अब बाँसबाट एकदेखि दुईतले आवासीय भवन निर्माण गर्न सकिने

खोटाङ,सङ्घीय सरकारले ‘बाँसबाट निर्माण हुने संरचनाको ‘डिजाइन’सम्बन्धी मार्गदर्शन’ स्वीकृत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले हालै सो मार्गदर्शन स्वीकृत गर्नुभएको हो ।

 

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बाँस तथा बाँसजन्य सामग्रीको प्रवर्द्धन तथा नीतिनिर्माण गर्न काठमाडौँमा सत्याग्रहसमेत गर्नुभएको थियो । स्वीकृत मार्गदर्शनले पहिलोपटक नेपालमा बाँसलाई संरचनात्मक निर्माण सामग्रीका रूपमा औपचारिक मान्यता दिएको छ । यसअनुसार बाँसबाट एकदेखि दुईतले आवासीय भवन, साना व्यावसायिक तथा औद्योगिक भवन इन्जिनियरिङ डिजाइनका आधारमा निर्माण गर्न सकिने भएको छ ।

 

 

सहरी विकास मन्त्रालयबाट स्वीकृत भएको मार्गदर्शनलाई छिट्टै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहमा परिपत्र गर्ने तयारी गरेको जनाइएको छ । सङ्घीय सरकारले स्वीकृत गरेको मार्गदर्शनमा बाँसको कटानी, ग्रेडिङ, रासायनिक उपचार, भण्डारण र प्रयोगको विस्तृत मापदण्डसहित भूकम्पप्रतिरोधी, वातावरणमैत्री र किफायती संरचना निर्माणका लागि आवश्यक प्राविधिक विवरण र घरका नमूना डिजाइनसमेत समावेश गरिएको छ ।

 

 

बाँसबाट निर्माण हुने सामग्रीको प्रवर्द्धन, भवन समिति गठन र नमूना डिजाइन ‘नम्स’ लागू गर्नुपर्ने मागसहित नगरप्रमुख भट्टराई गत साउन १४ देखि १८ गतेसम्म माइतीघर मण्डलामा सत्याग्रह बस्नुभएको थियो । दिक्तेलबाट बाँसको घना, मान्द्रो र गुन्द्री बोकेर साउन ४ गते काठमाडौँ पुग्नुभएका नगरप्रमुख भट्टराई र सरकारबीच १६ बुँदे सहमति भएपछि अनशन टुङ्गिएको थियो ।

 

 

सङ्घीय सरकारले बाँससम्बन्धी मार्गदर्शन स्वीकृत गरेपछि नगरप्रमुख भट्टराईले सोमबार पत्रकार सम्मेलन गरेर सरकार तथा सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । “विगतमा बाँसको हस्तकला, सीप र निर्माणकार्यलगायत सरकारी मूल्याङ्कन हुँदैन थियो, अब भने ढुङ्गा, गिट्टी, बालुवा र सिमेन्टजस्तै बाँसको पनि आधिकारिक मूल्याङ्कन हुन्छ”, उहाँले भन्नुभयो, “सरकारको यो निर्णयले बाँस उद्योग र निर्माण क्षेत्रमा विश्वसनीयता स्थापित गरेको छ । यसले देशभरका उद्यमी तथा किसानलाई फाइदा पुग्छ ।”

 

 

सरकारद्वारा स्वीकृत मार्गदर्शनले देशभर बाँस उद्योग स्थापना गर्न, वातावरणमैत्री भवन निर्माण र स्थानीय उत्पादन प्रवर्द्धनका लागि ऐतिहासिक कदम भएको नगरप्रमुख भट्टराईले बताउनुभयो । “खेर गइरहेका बाँसलाई उपयोगमा ल्याउँदै स्थानीयस्तरमा उद्योग स्थापना गरेर युवापुस्ताका लागि रोजगारी सृजना गर्ने बाटो खुलेको छ । यो देशभरका स्थानीय तह तथा उद्यमीका लागि खुसीको कुरा हो”, उहाँले भन्नुभयो, “हाम्रो नगरपालिकामा १३ किसिमका बाँस पाइन्छ । बाँससम्बन्धी काम गरिरहेका विभिन्न निकायसँगको सहकार्यमा अब तीनवटै तहका सरकार मिलेर प्रवर्द्धनको काम सुरु गर्छौँ ।”

 

 

नगरपालिकाले ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित फागुन १५ गतेबाट तीनदिने ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरेको थियो । दिक्तेल बजारमा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणापत्र’मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलोपटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन १५ लाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’का रूपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।

 

 

खोटाङ घोषणापत्रमा बाँसलाई छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतका रूपमा मान्दै यसले नेपालमा दिगो जीविकोपार्जन, चक्रीय अर्थतन्त्रको प्रवर्द्धन तथा वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान दिनसक्ने विश्वास गरिएको छ । सम्मेलन अवधिभर बाँससँग सम्बन्धित नीति निर्माण, खेती विस्तार, उद्यम विकास, बजारीकरणलगायत विषयमा ४४ जना विज्ञ तथा अध्येताबाट प्रस्तुत भएका २३ कार्यपत्रको निचोडको आधारमा ‘घोषणापत्र’ जारी गरिएको हो ।

 

 

नगरप्रमुख भट्टराईले उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र सभामुख देवराज घिमिरेलाई दिक्तेलबाट लगेको बाँसको कुर्सी र टेबल प्रदान गरिसक्नुभएको छ । विसं २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि नगरप्रमुख भट्टराई र उपप्रमुख विशन राईले आफ्नो कार्यकक्षमा कुर्सी, टेबल र दराज पनि बाँसकै प्रयोगमा ल्याउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

सेती र कर्णाली नदीमा जलयात्रा उत्सव

गोदावरी (कैलाली), सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा १२ दिने जलयात्रा महोत्सव आजदेखि सुरु भएको छ ।प्रदेश पर्यटन कार्यक्रम कार्यन्वन इकाइ धनगढीका अनुसार डोटीको दिपायलस्थित सेती नदीबाट सुरु भएको उक्त जलयात्रा सेती नदी हुँदै कर्णाली नदीको...

बाग्मती प्रदेश सरकारद्वारा रु २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

बाग्मती,  बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत अर्थात् रु २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार राजस्व सङ्कलन गरेको छ ।  घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

न्याय माग्दै पीडितहरु महिला आयोगमा

काठमाडौँ, हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन् ।‘महिला अधिकार सुनिश्चित गर्’, ‘महिला हिंसा अन्त्य गर्’, ‘महिला आयोग किन चुप् ?’, ‘इनिशा विक र रेश्मिका परियारलाई न्याय देऊ’, ‘छोरी चेलीको रक्षा गर्’ नाराका साथ पीडित पक्षले महिला...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर,  कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको छ ।  कोशी प्रदेशकै सबैभन्दा ठूलो सो अस्पतालमा बिरामीको चापसगै दैनिक रगत अभाव हुन थालेपछि  ‘ब्लड बैंक’ स्थापनाको तयारी थालिएको हो । प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका अनुसार कोशी प्रदेशमा दैनिक करिब ९०० देखि १००० युनिटसम्म...

प्रधानमन्त्री कप क्रिकेटः एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

काठमाडौं, प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ ।मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २७१ रनको  योगफल तयार पारेको हो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९