बाग्मती प्रदेश सरकारले रोजगारीका लागि निब्र्याजी ऋण उपलब्ध गराउने

रसुवा,  बाग्मती प्रदेश सरकारले ग्रामीण क्षेत्रका नागरिकलाई रोजगारी दिलाउन निब्र्याजी ऋण उपलब्ध गराउने भएको छ । जिल्ला समन्वय समिति रसुवाले सोमबार आयोजना गरेको दशौँ जिल्ला सभालाई सम्बोधन गर्दै बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले एक घर दुई भैँसी खरिदका लागि सरकारले निब्र्याजी ऋण रकम उपलब्ध गराउने बताउनुभयो । उहाँले सो कार्यक्रममा युवाहरू सहभागी भइदिन आग्रह गर्नुभयो ।

 

दूध डेरी खोल्न, दाना र मलखादको व्यवस्थापन गर्नसमेत प्रदेश सरकार सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो । जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरेको सभापतित्वमा सम्पन्न सभामा जिल्लाका सरकारी कार्यालयको वार्षिक कामको प्रगति प्रस्तुत गरिएको थियो । सहभागीले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार आयोजनाको कार्यप्रगति प्रस्तुत नगरेकामा आलोचना गरेका थिए ।

 

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जिल्लामा बाढीपहिरो जस्ता विपद्का घटना भइरहने र त्यस्ता विपद्को समस्या समाधानका लागि विपद् व्यवस्थापन समितिको बैठक बोलाउँदा सदरमुकामबाहिर कार्यालय रहेका कार्यालय प्रमुखहरुले बेवास्ता गर्ने गरेको बताउनुभयो ।जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीले रसुवा र नुवाकोटको विकासमा हातेमालो गरी जनहितका काम अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

 

 

नेपाली कांग्रेसका जिल्ला सभापति पेम्वाछिरिङ तामाङले चिलिमे जलविद्युत्ले जिल्लालाई प्रदान गर्ने रोयल्टी रकमबाट कुनै प्रतिफल नपाएकाले सो रकम खोजी गरी प्रभावित बासिन्दा माझ ल्याउन, पर्यटन प्रवर्द्वन अगाडि बढाउन आग्रह गर्नुभयो ।

 

 

जिल्लामा राम्रो काम गर्ने १० व्यक्ति÷संस्थालाई जिल्ला सभाले सम्मानसमेत गरेको छ । सम्मानित हुनेमा नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलान, उत्तरगया गापाका अधिकृतस्तर छैटौँ तहमा कार्यरत रामकृष्ण न्यौपाने, नौकुण्ड गापा–४ का सचिव पूर्णबहादुर बुलुन, आमाछोदिङ्मो गापा–३ का वडा सचिव छोवाङदोर्जे तामाङ, श्रेणीविहीन पदमा कार्यरत जिल्ला समन्वय समितिका जयराम देवकोटा, गोसाइँकुण्ड गाउँपालिकाका नुर्पु घले रहेका छन्भने संस्थातर्फ चिलिमे जलविद्युत् आयोजना र माथिल्लो मैलुङ जलविद्युत् आयोजना रहेका छन् ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

जलेश्वर (महोत्तरी), महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदैछ ।   नेपाल र भारतका मिथिला क्षेत्रमा गत आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ उत्सवको आज मुख्य दिन...

बाग्मती प्रदेश सरकारद्वारा रु २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

बाग्मती,  बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत अर्थात् रु २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार राजस्व सङ्कलन गरेको छ ।  घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

दमौली (तनहुँ),  सामुदायिक वनमा मानिसले जानीजानी डढेलो लगाउने प्रवृत्ति बढ्दै गएको छ । सामुदायिक वनमा ९० प्रतिशभन्दा बढी डढेलो मानव सिर्जित हुने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो । त्यसमध्ये ६४ प्रतिशत डढेलो मानिसले जानाजान लगाउने गरेको रानाभाटले बताउनुभयो ।...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

दशरथचन्द (बैतडी),  जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको छ । दोगडाकेदार गाउँपालिका-३ का पुरुषको घुडामुनिको दुवै हड्डीको सानो चिराबाट हाडजोर्नीको जटिल शल्यक्रिया सफल भएसँगै उक्त सेवा सुरु भएको हो ।     सानो चिरा (क्लोज रिडक्सन एण्ड इन्टरनल फिक्सेसन विथ आइएमआइएल नेलिङ) पारेर गरिने...

प्रधानमन्त्री कप क्रिकेटः एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

काठमाडौं, प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ ।मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २७१ रनको  योगफल तयार पारेको हो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९