कञ्चनपुर), सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा क्षेत्रफल घटे पनि उत्पादकत्वमा वृद्धि भएको छ । खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको हो । कृषि विकास निर्देशनालय सुदूरपश्चिमको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९÷८० मा सुदूरपश्चिम प्रदेशमा एक लाख ८३ हजार ३१७ क्षेत्रफल हेक्टरमा धानखेती गरिएकामा छ लाख ४८ हजार ९२४ मेट्रिक टन धान उत्पादन भएको थियो । सो आर्थिक वर्षमा यो प्रदेशमा धानको उत्पादकत्व तीन दशमलव ५४ रहेको थियो ।

 

 

 

त्यसैगरी, एक लाख ४४ हजार ५८२ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा तीन लाख ३१ हजार ९२ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । सो आवमा गहँुको उत्पादकत्व दुई दशमलव २९ रहेको थियो । ५० हजार ६०७ हेक्टर क्षेत्रफलमा मकैखेती हुँदा एक लाख चार हजार २५० मेट्रिक टन उत्पादन भएको थियो भने दुई दशमलव ०६ उत्पादकत्व थियो । सत्र हजार ११२ हेक्टरमा उत्पादन भएको कोदोको उत्पादकत्व एक दशमलव १४ रहेको थियो ।

 

 

आव २०८०/८१ मा उत्पादन क्षेत्रफल घटे पनि उत्पादकत्व र उत्पादनमा वृद्धि भएको छ । उक्त आवमा धान उत्पादनको क्षेत्रफल चार हजार २४२ हेक्टर घटे पनि उत्पादन र उत्पादकत्व वृद्धि भएको छ । एक लाख ७९ हजार ४६ हेक्टरमा धानखेती हुँदा अघिल्लो वर्षको तुलनामा धान उत्पादन बढेर छ लाख ७२ हजार ९२८ मेट्रिक टन पुगेको छ । उत्पादकत्व तीन दशमलव ७६ छ । एक लाख ३९ हजार ७३२ हेक्टरमा उत्पादन भएको गहँुको उत्पादकत्व वृद्धि भएर दुई दशमलव ३५ पुग्दा तीन लाख २८ हजार ६९ मेट्रिक टन उत्पादन भएको छ ।

 

 

 

त्यसैगरी, ४९ हजार २५८ हेक्टरमा मकै उत्पादन हुँदा उत्पादकत्व दुई दशमलव १७ रहेको थियो । मकैको उत्पादन वृद्धि भएर एक लाख छ हजार ९९७ मेट्रिक टन पुगेको छ । हरेक वर्ष उत्पादनको क्षेत्रफल घट्दा पनि उत्पादनमा वृद्धि हुँदै गएको निर्देशनालयको तथ्याङ्क छ । आव २०८२/८३ मा धान उत्पादनको क्षेत्रफल घटेर एक लाख ७७ हजार २३० पुग्दा उत्पादकत्व बढेर तीन दशमलव ८८ पुगेको छभने छ लाख ८६ हजार ८८७ मेट्रिक टन धान उत्पादन भएको छ ।

 

 

 

निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेयले सुदूरपश्चिममा बाली उत्पादनमा वृद्धि हुँदै आएको बताउनुभयो । “सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा धेरै उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “खेती गर्ने तरिकामा सुधार र उन्नत जातको बीउका कारण हरेक वर्ष उत्पादन र उत्पादकत्वमा वृद्धि भएको हो ।” पछिल्लो समयमा सरकारले किसानहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ दिँदै आएको छ । यसबाहेक किसानहरूले प्राङ्गारिक मलको प्रयोग, सिचाँइको उपलब्धता र सरकारी अनुदान र प्राविधिक सहयोगले उत्पादनमा वृद्धि भएको कृषि अधिकृतहरू बताउँछन् ।

 

 

 

“उन्नत जातको बीउले १० देखि १५ प्रतिशतसम्म उत्पादन बढाउँछ”, सूचना अधिकारी पाण्डेयले भन्नुभयो, “खेती गर्ने तरिकाले पनि उत्पादनमा फरक पार्छ ।” निर्देशनालयका अनुसार सुदूरपश्चिमका अन्य जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा धानको उत्पादकत्व बढी छ । कञ्चनपुरमा चार दशमलव छ र कैलालीमा चार दशमलव पाँच प्रतिहेक्टर उत्पादकत्व रहेको छ ।

 

 

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी धर्मबहादुर साउदले उन्नत जातको बीउबिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको बताउनुभयो । ज्ञान केन्द्रले किसानलाई अनुदानमा सिँचाइ सुविधा उपलब्ध नभएको ठाउँमा साना सिँचाइ जडानसमेत गर्ने गरेको उहाँले बताउनुभयो । गत वर्ष ज्ञान केन्द्रले यहाँका नौवटा स्थानीय तहमा सात सय ७६ साना सिँचाइ (ट्युबेल) जडान गरेको थियो । “हामीले किसानलाई ५० प्रतिशत अनुदानमा बीउबिजन र सिँचाइ सुविधा उपलब्ध गराउँदै आएका छाँै”, उहाँले भन्नुभयो, “जसका कारण यहाँ धान उत्पादनमा वृद्धि हुँदै गएको छ ।” उहाँका अनुसार कञ्चनपुरमा ३९ हजार ६५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ ।

 

 

कञ्चनपुरमा हाल साना सिँचाइबाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरलाई अन्न भण्डारका रूपमा चिनिन्छ । यहाँको उत्पादनले सुदूरका पहाडी जिल्लामा समेत खाद्य आपूर्ति हुने गरेको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सेति राजमार्गमा पहिलोपटक कर्णाली रिभर साइड बस सेवा — मोहन्यालवासीका लागि ठूलो राहत

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका बौनिया बजारबाट पहिलोपटक मोहन्याल गाउँपालिकाको खिमडीसम्म कर्णाली रिभर साइड बस सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। सेति राजमार्गको नियमित यातायात सेवा प्रारम्भसँगै स्थानीयवासीले ठूलो राहत पाउने अपेक्षा गरिएको छ।   उद्घाटन कार्यक्रम बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराज सिंह स्वारको...

भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता

भक्तपुर,  जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा १३ हजार ५७६ मतदाता थपिएका छन् ।निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष पुगेका नेपाली नागरिकता प्राप्त व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेपछि १८ वर्षदेखि २५ वर्ष उमेर समूहका दैनिक ७०० देखि एक हजार १०० जनासम्मले...

दूग्ध उत्पादक सहकारीद्वारा डेरी मार्ट सञ्चालन

चितवन, जिल्लाका दूग्ध उत्पादक किसानले भुक्तानी समयमा नपाउने र बजारीकरणमा समस्या देखिएपछि जिल्ला दूग्ध उत्पादक सहकारी सङ्घले डेरी मार्ट सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका–१० दुरसञ्चार रोडमा मार्ट सञ्चालनमा ल्याइएको हो ।   सङ्घले अफ्नै उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले मार्ट सञ्चालन गरेको हो । रु १२...

प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि

तेल अभिभ (इजरायल), इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा असहमति जनाउँदै आफूले यस्तो पहललाई दृढ रूपमा रोक्ने प्रतिबद्धता दोहोर्‍याउनु भएको छ ।   यसैबीच, संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजासम्बन्धी अमेरिकाद्वारा तयार पारिएको प्रस्तावमा मतदान गर्नुपर्ने समय नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय कूटनीतिक...

ठूला खेलमैदान निर्माणमा ढिलाइ

तम्घास (गुल्मी), यहाँका दुई ठुला खेलमैदान निर्माणमा ढिलाइ भएको छ । इस्मा गाउँपालिका–६ अम्मरपुरमा निर्माणाधीन अन्तरराष्ट्रिय फुटबल रङ्गशाला र सदरमुकाम तम्घासमा निर्माणाधीन चिदीचौर खेलमैदान निर्माणमा ढिलाइ भएको हो ।   प्रथम सहिद लखन थापाको नामबाट आर्थिक बर्ष २०७५/७६ देखि अम्मरपुरमा ‘सहिद लखन थापा अन्तरराष्ट्रिय खेलमैदान’ निर्माण...

कोलेनिकाको सेवा अब नयाँ भवनबाट

मनाङ,  मनाङ सदरमुकाम चामेस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले अब आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह थालेको छ । स्थापनाकालदेखि हालसम्म भाडाको भवनमार्फत सेवा प्रवाह गर्दै आएको सो कार्यालयले आधुनिक तथा सुविधासम्पन्न भवन निर्माण गरेको हो ।   नेपाल सरकारका सचिव तथा महालेखा नियन्त्रक शोभाकान्त पौडेलले...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौँ, लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल घटेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार आर्थिक वर्ष २०८१÷८२ मा गत वर्षको तुलनामा खाद्य तथा बालीले ढाकेको क्षेत्रफल एक दशमलव ४२ प्रतिशतले घटेर सात लाख ६८ हजार ९६८ हेक्टर कायम...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

सेति राजमार्गमा पहिलोपटक कर्णाली रिभर साइड बस सेवा — मोहन्यालवासीका लागि ठूलो राहत

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका बौनिया बजारबाट पहिलोपटक मोहन्याल गाउँपालिकाको खिमडीसम्म कर्णाली रिभर साइड बस सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। सेति राजमार्गको नियमित यातायात सेवा प्रारम्भसँगै स्थानीयवासीले ठूलो राहत पाउने अपेक्षा गरिएको छ।   उद्घाटन कार्यक्रम बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराज सिंह स्वारको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ,कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको...

‘समय नपुगी जन्मिएका शिशुको एक महिनाभित्र अनिवार्य परीक्षण गराउनुपर्ने’

काठमाडौँ, आज नोभेम्बर १७ प्रत्येक वर्ष यस दिन समय अगावै जन्मिएका नवजात शिशु दिवस (वल्र्ड प्रिम्याचुरिटी डे) मनाउने गरिन्छ ।चिकित्सकका अनुसार समय अगावै जन्मिएका नवजात शिशुको आँखामा समस्या हुन सक्छ र त्यसको पहिचान समयमै हुन अत्यन्तै जरुरी छ । यस दिवसले समयपूर्व जन्मिएका शिशुहरू...

चितवन राइनोजद्वारा समर्थकलाई निःशुल्क बस व्यवस्था

चितवन, क्रिकेट क्लब चितवन राइनोजले आफ्ना समर्थकलाई काठमाडौँ लैजाने र ल्याउने बसको व्यवस्था गरेको छ । नेपाल प्रिमियम लिग (एनपीएल)को फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकलाई चितवनदेखि काठमाडौँसम्म निःशुल्क बस सेवाको व्यवस्था गरेको हो ।   राइनोजको खेल हुने दिन बिहान खेल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९