गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

गण्डकी,  मुलुकभित्र पहिलोपटक घरबास (होमस्टे) पर्यटनको सुरुआत भएको गण्डकी प्रदेशअन्तर्गतको स्याङ्जा जिल्लाको शिरुबारी गाउँ हो । पछिल्लो समय प्रदेशका ११ वटै जिल्लाका विशेषतः ग्रामीण भेगका घरबास सञ्चालन भएका छन् । कतिपय स्थानमा घरबास पर्यटनका कारण विगतमा सहर झरेका स्थानीयहरू पुनः गाउँ फर्कन थालेका छन् । घरबासका कारण ग्रामीण क्षेत्रका रमणीय स्थानहरू पर्यटनसँग जोडिन थालेका छन् ।
गाउँबाट जनशक्तिको पलायन राष्ट्रव्यापी समस्याका रूपमा देखिए पनि कतिपय गाउँमा घरबासका कारण गाउँ छोडेकाहरू पनि पुनः फर्कन थालेका छन् । हिमाल पारीको जिल्ला मुस्ताङस्थित ठिनी गाउँमा घरबास सञ्चालनमा आएसँगै उक्त क्षेत्रका स्थानीय उत्पादनले मूल्य पाउनुका साथै स्थानीयवासीका लागि रोजगारीका अवसर सिर्जना भएका स्थानीय युवा निरज थकालीले बताउनुभयो । यहाँका घरबासले स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै आएका उहाँको भनाइ छ ।

 

 

“ठिनी गाउँमा यहाँका स्थानीयले २०७२ सालदेखि घरबास सञ्चालन सुरु गरेकामा औपचारिक रूपमा २०७५ सालदेखि दर्ता गरिएको हो”, उहाँले भन्नुभयो, “घरबास सञ्चालनसँगै स्थानीय उत्पादन बिक्रीका लागि अन्यत्र जानु परेको छैन, उत्पादित कृषिजन्य वस्तु गाउँमा बिक्री हुने गरेका छन् ।”
घरबास सञ्चालन र यहाँको पर्यटकीय गतिविधि बढ्दै जाँदा त्यसले स्थानीय उत्पादनमा पनि सकारात्मक प्रभाव पारेको बताउँदै थकालीले आसपासका जग्गामा खेती हुन थालेपछि जमिन बाँझो नभएको जानकारी गराउनुभयो । उहाँका अनुसार मुस्ताङ क्षेत्रमा पछिल्लो समय आलु, स्याउ, खुर्पानी, सिमीलगायत उत्पादन बढेको छ ।

 

 

ठिनीका १० घरमा घरबास व्यवसाय सञ्चालन भइरहेको जनाउँदै उहाँले आएका पाहुनालाई स्थानीय उत्पादनका परिकारहरू खुवाउने, मौलिक कलासंस्कृतिले मनोरञ्जन प्रदान गर्ने गरिएको बताउनुभयो । गाउँका पर्यटकीय स्थान जान्न र बुझ्न चाहनेका लागि पनि घरबास जीवन्त पाठशालाजस्तै बनेका उहाँको भनाइ छ ।
गण्डकी प्रदेशका जिल्लागत रूपमा तथ्याङ्कअनुुसार तनहुँमा ४७, पर्वतमा ४५, स्याङ्जामा ४४, कास्कीमा ३६, बागलुङमा २८, लमजुङमा २३, गोरखामा २२, नवलपरासी बर्दाघाट सुस्ता पूर्व र म्याग्दीमा १०/१०, मुस्ताङमा तीन र मनाङमा दुईवटा घरबास सञ्चालनमा छन् । अधिकांश सामुदायिक घरबासका रूपमा सञ्चालित छन् ।
गण्डकीमा घरबासको लहर बढिरहेको अवस्थामा कोभिड–१९ को महामारीका कारण भने केही समय सुस्ताएको थियो । पछिल्लो समय समयले साथ दिएसँगै घरबास व्यवसाय पुनः चलायमान बनेको सञ्चालकहरू बताउँछन् ।
घरबास सञ्चालनबाट स्थानीय उत्पादनको सहज बजारीकरणसँगै स्थानीयको रोजगारीमा महत्वपूर्ण उपलब्धि हासिल भएको गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले बताउनुभयो ।

 

“घरबासका माध्यामबाट गाउँमा पर्यटकीय गतिविधि बढेसँगै कतिपय स्थानमा विगतमा विदेशिएका जनशक्ति पनि यही फर्केर व्यापार/व्यवसाय सञ्चालन गर्न थालेका छन्”, उहाँले भन्नुभयो, “घरबासले स्थानीयको रोजगारीसँगै कृषिजन्य उत्पादन बढाउन पनि ठूलो सहयोग पुगेको छ ।”
 

