साइपाल, अपिलाई पर्यटकीय गन्तव्य बनाइँदै

चैनपुर (बझाङ), सुदूरपश्चिम प्रदेशका साइपाल र अपि क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रयत्न प्रारम्भ भएको छ ।नेपाल पर्यटन बोर्ड तथा सहारा नेपालद्वारा सञ्चालित दिगो पर्यटन परियोजनाले साइपाल गाउँपालिकाको साइपाल हिमालदेखि दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्ने अपि हिमाल आधार शिविर क्षेत्रसम्म पदमार्ग निर्माणको सम्भाव्यता अध्ययन थालेका हुन् ।

साइपालदेखि अपिसम्मको पर्यटकीय विकासका लागि पदमार्गमा निर्माण गर्नुपर्ने भौतिक संरचनाका साथै अन्य अत्यावश्यक पूर्वाधारबारे दुई साता अध्ययन गरिएको सहारा नेपालका स्रोत व्यक्ति वसन्त बोहराले राससलाई बताउनुभयो ।पहिलो चरणमा होमस्टे, विश्रामस्थल, पुलपुलेसा तथा पदमार्ग निर्माणका लागि अध्ययन भएको जानकारी दिँदै उहाँले अब स्थानीयको सहयोगमा पूर्वाधार निर्माण थालिने बताउनुभयो ।

बझाङको साइपाल गाउँपालिकाको निलखटी हिमाल, सुर्मा गाउँपालिकाको बिरू ओडार र अपि हिमाल गाउँपालिकाको अपि आधार शिविर क्षेत्रको बीचमा पर्ने कालागाडमा पर्यटकका लागि धेरै संरचना बनाउनुपर्ने उहाँले बताउनुभयो ।पर्यटकीय क्षेत्रको विस्तारका लागि साइपाल गाउँपालिकाले विभिन्न संस्थासँगको साझेदारीमा पर्यटकीय संरचना निर्माण गरिरहेको उक्त गाउँपालिकाका इन्जिनियर सुशील बोहराले बताउनुभयो ।

मानव बस्तीको अन्तिम गाउँ धुलीबाट अपि हिमालको आधार शिविरसम्म पुग्न एक साताभन्दा बढी पैदलयात्रा गर्नुपर्छ । बीचमा पाँच हजार २०० मिटर उचाइमा रहेको निलखटी हिमाल पार गरेर बिरू ओढार, कालागाड हुँदै अपिको फेदसम्म पुगिन्छ । उहाँले हिउँदमा हिमाल क्षेत्र पार गर्न नसके पनि अरु बेला पर्यटकलाई. यात्रा गर्न सहज हुने बताउनुभयो ।

“विगतमा साइपालबाट अपि जाने पर्यटकलाई पैदलयात्राको समस्या हुन्थ्यो”, उहाँले भन्नुभयो, “अब त्यो समस्या हट्ने छ । अर्को वर्षदेखि पर्यटकले बाटोमा बासका साथै खाना पनि पाउने छन् । पर्यटकका लागि आधारभूत संरचना निर्माण गरिने छ ।”

धुलीभन्दा माथि सञ्चारको समस्या भएकाले नेपाल टेलिकमसँगको साझेदारीमा त्यो समाधान गर्न सकिने बताउँदै भन्नुभयो, “अहिले धेरै समस्या भनेको नेटवर्कको छ । निलखटी पाटन (चार हजार तीन सय मिटर उचाइ) सम्म मात्रै नेटवर्क हुने हो भने पर्यटकलाई ठूलै राहत हुने थियो ।”

हाल पर्यटकहरू साइपालबाट ताक्लाकोट नाका वा उरै लेकसम्म जाने गरेका छन् । निलखटी हुँदै अपिसम्म जानेहरू खासै भेटिँदैनन् । पदमार्ग नभएकाले साइपालका सुन्दर स्थल आन्तरिक एवं बाह्य पर्यटकले देख्न नपाएका साइपाल गाउँपालिका–३ का गोपी बोहरा बताउनुहुन्छ । “पैदलमार्ग नभएकाले आएका केही पर्यटक पनि फर्कन्थे । अब बाटो खुलेपछि ताक्लाकोट जानेभन्दा बढी पर्यटक साइपाल–अपि रूटबाट यात्रा गर्ने विश्वास छ ।” उहाँले भन्नुभयो ।

