बौद्धिक अपाङ्गता भएकी किशोरीले ‘विवाह गर्छु’ भनेर हत्ते गरेपछि…

राष्ट्रिय समाचार समिति (रासस)
काठमाडौँ, १० मङ्सिरः सर नमस्कार … म बोलेको (नाम मर्यादाका लागि गोप्य) । छोरीको पाठेघर निकाली दिनुप¥यो । नेपाल परिवार नियोजन सङ्घ, काठमाडाँै उपत्यका शाखाका वरिष्ठ शाखा प्रबन्धक शरद्कुमार अर्याललाई एक अपरिचित महिलाले फोन गरेर थप सुनाउनुभयो, “छोरीले विवाह गर्छु भनेर हैरान पारिन् । केटा मान्छे देख्नै हुन्न । आकर्षित, लालहित भइहाल्छिन् । लौन पाठेघर नै झिकिदिनुप¥यो । टन्टैसाफ ।”

 

 

प्रबन्धक अर्यालले ती महिलालाई तत्काल अलि चर्काे स्वरमा जवाफ फर्काइदिए, “हुन्न हुन्न म्याम ! म शाखाका साथी शिक्षिकाअर्थात् ‘च्याम्पियन’लाई हजुर कहाँ परामर्शका लागि पठाइदिन्छु, उहाँहरुले के भन्नुहुन्छ, यसपछि के गर्नुपर्छ म सल्लाह दिउँला ।”

 

 

फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा, बृहत्तर यौनिकता शिक्षा, सरसफाइ (विशेष गरेर महिनावारीका समयमा) लगायतका आवश्यक स्वास्थ्य शिक्षाको परामर्शअर्थात् ‘काउन्सिलिङ’ कसरी गर्ने भन्ने तालिम लिएका शाखामा कार्यरत ती अब्बल ‘च्याम्पियन’ले फोन गर्ने महिला र उनकी बौद्धिक अपाङ्गता भएकी किशोरीलाई भेटघाट गरेँ । च्याम्पियन’का अनुसार ती किशोरीले आफूलाई विवाह गर्ने र बच्चा पाउने र केटा मान्छेसँग गफिने रहर भएको तर आमाले आफ्नो कुरा सुनुवाइ नगरेको दुःखेसो व्यक्त गरिन् ।

 

 

‘च्याम्पियन’ ले भन्नुभयो “किशोरीकी आमालाई बृहत्तर यौन तथा प्रजनन स्वास्थ्य सेवाका विविध आयाम, फरक क्षमता भएकाको आवश्यकतालगायत अन्य विषयमा आवश्यक परामर्श दिऔँ । छोरीको पाठेघर निकाल्न नहुने कुरामा आमालाई ‘आश्वस्त’ पारेर फर्किऔँ ।”

 

 

अपाङ्गतामैत्री छैनन् परिवार व्यवस्थापनको अस्थायी /स्थायी साधन

 

अपाङ्गता भएका किशोरीहरु पनि महिनावारी हुन्छन् । यस्तो समयमा उनीहरुलाई आवश्यक पर्ने सामग्री एवं सरसफाइमा ध्यान देलान त ? अभिभावक अथवा हेरचाह कर्ताले कस्तो व्यवहार गर्लान् ? प्रबन्धक अर्यालले भन्नुभयो, “अपाङ्गता भएकी किशोरी महिनावारी हुँदा आफूलाई अभिभावकले गर्ने व्यवहार हाम्रा ‘च्याम्पियन’लाई, क्लिनिकमा सेवा लिन आउँदा अथवा हामीले उनीहरुकै लागि आयोजना गरेका स्वास्थ्य शिविरमा भन्दछन्, यो सुन्दा बृहत्तर यौनिकता शिक्षाका बारेमा अभिभावकमा सचेतना नै छैन ।”

 

 

अपाङ्गता भएका व्यक्तिलाई पनि विवाह गर्न, बच्चा जन्माउन मनलाग्दो हो । के उनीहरुको सहज विवाह भएको छ त ? पछिलो जनगणनाअनुसार कूल जनसङ्ख्याको दुई प्रतिशतअर्थात् सात लाख विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति छन् ।

 

 

उनीहरुलाई पनि परिवार योजनाका स्थायी अथवा अस्थायी साधन प्रयोग गर्न मन लाग्दो हो ? यस्ता साधनमा उनीहरुको सहज पहुँच छैन । नेपालमा परिवार व्यवस्थापनको अस्थायी साधन पिल्स मात्र अपाङ्गतामैत्री छ । अर्काेतर्फ स्वास्थ्य सस्थाका पूर्वाधार, सेवा, औषधिमा अपाङ्गता भएका व्यक्तिको पहुँच न्यून छ । पछिल्लो जनसाङ्ख्यिक सर्वेक्षण अनुसार स्वास्थ्य सस्थामा अपाङ्गता भएका व्यक्तिमध्ये दुई प्रतिशतको मात्र पहुँच छ ।

