गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

गण्डकी,  मुलुकभित्र पहिलोपटक घरबास (होमस्टे) पर्यटनको सुरुआत भएको गण्डकी प्रदेशअन्तर्गतको स्याङ्जा जिल्लाको शिरुबारी गाउँ हो । पछिल्लो समय प्रदेशका ११ वटै जिल्लाका विशेषतः ग्रामीण भेगका घरबास सञ्चालन भएका छन् । कतिपय स्थानमा घरबास पर्यटनका कारण विगतमा सहर झरेका स्थानीयहरू पुनः गाउँ फर्कन थालेका छन् । घरबासका कारण ग्रामीण क्षेत्रका रमणीय स्थानहरू पर्यटनसँग जोडिन थालेका छन् ।
गाउँबाट जनशक्तिको पलायन राष्ट्रव्यापी समस्याका रूपमा देखिए पनि कतिपय गाउँमा घरबासका कारण गाउँ छोडेकाहरू पनि पुनः फर्कन थालेका छन् । हिमाल पारीको जिल्ला मुस्ताङस्थित ठिनी गाउँमा घरबास सञ्चालनमा आएसँगै उक्त क्षेत्रका स्थानीय उत्पादनले मूल्य पाउनुका साथै स्थानीयवासीका लागि रोजगारीका अवसर सिर्जना भएका स्थानीय युवा निरज थकालीले बताउनुभयो । यहाँका घरबासले स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै आएका उहाँको भनाइ छ ।

 

 

“ठिनी गाउँमा यहाँका स्थानीयले २०७२ सालदेखि घरबास सञ्चालन सुरु गरेकामा औपचारिक रूपमा २०७५ सालदेखि दर्ता गरिएको हो”, उहाँले भन्नुभयो, “घरबास सञ्चालनसँगै स्थानीय उत्पादन बिक्रीका लागि अन्यत्र जानु परेको छैन, उत्पादित कृषिजन्य वस्तु गाउँमा बिक्री हुने गरेका छन् ।”
घरबास सञ्चालन र यहाँको पर्यटकीय गतिविधि बढ्दै जाँदा त्यसले स्थानीय उत्पादनमा पनि सकारात्मक प्रभाव पारेको बताउँदै थकालीले आसपासका जग्गामा खेती हुन थालेपछि जमिन बाँझो नभएको जानकारी गराउनुभयो । उहाँका अनुसार मुस्ताङ क्षेत्रमा पछिल्लो समय आलु, स्याउ, खुर्पानी, सिमीलगायत उत्पादन बढेको छ ।

 

 

ठिनीका १० घरमा घरबास व्यवसाय सञ्चालन भइरहेको जनाउँदै उहाँले आएका पाहुनालाई स्थानीय उत्पादनका परिकारहरू खुवाउने, मौलिक कलासंस्कृतिले मनोरञ्जन प्रदान गर्ने गरिएको बताउनुभयो । गाउँका पर्यटकीय स्थान जान्न र बुझ्न चाहनेका लागि पनि घरबास जीवन्त पाठशालाजस्तै बनेका उहाँको भनाइ छ ।
गण्डकी प्रदेशका जिल्लागत रूपमा तथ्याङ्कअनुुसार तनहुँमा ४७, पर्वतमा ४५, स्याङ्जामा ४४, कास्कीमा ३६, बागलुङमा २८, लमजुङमा २३, गोरखामा २२, नवलपरासी बर्दाघाट सुस्ता पूर्व र म्याग्दीमा १०/१०, मुस्ताङमा तीन र मनाङमा दुईवटा घरबास सञ्चालनमा छन् । अधिकांश सामुदायिक घरबासका रूपमा सञ्चालित छन् ।
गण्डकीमा घरबासको लहर बढिरहेको अवस्थामा कोभिड–१९ को महामारीका कारण भने केही समय सुस्ताएको थियो । पछिल्लो समय समयले साथ दिएसँगै घरबास व्यवसाय पुनः चलायमान बनेको सञ्चालकहरू बताउँछन् ।
घरबास सञ्चालनबाट स्थानीय उत्पादनको सहज बजारीकरणसँगै स्थानीयको रोजगारीमा महत्वपूर्ण उपलब्धि हासिल भएको गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले बताउनुभयो ।

 

“घरबासका माध्यामबाट गाउँमा पर्यटकीय गतिविधि बढेसँगै कतिपय स्थानमा विगतमा विदेशिएका जनशक्ति पनि यही फर्केर व्यापार/व्यवसाय सञ्चालन गर्न थालेका छन्”, उहाँले भन्नुभयो, “घरबासले स्थानीयको रोजगारीसँगै कृषिजन्य उत्पादन बढाउन पनि ठूलो सहयोग पुगेको छ ।”
 

