महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान

गण्डकी,शनिबार मात्रै पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा दोस्रो दाइँ महोत्सव सम्पन्न भएको छ । पोखरा प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै यहाँको महिमा र गरिमालाई यहाँ सञ्चालन हुने विभिन्न मेला महोत्सवले उजागर गरिहेका छन् । पर्यटनसम्बद्ध सङ्घसंस्थाले गर्ने महोत्सवका कारण पछिल्लो समय पोखरामा महोत्सवका माध्यमबाट व्यापार व्यवसाय चलायमान बन्दै गएको छ ।

 

पोखरामा हुने मेला महोत्सवले आन्तरिक तथा विदेशी पर्यटकलाई आकर्षित गरेको छ । विभिन्न सङ्घ संस्थाको आयोजनामा हुँदै आएका महोत्सवसँगै कृषिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ गरिने महोत्सवले यहाँको पर्यटन प्रवर्द्धनमा योगदान पुगेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउनुहुन्छ । कृषिलाई पर्यटनसँग जोड्नुपर्छ भन्ने उद्देश्यका साथ प्रत्येक वर्ष असारे रोपाइँ महोत्सव गर्दै आएको परिषद्ले गत वर्षदेखि दाइँ महोत्सवसमेत गर्न थालेको छ ।

 

‘पोखरा सबै मौसमका लागि’ नाराका साथ कृषिलाई पर्यटनसँग जोड्न परिषद्ले २०६१ सालदेखि बर्सेनि असार १५ गते पोखरा आसपासका क्षेत्रमा असारे रोपाइँ महोत्सव गर्दै आएको थियो । परिषद्ले गर्दै आएको महोत्सवकै कारण त्यसको सिको गर्दै पोखरा आसपासका विभिन्न क्षेत्रमा त्यहाँको स्थानीय सरकार, स्थानीयवासीको सक्रियतामा रोपाइँ महोत्सव गरिँदै आएको छ ।

 

यस वर्ष पोखरा महानगरपालिका–१९ पुरनचौरको चुरुङ्गामा दोस्रो दाइँ महोत्सव सम्पन्न गरेको परिषद्का प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरि भुजेलले जानकारी दिनुुभयो । पोखराको सेती नदीको किनारस्थित ढुङ्गे साँघुमा माघे संक्रान्तिका अवसरमा लाग्ने मेला नेपालकै प्राचीन मेला मध्येमा पर्दछ । भगवान रामसीतासँग जोडिएको यो मेला त्रेतायुगदेखि लाग्दै आएको विश्वास गरिएको छ । ऐतिहासिक दस्तावेजअनुसार यो मेला १९६४ सालदेखि लाग्दै आएको पाइन्छ ।

 

स्थानीय उत्पादन ठूलो मात्रामा बिक्री वितरण हुने यस मेलामा कास्की जिल्ला मात्र नभै आसपासका जिल्लाबाट सरसमान किनमेल गर्न र मेला हेर्न सर्वसाधारण आउने गरेका छन् । ढुङ्गेसाँघुको मेला हेर्न माघे संक्रान्तिका दिनमा भगवान शिव, ब्रह्मा, विष्णुलगायत विभिन्न देवीदेवता आउने जनविश्वास छ । भगवान् राम र सीता आफ्नो जीवनकालमा यहाँस्थित सीताघाटमा आएको विश्वासले पनि यहाँको धार्मिक महत्व अझै चुलिएको पाइन्छ ।

 

पोखरामा पछिल्लो समय पुम्दीकोटस्थित विशाल महादेव मूर्ति, सराङ्कोटस्थित पञ्चमुखी महादेव मन्दिरसँगै साहसिक पर्यटनका विभिन्न पूर्वाधार एवं गतिविधि थपिएका कारण मेला महोत्सवले यहाँको पर्यटकीय गतिविधि बढाइरहेको छ । मेला महोत्सवले यहाँको पर्यटकीय गतिविधि बढाइरहेको परिषद्का अध्यक्ष पहारीले बताउनुुभयो ।

 

