चरा संरक्षणमा चासो

चरा संरक्षणमा चासो
राष्ट्रिय समाचार समिति (रासस)
तानसेन (पाल्पा), १८ मङ्सिरः चरा संरक्षणकर्मीहरुले दुर्लभ चरा संरक्षणमा चासो देखाएका छन् । जथाभावी प्राकृतिक दोहन, जलवायु परिवर्तन, कृषि बालीमा प्रयोग गरिने विषादी, रासायनिक मलको प्रयोग, जल तथा वायु प्रदूषणलगायतका कारणले चरा लोप हुने अवस्थामा पुग्न थालेपछि संरक्षणकर्मीहरुले चासो देखाएका हुन् ।

 

उनीहरुले गोष्ठी, छलफल र ‘फिल्ड स्टडी’ गरी चरा संरक्षणमा चासो देखाएका छन् । बुधबार पाल्पाको तानसेनमा चरा संरक्षण गर्ने उद्देश्य राखेर राष्ट्रिय कार्यशाला गोष्ठी भएको छ । गोष्ठीमा सहभागी हुन सातै प्रदेशका चरा संरक्षणकर्मी यहाँ आएका छन् ।

 

उहाँहरुले सरोकारवाला निकायसँग छलफल र चराको अहिलेको अवस्थाका बारेमा जानकारी गराउनुभएको छ । गोष्ठीमा सहभागीहरुले लोप हुँदै जान थालेका चराहरुको संरक्षणमा सबैले चासो देखाउनुपर्नेमा जोड दिएका छन् । उहाँहरुले मानविय कारणले नै चरा सङ्कटको अवस्थामा रहेको भन्दै त्यसको संरक्षण पनि मानवले नै गर्नुपर्ने  बताउनुभयो ।

 

कार्यक्रममा डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत मोहनप्रसाद श्रेष्ठले वातावरण र चरा संरक्षणमा गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले समुदायस्तरमा सचेतना जगाउन सके चरा संरक्षण गर्न सकिने बताउनुभयो ।

 

सामुदायिक वन उपभोक्ता महासङ्घ पाल्पाकी सचिव लक्ष्मी ज्ञवालीले पशुपंक्षी संरक्षण गर्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै आफुहरुले यी क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका सचिव रामचन्द्र रायमाझीले चरा, वातावरण र मानिसबीच अन्योन्याश्रित सम्बन्ध रहेकाले चरा र वातावरण संरक्षणमा सबैले चासो देखाउनुपर्ने बताउनुभयो ।

 

उहाँले चरा लोप हुँदै गर्दा मानव  जीवन नै सङ्कटमा पर्ने भएकाले यसतर्फ ध्यान दिन आवश्यक रहेको बताउनुभयो । सचिव रायमाझीले भन्नुभयो, “चरा संरक्षणका लागि समुदाय र विद्यालयस्तरमा पुगेर सचेतनाका कार्यक्रम गर्न जरुरी छ, यसतर्फ  नेपाल पंक्षी सङ्घले स्थानीय सरकारसँग समन्वय गरेर जानुपर्छ ।”
कार्यक्रममा नेपाल पंछी संरक्षण सङ्घका प्रमुख कार्यकारी अधिकृत इशाना थापाले संस्थाको परिचय, चराका लागि महत्वपूर्ण क्षेत्रहरु, आगामी कार्यक्रम तथा प्रजाती संरक्षणमा चालिएका विभिन्न कदमका बारेमा जानकारी गराउनुभएको थियो ।

 

सोही अवसरमा गुल्मीमा चरा संरक्षण तथा जिवीकोपार्जन सहयोग परियोजनाका  अधिकृत शम्भु भट्टराई, रेसुङ्गा, मदाने, थाप्ले सत्यवती वन संरक्षण क्षेत्र गुल्मीका परियोजना अधिकृत नवराज पोखरेलले गुल्मीमा पाइने चराहरुको अवस्था, चुनौतीका र विसिएनका वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाइले नाम्खा गाउँपालिका हुम्लामा पाइने कालीकण्ठ सारसको अवस्था र चुनौतीका बारेमा प्रस्तुती राख्नुभएको थियो ।

 

गोष्ठीमा लोप हुन लागेका चराको संरक्षणमा सबै निकाय एक  भएर लाग्ने प्रतिबद्धता जनाइएको अधेरी छरछरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लोकनाथ घिमिरेले बताउनुभयो । पाल्पामा पनि चराहरुकमे बासस्थान मासिँदै गएकाले चराहरुको संरक्षणमा चुनौती थपिएको  खैरेनी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष छायाँप्रकाश पंगेनीले उल्लेख गर्नुभयो । छरछरे वनका सल्लाहकार निरञ्जन भुसालले आगामी दिनहरुमा पनि चरा संरक्षणमा बहस र सचेतनाका कार्यक्रमलाई सशक्त ढंगले अगाडि बढाउने बताउनुभयो ।
–––

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

एमाले महाधिवेशनः मतगणना सुरु

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ ।महाधिवेशनस्थल भृकुटीमण्डपमा १०ः०० बजेदेखि मतगणना सुरु भएको केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो । उहाँले मतगणना सुरु भएको तीन घण्टामा मतपरिणाम सार्वजनिक हुने बताउनुभयो ।     आज बिहान...

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती,  चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशतअर्थात् रु १६ अर्ब ११ करोड सात लाख ८२ हजार राजस्व सङ्कलन गरेको छ ।घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ ।     दुवै शीर्षकसहित बाँडफाँट...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

चितवन,  चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत्रमा खटिएका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार आज त्रिवेणी, अमलटारी, कसरा, हुँदै...

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यालय सङ्ख्याको अनुपातमा छैन शिक्षक दरबन्दी

भजनी (कैलाली), कैलालीमा विद्यार्थी र विद्यालयको सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्युन हुँदा पठनपाठनमा चुनौती देखिएको छ । माध्यमिक तहमा विद्यालय सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्यून हुँदा शिक्षकको अभाव छ ।जिल्लामा सामुदायिकतर्फ माध्यमिक तहसम्मको पठनपाठन हुने विद्यालय सङ्ख्या १७४ छ । संस्थागतसहित कूल ३१२ विद्यालयले...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ,  हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपािलका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको समस्या देखिएको छ ।नेपाल हार्ट फाउण्डेशन, पाटन रोटरी क्लब, मेडिकेयर अस्पताल र चेपेल फाउण्डेशनको आयोजनामा आज सम्पन्न दुई दिने स्वास्थ्य...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९