 

 

‘अपाङ्गतामैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा र शिक्षा’सम्बन्धी परियोजनाको समीक्षा गर्न मङ्गलबार आयोजित कार्यक्रममा प्रबन्धक अर्यालले अपाङ्गता भएका व्यक्ति, तिनका अभिभावक र हेरचाहकर्ता (केयरटेकर)का आ आफ्नै व्यथाका पुलिन्दा प्रस्तुत गर्दै सीमान्तकृत अपाङ्गता भएका व्यक्तिको शिक्षा र स्वास्थ्यका क्षेत्रमा राज्य गम्भीर बन्न आग्रह गर्नुभयो ।

 

 

नेपाल परिवार नियोजन सङ्घद्वारा फिनल्याण्ड सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा काठमाडौँ उपत्यकाभित्रका अपाङ्गता भएका व्यक्तिहरुका लागि ‘अपाङ्गतामैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा र शिक्षा’ परियोजना सञ्चालित छ । अपाङ्गता भएका व्यक्तिलाई यौन तथा प्रजनन स्वास्थ्य सेवा र शिक्षामा कसरी पहुँच सुनिश्चित गर्ने भन्ने प्रमुख ध्येय रहेको सो परियोजनाले त्यस्ता व्यक्तिका लागि अलग्गै स्वास्थ्य शिविर, अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम, बृहत्तर यौनिकता शिक्षा, विद्यालय तहमा अपाङ्गता समावेशी शिक्षाका बारेमा सरोकार निकायसँग मिलेर काम गरिरहेको छ । परियोजनाका संयोजक विवेक रिसालले परियोजनाका गतिविधि प्रस्तुत गर्दै अपाङ्गतामैत्री स्वास्थ्य सेवा र समावेशी शिक्षाका लागि निरन्तर पैरवी जारी रहेको जानकारी दिनुभयो ।

 

 

उहाँले भन्नुभयो, “स्वास्थ्य शिविर र सङ्घद्वारा सञ्चालित क्लिनिकमार्फत अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य सेवा पु¥याइरहेका छौँ ।” उहाँका अनुसार सन् २०१९ देखि कार्यान्वयमा आएको सो परियोजनाले हालसम्म १० हजार अपाङ्गता भएका व्यक्तिलाई सो सेवा प्रदान गरिसकेको छ ।

 

 

दृष्टिसम्बन्धी अपाङ्गता भएकी सन्ध्या श्रेष्ठले भन्नुभयो, “अपाङ्गता भएका व्यक्ति पनि महिनावारी हुन्छन्, उनीहरुलाई केटासँग गफिने, विवाह गर्ने, बच्चा पाउने रहर हुन्छ । अपाङ्गता भएका व्यक्तिको रहर र चाहनालाई नत अभिभावक, नत ‘केयर टेकर’ले नै बुझिदिन्छन् । हामीलाई पाइलापिच्छे अवरोध र समस्या छन् ।” सङ्घका केन्द्रीय सदस्य एवं ‘च्याम्पियन’समेत रहेकी श्रेष्ठले यौन तथा प्रजनन स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्था र सेवा अपाङ्गतामैत्री नरहेको गुनासो गरिन् ।

 

 

अपाङ्गतामैत्री सेवा छ, पहुँच र जानकारी छैन कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका वरिष्ठ जनस्वास्थ्य प्रशासक प्रमुख डा सतिष विष्टले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका स्वास्थ्य प्रदायक संस्थाबाट अपाङ्गता भएका व्यक्तिले प्राप्त गरेका सेवालाई केन्द्रीय सूचना तथा तथ्याङ्क प्रणालीभित्र प्रविष्ट गराउन सुरुआत भइसकेको जानकारी दिनुहुँदै अझै स्वास्थ्य सस्था, सेवा, निःशुल्क औषधिलगायतका क्षेत्र अपाङ्गता भएका व्यक्तिको सहज पहुँच छैन भन्नुभयो ।

 

 

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेगालले स्वास्थ्यकर्मी सहित विशेषज्ञ चिकित्सकलाई समेत अपाङ्गता भएका व्यक्तिका स्वास्थ्य समस्या सम्बोधन गर्न कसरी व्यवहार गर्ने भन्ने विषयमा सञ्चारको ज्ञान आवश्यक रहेको, स्वास्थ्य संरचना र सेवालाई अपाङ्गता भएका व्यक्तिमैत्री बनाउन जरुरी रहेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “अझै पनि समाजमा अपाङ्गता भएका व्यक्तिलाई परिवार व्यवस्थापनको साधन चाहिन्छ र भन्ने प्रश्न गर्नेहरु छन् ।”

 

 