अङ्ग्रेजी नयाँ वर्षमा रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले गर्दै आएको पोखरा सडक महोत्सवको २७औँ संस्करण आगामी पुस १३ गतेदेखि १७ गतेसम्म गर्ने गरी तयारी रहेको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिनुुभयो । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा लेकसाइड क्षेत्रमा गरिने सडक महोत्सव पोखराको पहिचान नै बनिसकेको उहाँको भनाइ छ । ‘ सडकमै खाउँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ नारासहित गरिने महोत्सव व्यवस्थित गरिँदै लगिएको छ ।

 

पोखरा उद्योग वाणिज्य सङ्घले हरेक वर्ष गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी थालिसकेको छ । सङ्घले यही मङ्सिर १७ देखि २२ गते पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा नेपाल मणिपाल अस्पताल ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक २०८२ आयोजना गर्न लागेको सङ्घका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिनुुभयो ।

 

विसं २०११ मा स्थापित सङ्घले पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको सहरमा रुपान्तरण गर्नका लागि २०४२ सालमा पहिलो राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गरेको थियो । मेलाका अवसरमा हुने व्यापार व्यवसायले यहाँको अर्थतन्त्रमा केही न केही योगदान पु¥याउने गरेको छ । पोखराकै लेखनाथ क्षेत्रमा लेखनाथ उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्दैआएको छ । होत्सवले यस क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्रलाई चलायमान बनाउन भूमिका खेलेको सङ्घका अध्यक्ष जानुका पराजुलीले जानकारी दिनुुभयो ।

 

सङ्घले पुस ३ देखि १४ गतेसम्म पोखरा महानगरपालिका–२७ तालचोकमा २१औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको छ । सङ्घले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ सालदेखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको छ । विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा जुटाएर लेखनाथ क्षेत्रको पहिचान गराउँदै आएको छ । महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादित वस्तुहरुको बजारीकरण, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनको प्रर्दशनी एवम् विक्री हुँदै आएको छ ।

 

युनाइटेड क्लब पोखराले आयोजना गर्दै आएको पोखरा महोत्सवको १४औँ संस्करण आगामी पुष २९ देखि माघको ११ गतेसम्म गरिने भएको छ । पोखराको अमरसिंह चौरमा बर्षेनि हुँदै आएको सो महोत्सव यहाँको पर्यटकीय पहिचान बन्दै गएको छ ।

 

 

यी महोत्सवसँगै हरेक वर्ष नेपाली नयाँ वर्षमा होटेल सङ्घ पोखराले गर्दै आएको फेवा नव वर्ष महोत्सव, भाइटिका महोत्सव, तीजमा पर्यटन व्यवसायी महिला सङ्घ (टेवान) पोखराले गर्दै आएको तीज सांस्कृतिक महोत्सव, पोखरा–४ ले गर्दै आएको यःमरी महोत्सव, नेवाः खलले गर्दै आएको गाईजात्रा महोत्सव, लेखनाथ होटेल तथा रेष्टुरेण्ट एशोसिएशनले गर्दै आएको फिस फेष्टिवललगायत महोत्सवले पोखराको समग्र पर्यटनमा योगदान पुग्दै आएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

 

पोखरामा सञ्चालन हुने मेला महोत्सवको प्रवद्र्धनमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले सहयोग गर्दै आएको बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले बताउनुुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयले आज दिउँसो १ः०० बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्नेगरी बैठक बोलाइएको जनाएको छ । एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित नेतृत्वको शपथग्रहण बिहीबार सम्पन्न भइसकेको छ...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी, बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा जडान गर्न सुरु भएको छ । टेरा सोल इनर्जी कम्पनीले नेपाल विद्युत् प्राधिकरणको स्वीकृत परियोजनाअनुसार उक्त आयोजनाको काम सुरु गरेको हो । छ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको उक्त आयोजनाको लागत रु एक...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

तनहुँको थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु

दमौली (तनहुँ),जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आज आँखा उपचार केन्द्रको उद्घाटन गर्दै यहाँका नागरिकले स्थानीयस्तरमा प्रभावकारी सेवा लिन सक्ने बताउनुभयो ।   योसँगै यस क्षेत्रका सर्वसाधारणलाई आँखा उपचारका लागि दमौली...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९