मञ्चले अघिल्लो वर्ष गण्डकी प्रदेशभित्रका घरबास सञ्चालकहरूलाई पोखरामा आमन्त्रण गरेर ग्रामीण पर्यटक पथप्रदर्शकको तालिमसमेत दिएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार मञ्चमार्फत विभिन्न तालिमसँगै घरबास सञ्चालकबीच अनुभव आदानप्रदानलगायत कार्यक्रम पनि सञ्चालन गरिएका छन् ।

 

घरबास सञ्चालनले ग्रामीण पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादन प्रवर्द्धन र मूल्य तथा रोजगारी र्सिजनामा महत्वपूर्ण योगदान पुगिरहेको उहाँले बताउनुभयो । रोजगारी, उत्पादनसँगै स्थानीयवासीमा आतिथ्यताको भावना अभिवृद्धि गराउनसमेत उपयोगी बनिरहेका घरबास प्राचीन संस्कृतिको जगेर्नाका लागि पनि उत्तिकै सहयोगी बनेका छन् ।
गण्डकी प्रदेशका घरबासहरूमा हिमाली भेगमा पाइने तिब्बतीयन संस्कृतिदेखि तराईका थारु संस्कृतिसम्मको अनुभव लिन पाइन्छ । विभिन्न जातजाति, धर्म र संस्कृतिको अनुपम सङ्गमजस्तै बनेको यस प्रदेशमा ब्राह्मण, क्षेत्री, दलित, भोटे, गुरुङ, मगर, थारुलगायत विभिन्न समूदायका जातजाति तथा आदिवासीहरूका विभिन्न सस्कृति रहेका छन् ।
ठाउँ र परिवेश अनुसार यहाँका घरबासमा घाटु, कौरा, सोरठी, मारुनी, लठ्ठी नाच, झमरा नाच, डम्फु नाच, गोलेनी नाच, लोकभाका, झ्याउरे, भजन चुड्कालगायतका अनुभवसमेत लिन सकिन्छ ।
घरबास कार्यक्रम स्थानीय उत्पादनको बजारीकरण र स्वरोजगार अभिवृद्धिका लागि वरदान सावित बनेको स्याङ्जाको पुतलीबजार नगरपालिका, भैँसेगौँडास्थित मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिनुभयो ।
“घरबासका कारण गाउँमा उत्पादित कुटिकरेला, साग, फर्सी, स्कुस, लोकल टमाटर, मह, घ्युलगायत उत्पादन घरबाटै बिक्री हुन थालेका छन्”, उहाँले भन्नुभयो, “यहाँ आएका पाहुनालाई स्थानीय उत्पादन खुवाउन पाइएको छ । साथै उत्पादित समान पनि घरघरबाट सहजै बिक्री हुँदा यसले आम्दानी बढाएको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

लहान नगरपालिकाद्वारा मृतक परिवारलाई सहयोग

सिरहा, लहान नगरपालिका क्षेत्रभित्र गरिब, विपन्न, दलित तथा मुसहर समुदायका सदस्यको मृत्यु भएपछि नगरपालिकाले राहत वितरण गर्दै आएको छ । सोही नीतिअनुसार लहान–५ बलुवाटोलकी ४० वर्षीया डोमनीदेवी मोचीको निधनपछि नगरपालिकाले आज पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।   नगर प्रमुख महेश चौधरी र वडा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो...

बोन्डी समुद्री तटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ: प्रहरी

सिड्नी, हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषहरूको अस्ट्रेलियाको बोन्डी समुद्र तटमा सामूहिक गोलीबारी गर्ने अपराधीहरूसँग वैचारिक सम्बन्ध रहेको प्रहरीले शुक्रबार जनाएको छ ।   मध्ये सिड्नीबाट २८ किलोमिटर दक्षिणपश्चिममा रहेको लिभरपुलको उपनगरमा बिहीबार प्रहरीले हिंसात्मक कार्यको योजना बनाइरहेको...

प्राङ्गारिक लक्ष्यमा मूल्यवान लोगोसम्बन्धी ‘कर्णाली संवाद’ सुरु

कर्णाली,  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्राङ्गारिक मिसनमा मूल्यवान लोगोः अवसर, चुनौती र कार्यदिशा विषयक ‘कर्णाली संवाद’ सुरु भएको छ ।कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा दिगो कृषि तथा जैविक स्रोतका लागि एसियाली नेटवर्क (एन्साब) र लिबर्डको आयोजनामा पर्यावरणीय कृषिमा आधारित...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

‘सार्वजनिक खर्चको प्रभावकारिता कमजोर र सेवा प्रवाहमा अपेक्षित सुधार देखिएन’

काठमाडौँ,  अर्थशास्त्री डा डिल्लीराज खनालले सार्वजनिक खर्चको प्रभावकारिता कमजोर रहेको र सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारका लागि नीति संवाद कार्यक्रम’ मा उहाँले नतिजा देखाउन...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९