परिवार कल्याण महाशाखाका परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख शर्मिला दाहाल पौडेलले अपाङ्गतामैत्री सुरक्षित तथा प्रजनन स्वास्थ्य सेवा नीतिगत प्रावधान भएपनि व्यवहारिक कार्यान्वयनमा समस्या रहेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिका लागि सेवा छ, पहुँच र जानकारी नहुँदा समस्या भयो । यसलाई अन्त्य गर्दै सूचना र जानकारीलाई अपाङ्गतामैत्री बनाउनुपर्छ । विद्यालय तहका पाठ्यक्रममा बृहत्तर यौनिकता शिक्षालाई पुनः अनिवार्य गरिनुपर्छ ।”

 

 

कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक दीनानाथ गौतमले विद्यालय तहका पाठ्यक्रमलाई समावेशी बनाउँदै लगिने नीति सरकारको रहेको जानकारी दिनुहुँदै यसमा आवश्यक सहयोग गर्न सरोकारवाला निकायसँग आग्रह गर्नुभयो ।

 

 

नेपाल परिवार नियोजन सङ्घका कार्यकारी निर्देशक डा प्रवीण शाक्यले अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गर्न आवश्यक रहेको चर्चा गर्दै यो जनस्वास्थ्य, आर्थिक, सामाजिक, राजनीतिक ‘इस्यु’ बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल परिवार नियोजन संघको प्राथमिता क्षेत्र मध्ये अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य सेवाको अधिकारलाई सुनिश्चित गर्न सरकारलाई सहयोग गर्नु पनि रहेको छ ।”

 

 

राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष देवीदत्त आचार्यले भन्नुभयो, “स्वास्थ्य सस्था र सेवा अपाङ्गतामैत्री छैन । यस्ता व्यक्ति यौन तथा प्रजनन स्वास्थ्य सेवा प्राप्त गर्नबाट वञ्चित छन् । बनेका नीति कागजमा सीमित छन् । विद्यालय तहका पाठ्यक्रममा बृहत्तर यौनिकता शिक्षालाई अनिवार्य गरिनुपर्छ । निजी क्षेत्रबाट प्रकाशित पाठ्यक्रमभित्र अपाङ्गता भएका व्यक्तिका आत्मसम्मानमा ठोस पुग्ने शब्दावली हटाउनुपर्छ ।” दृष्टिविहीनहरुको हक अधिकारका क्षेत्रमा पैरवी गर्दै आएको सस्था बायोनका अध्यक्ष कलाधर अधिकारीले अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य सेवा पहुँच नभएको र बृहत्तर यौनिकता शिक्षा आवश्यक रहेको बताउनुभयो ।

 

 

नेपाल परिवार नियोजन सङ्घ उपत्यका शाखाका सभापति तारा पुडासैनीले अपाङ्गता भएका व्यक्ति यौन तथा प्रजनन स्वास्थ्य सेवा पाउने अधिकारलाई पैरवी गरिरहेको बताउनुभयो । कार्यक्रममा प्रभाकर श्रेष्ठ र सुरेश प्रधानलागायतले अपाङ्गता भएका व्यक्तिलाई यौन तथा प्रजनन स्वास्थ्य सेवामा सहज पहुँचका लागि सरोकारपक्ष ध्यान दिन, बृहत्तर यौनिकता शिक्षाको महत्वलाई उजारग गर्न विद्यालय तहमा अनिवार्य गर्न सुझाव दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)
–––

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

सेती र कर्णाली नदीमा जलयात्रा उत्सव

गोदावरी (कैलाली), सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा १२ दिने जलयात्रा महोत्सव आजदेखि सुरु भएको छ ।प्रदेश पर्यटन कार्यक्रम कार्यन्वन इकाइ धनगढीका अनुसार डोटीको दिपायलस्थित सेती नदीबाट सुरु भएको उक्त जलयात्रा सेती नदी हुँदै कर्णाली नदीको...

बाग्मती प्रदेश सरकारद्वारा रु २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

बाग्मती,  बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत अर्थात् रु २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार राजस्व सङ्कलन गरेको छ ।  घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

न्याय माग्दै पीडितहरु महिला आयोगमा

काठमाडौँ, हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन् ।‘महिला अधिकार सुनिश्चित गर्’, ‘महिला हिंसा अन्त्य गर्’, ‘महिला आयोग किन चुप् ?’, ‘इनिशा विक र रेश्मिका परियारलाई न्याय देऊ’, ‘छोरी चेलीको रक्षा गर्’ नाराका साथ पीडित पक्षले महिला...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर,  कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको छ ।  कोशी प्रदेशकै सबैभन्दा ठूलो सो अस्पतालमा बिरामीको चापसगै दैनिक रगत अभाव हुन थालेपछि  ‘ब्लड बैंक’ स्थापनाको तयारी थालिएको हो । प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका अनुसार कोशी प्रदेशमा दैनिक करिब ९०० देखि १००० युनिटसम्म...

प्रधानमन्त्री कप क्रिकेटः एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

काठमाडौं, प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ ।मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २७१ रनको  योगफल तयार पारेको हो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९