पर्यटक आएपछि स्थानीयका लागि रोजगारीका अवसर सृजना हुनेमा साइपाल गाउँपालिका–४ धुलीका उमेश रोकाय ढुक्क हुनुहुन्छ ।“हाम्रो साइपालमा सयौँ पर्यटकीयस्थल छन् । अब यहाँ पर्यटक आइरहने वातावरण बन्दैछ । त्यसपछि केही नभए पनि भरिया र सहयोगीले काम पाउने छन्”, उहाँले भन्नुभयो । अपि–साइपाल क्षेत्रमा बाटो बनेपछि बेमौसममा पनि स्थानीयले काम पाउनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ,  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो ।   कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गर्नुभएको आयोगका प्रवक्ता...

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ

पाटन (ललितपुर),  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा देशको अर्थतन्त्र र रोजगारीमा असर परेको बताउनुभएको छ ।   नेपाल पूर्वाधार पत्रकार समाजले आज ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको संवादलाई सम्बोधन...

उखुको मूल्य निर्धारणमा चित्त बुझाउँदै किसान

महोत्तरी,  सरकारले सोमबार उखुको मूल्य र अनुदान रकम निर्धारण गरेको छ । तर महोत्तरीका उखु किसानले भने सरकारले आपूmहरुको मागअनुसार मूल्य नतोके पनि गत वर्षभन्दा केही बढाएको उल्लेख गर्दै चित्त बुझाएका छन् ।   “हाम्रो त खेतीमा बढ्दो लागत र आम उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि हेरेर...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

भन्सार एजेन्टद्वारा ‘पेन डाउन’को घोषणा

भैरहवा (रुपन्देही), भन्सार एजेन्ट महासङ्घ नेपालले मङ्सिर २० गते जारी भएको भन्सार ऐन २०८२ को विरोधमा देशभरका भन्सार कार्यालयमा आजदेखि ‘पेन डाउन’ गर्ने घोषणा गरेको छ ।   महासङ्घले आज जारी गरेको प्रेस विज्ञप्तिमा ऐनमा रहेका कतिपय दफाहरूले भन्सार एजेण्टको पेसा÷व्यवसायलाई प्रत्यक्ष असर पार्ने र अन्तरराष्ट्रिय...

सुदूरपश्चिम महोत्सव सुरु

कैलाली,  सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन्दै आएको ‘सुदूरपश्चिम महोत्सव’ सुरु भएको भएको छ । सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण सोमबारदेखि कैलालीको धनगढीमा सञ्चालनमा आएको छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘पर्यटन, संस्कृति, उद्योग र व्यापारः समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नाराका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…

चौरभिग्म (कालिकोट),  श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा कोठामा बसेर पढ्न पाउने भएका छन् । तिलागुफा नगरपालिका–१ चौरभिग्मस्थित सो विद्यालय भवनलाई विसं २०७२ वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्प एवं विसं २०७९ को वर्षाका कारणले केही क्षति पु¥याएको थियो । हालसम्म...

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

बनियानी (झापा),  झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र...

धुलोमै खेल्छन् खेलाडी, धुलोमै बस्छन् दर्शक

गलकोट (बागलुङ),  बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेलमैदानमा मङ्सिर लागेपछि गतिविधि बढेको छ । विद्यालयस्तरीय साना खेल होस वा यहाँ आयोजना हुने ठूला राशिका खेल हुन् सबै यही मैदानमा हुन्छ ।   हालै बागलुङ नगरपालिकाको तेस्रो मेयरकप प्रतियागिता यही मैदानमा भयो । तत्कालै बागलुङ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९