मिचाहा प्रजातिसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ, नेपालमा बाह्य मिचाहा प्रजातिको विविधता, वितरण, प्रभाव, नीतिगत अवस्थाको समीक्षा गर्न मङ्सिर अन्तिम साता पहिलो राष्ट्रिय सम्मेलन हुन लागेको छ ।यही मङ्सिर २६ र २७ गते काठमाडौँमा हुने सम्मेलनमा मिचाहा प्रजातिसम्बन्धी विश्वव्यापी तथा राष्ट्रिय मुद्दामा विविध सरोकार भएकाहरूबीच सचेतना वृद्धि गर्ने उद्देश्य रहेको जनाइएको छ । वन तथा वातावरण मन्त्रालय, वन अनुसन्धान तथा तालिम केन्द्रको मुख्य आयोजनामा हुन लागेको सम्मेलनको नारा ‘बाह्य मिचाहा प्रजाति नियन्त्रणका लागि सहमति निर्माण’ रहेको छ ।

सम्मेलनमा मिचाहा प्रजाति नियन्त्रण तथा रोकथामका प्रभावकारी नीतिगत र कार्यक्रमगत प्रतिक्रियाका लागि सरोकार भएकाबीच सहकार्य निर्माण गरिने केन्द्रका उपसचिव सुनिता उलकले जानकारी दिनुभयो । मिचाहा प्रजातिका कारणले पारिस्थितिकीय प्रणालीमा क्षति पु¥याउने, जैविक विविधता र कृषि उत्पादनमा ह्रास ल्याउने तथा स्थानीय बासिन्दाको जीविकोपार्जनमा नकारात्मक असर पु¥याउने कार्य निरन्तर भइरहेको उहाँले बताउनुभयो ।

“यो समस्या थप बढ्दै जाने अवस्था छ । त्यसैले सरकारी तथा शैक्षिक संस्था, संरक्षण तथा विकास साझेदार, गैरसरकारी संस्था तथा निजी क्षेत्रका साथै संरक्षण अभियानमा लागि रहेको प्रतिनिधिलाई एउटै साझा मञ्चमा ल्याएर मिचाहा प्रजातिसम्बन्धी सम्झदारी र सामूहिक कदममा सहमति निर्माण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको हो”, उपसचिव उलकले भन्नुभयो ।

बाह्य मिचाहा प्रजाति व्यवस्थापनसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलनले ज्ञान आदानप्रदान, राष्ट्रिय अवस्थाको मूल्याङ्कन, प्रभावकारी व्यवस्थापन उपायहरू पहिचान गर्ने तथा प्रमाणमा आधारित नीति सिफारिसहरू तयार गर्न अवसर प्रदान गर्ने उहाँको विश्वस छ । यसबाहेक सम्मेलनले दिगो विकास लक्ष्य र जैविक विविधता महासन्धिलगायत अन्तरराष्ट्रिय प्रतिबद्धतालाई राष्ट्रिय कार्ययोजनासँग समायोजन गर्न मद्दत गर्ने जानकारहरू बताउँछन् । सम्मेलनले विसं २०७८÷७९ मा स्वीकृत राष्ट्रिय बाह्य मिचाहा प्रजाति व्यवस्थापन रणनीति तथा कार्यान्वयन योजनाका उद्देश्य पूरा गर्न योगदान पु¥याउने बताइएको छ ।

सम्मेलनमा जैव–सुरक्षा (वनस्पति तथा जनावर क्वारेन्टिन) तथा जैविक आक्रमण, वन तथा कृषि–वन प्रणालीका लागि विदेशी प्रजातिको प्रयोग, मत्स्य, एक्वाकल्चर तथा एक्वेरियममार्फत विदेशी प्रजातिको आगमन, फ्लोरिकल्चर र आक्रामक बोटबिरुवा परिचय, व्यापार, यात्रा तथा पर्यटनमार्फत आक्रामक प्रजातिको फैलावट तथा पूर्वाधार विकास र जैविक आक्रमणका विषयमा छलफल हुनेछ ।