मञ्चले अघिल्लो वर्ष गण्डकी प्रदेशभित्रका घरबास सञ्चालकहरूलाई पोखरामा आमन्त्रण गरेर ग्रामीण पर्यटक पथप्रदर्शकको तालिमसमेत दिएको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार मञ्चमार्फत विभिन्न तालिमसँगै घरबास सञ्चालकबीच अनुभव आदानप्रदानलगायत कार्यक्रम पनि सञ्चालन गरिएका छन् ।

 

घरबास सञ्चालनले ग्रामीण पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादन प्रवर्द्धन र मूल्य तथा रोजगारी र्सिजनामा महत्वपूर्ण योगदान पुगिरहेको उहाँले बताउनुभयो । रोजगारी, उत्पादनसँगै स्थानीयवासीमा आतिथ्यताको भावना अभिवृद्धि गराउनसमेत उपयोगी बनिरहेका घरबास प्राचीन संस्कृतिको जगेर्नाका लागि पनि उत्तिकै सहयोगी बनेका छन् ।
गण्डकी प्रदेशका घरबासहरूमा हिमाली भेगमा पाइने तिब्बतीयन संस्कृतिदेखि तराईका थारु संस्कृतिसम्मको अनुभव लिन पाइन्छ । विभिन्न जातजाति, धर्म र संस्कृतिको अनुपम सङ्गमजस्तै बनेको यस प्रदेशमा ब्राह्मण, क्षेत्री, दलित, भोटे, गुरुङ, मगर, थारुलगायत विभिन्न समूदायका जातजाति तथा आदिवासीहरूका विभिन्न सस्कृति रहेका छन् ।
ठाउँ र परिवेश अनुसार यहाँका घरबासमा घाटु, कौरा, सोरठी, मारुनी, लठ्ठी नाच, झमरा नाच, डम्फु नाच, गोलेनी नाच, लोकभाका, झ्याउरे, भजन चुड्कालगायतका अनुभवसमेत लिन सकिन्छ ।
घरबास कार्यक्रम स्थानीय उत्पादनको बजारीकरण र स्वरोजगार अभिवृद्धिका लागि वरदान सावित बनेको स्याङ्जाको पुतलीबजार नगरपालिका, भैँसेगौँडास्थित मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिनुभयो ।
“घरबासका कारण गाउँमा उत्पादित कुटिकरेला, साग, फर्सी, स्कुस, लोकल टमाटर, मह, घ्युलगायत उत्पादन घरबाटै बिक्री हुन थालेका छन्”, उहाँले भन्नुभयो, “यहाँ आएका पाहुनालाई स्थानीय उत्पादन खुवाउन पाइएको छ । साथै उत्पादित समान पनि घरघरबाट सहजै बिक्री हुँदा यसले आम्दानी बढाएको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

सेती र कर्णाली नदीमा जलयात्रा उत्सव

गोदावरी (कैलाली), सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइको आयोजनामा १२ दिने जलयात्रा महोत्सव आजदेखि सुरु भएको छ ।प्रदेश पर्यटन कार्यक्रम कार्यन्वन इकाइ धनगढीका अनुसार डोटीको दिपायलस्थित सेती नदीबाट सुरु भएको उक्त जलयात्रा सेती नदी हुँदै कर्णाली नदीको...

बाग्मती प्रदेश सरकारद्वारा रु २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

बाग्मती,  बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत अर्थात् रु २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार राजस्व सङ्कलन गरेको छ ।  घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

न्याय माग्दै पीडितहरु महिला आयोगमा

काठमाडौँ, हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोगमा नाराबाजी गरेका छन् ।‘महिला अधिकार सुनिश्चित गर्’, ‘महिला हिंसा अन्त्य गर्’, ‘महिला आयोग किन चुप् ?’, ‘इनिशा विक र रेश्मिका परियारलाई न्याय देऊ’, ‘छोरी चेलीको रक्षा गर्’ नाराका साथ पीडित पक्षले महिला...

‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ,  पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी

विराटनगर,  कोशी अस्पतालले आफ्नै ‘ब्लड बैंक’ स्थापना गर्ने भएको छ ।  कोशी प्रदेशकै सबैभन्दा ठूलो सो अस्पतालमा बिरामीको चापसगै दैनिक रगत अभाव हुन थालेपछि  ‘ब्लड बैंक’ स्थापनाको तयारी थालिएको हो । प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका अनुसार कोशी प्रदेशमा दैनिक करिब ९०० देखि १००० युनिटसम्म...

प्रधानमन्त्री कप क्रिकेटः एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

काठमाडौं, प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ ।मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २७१ रनको  योगफल तयार पारेको हो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९