यस्तै, कृषि तथा खाद्यसुरक्षामा आक्रामक प्रजातिको खतरा, आदिवासी तथा स्थानीय समुदायमा यसको प्रभाव, वन व्यवस्थापनमा यसको नियन्त्रण एकीकृत गर्ने, संरक्षित क्षेत्र तथा रामसार क्षेत्रमा मिचाहा प्रजातिको व्यवस्थापनबारे पनि छलफल हुने जनाइएको छ । यसका साथै सहरी योजना तथा सहरी जैविक विविधता व्यवस्थापनमा यसको संयोजन, विदेशी प्रजातिको आगमन, फैलावट तथा नियन्त्रणमा विभिन्न निकाय, साझेदार र सरकारी संस्थाको भूमिका, विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा जैविक आक्रमण र स्थानीय तहको भूमिका मिचाहा प्रजाति व्यवस्थापनसम्बन्धी समन्वय, सहकार्य र नीतिबारेमा छलफल हुनेछ ।
सम्मेलनमा नीतिनिर्माता, सरकारी अधिकारी, शोधकर्ता, शैक्षिक क्षेत्रका व्यक्ति, गैरसरकारी संस्थाका प्रतिनिधि, सामूदायिक सङ्गठनहरू, निजी क्षेत्र तथा मिचाहा प्रजाति व्यवस्थापनमा संलग्न सरोकार भएकालगायत करिब २०० सहभागी रहने आयोजकले जनाएको छ ।

नेपालमा २९ प्रकारका मिचाहा प्रजाति

तालिम केन्द्रका महानिर्देशक डा राजेन्द्र केसीले नेपालमा पछिल्लो समय जलवायु परिवर्तनलगायत कारणले बाह्य प्रजातिको चुनौती बढ्दो रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालमा हालसम्म २९ प्रकारका मिचाहा प्रजातिका वनस्पति देखिएको केन्द्रको तथ्याङ्क छ । यिनले अन्य स्थानीय वनस्पतिलाई दबाउँछ, वृद्धि हुन दिँदैन । सूर्यको प्रकाश पर्न नदिनेलगायत असर गर्दछ । मिचाहा प्रजाति आफँै भने जटिल परिस्थितिमा पनि बाँच्न सक्छ ।”

विदेशमा हुने यात्रा र सँगै ल्याइने विभिन्न सामान, विदेशबाट ल्याइने वन पैदावार, काठ, बीउलगायत माध्यमले मिचाहा प्रजातिको प्रवेश हुने र अनुकूल हावापानीमा तीव्र रूपमा बढेर अन्य वनस्पतिलाई मासिदिने गरेको डा केसीले बताउनुभयो । मिचाहा वनस्पतिको उपयोग गर्दा वतावरणीय दृष्टिले दिगो नहुने यस क्षेत्रका विज्ञहरूको भनाइ छ ।

हाल झापामा उल्टेकाँडा झार निकै फैलिएको बताइन्छ, जुन तत्कालीन समयमा भुटानी शरणार्थीको घर छाउन भारतबाट ल्याइएको खरसँगै आयात भएको अध्ययनले देखाएको छ । राष्ट्रिय निकुञ्जका वनमा पाइने वनमारा र माइकेनिया झार, तालतलैयामा पाइने जलकुम्भी, बाँझो जमिनमा फैलिने निलोगन्धे झारलगायत प्रमुख मिचाहा प्रजाति हुन् ।मिचाहा प्रजातिले खासगरी कृषिमा धेरै हानि पु¥याउने र सुक्खायाममा सुकेर डढेलोका प्रमुख कारक बन्ने गरेका छन् । नेपालका मिचाहा प्रजातिको आयात २०० देखि २५० वर्षदेखि भएको मानिन्छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९