पुस्तक चर्चाः गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’

काठमाडौँ, नेपालको संविधान जारी भएपछि स्थानीय तहलाई स्थानीय सरकार भनिएको छ । यसअघि स्थानीय तहलाई स्थानीय निकाय भन्ने गरिन्थ्यो । शब्दमा फरक भए पनि उनीहरुको जिम्मेवारी भनेँ उस्तै छ । हिजोको स्थानीय निकायको क्षेत्र सानो थियो भनेँ आज त्यसको आकार बढेर ठूलो भएको छ । हिजोका गाउँ विकास समिति ९गाविस० अहिले वडामा परिणत भएका छन् । त्यसैले पनि कसैकसैले आफू गाविस अध्यक्षसरह नै भएको भन्न पनि पछि परेका छैनन् । हिजोको दिनमा सिंहदरबारमा भएको अधिकार अहिले गाउँगाउँसम्म पुगेको मान्यता स्थापित गर्न पनि गाउँगाउँमा सिंहदरबारको नारा लगाइएको छ । कतिपय अवस्थामा यो सार्थक छ कि छैन भन्ने कुरा पनि छलफलको विषय बनेको छ ।

समग्र मिडिया प्रालिले हालै ‘गाउँगाउँमा सिंहदरबार’ पुस्तक प्रकाशनमा ल्याएको छ । सरकारले सिंहदरबारलाई गाउँगाउँमा पु¥याएको भनिरहेका बेला मिडिया प्रालिकोतर्फबाट पत्रकार अप्सरा गौतमद्वारा सम्पादित यस पुस्तकले साँच्चै नै सिंहदरबार गाउँगाउँमा पुगेको झल्को दिएको छ । पुस्तकले गाउँ र सिंहदरबारको सम्बन्धलाई जोड्ने काम गरेको छ भन्न सकिन्छ । जनताले गुनासो गर्ने बेलामा सिंहदरबारको अधिकार गाउँगाउँमा गए पनि भ्रष्टाचार र अनियमितता पनि सँगसँगै गएको भनेर आलोचना गर्नेको सङ्ख्या पनि कम छैन ।

यो पुस्तकले पनि स्थानीय सरकारका गुनासा, सम्भावना र चुनौतीलाई समेटेको छ । सिंहदरबारबाट स्थानीय सरकार चलाउने मन्त्री, प्रदेशका मुख्यमन्त्री, प्रदेशका सभामुख, प्रदेश प्रमुखसँगै स्थानीय तहका बहालवाला प्रतिनिधि र निवर्तमान प्रतिनिधिहरुको आ–आफ्नो अनुभव सँगालिएको यस पुस्तकले सङ्घीयता र स्थानीय तहलाई थोरै भए पनि बलियो बनाउने प्रयास गरेको छ भन्न सकिन्छ ।

पुस्तकको भूमिकामा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा पुष्पराज कँडेलले लेख्नुभएको छ, “हिजोका स्थानीय निकायहरु पनि बलिया थिए तर सङ्घ सरकारप्रति उत्तरदायी हुनुपर्ने थियो, स्थानीय सरकारहरुले संविधानले दिएको दायित्वलाई राम्रोसँग निर्वाह गर्ने सुशासन र समन्वयको पाटोलाई ध्यान दिनुपर्छ, निजी कुराभन्दा पनि आमजनताका हित र प्राथमिकतामा राखिएका विषयलाई ध्यान दिनुपर्दछ ।” कँडेलले स्थानीय सरकारले जनताको हितलाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका छन् । उनले स्थानीय तहका प्रतिनिधिले निजी स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका छन् ।

स्थानीय तहविज्ञ बालानन्द पौडेलले पनि पुस्तककाबारेमा लेख्नुभएको छ– “वडाध्यक्ष कार्यपालिका सदस्य हुने वडासदस्य र वडाध्यक्ष सभामा सहभागी हुने कार्यकारिणी अधिकार प्रयोग गर्ने र कानुन बनाउने ठाउँमा पनि वडाको प्रतिनिधित्व हुने भएकाले वडालाई योजना इकाइभन्दा पनि त्यसको कार्यान्वयनको इकाइ बनाइनुपर्दछ, अहिले विकास योजनाको मोडल अलिकति परिवर्तन गर्नुपर्ने देखिन्छ, संविधाननिर्माताले स्थानीय सरकारप्रति धेरै भरोसा गरेको देखिन्छ ।” उहाँले संविधान बनाउँदा स्थानीय तहलाई अधिकार बढी दिएको पनि उल्लेख गर्नुभएको छ ।

स्थानीय तह र सङ्घीयताकाबारेमा राष्ट्रियसभाका पूर्वसांसद तथा सङ्घीयताविज्ञ खिमलाल देवकोटाको भनाइ यस्तो छ, “स्थानीय तह लोकतन्त्रका आधारस्तम्भ हो, जनतासँग निकटताका कारण स्थानीय तहलाई स्थानीय सरकार पनि भन्ने गरिन्छ, जनताको घरदैलोसम्म राज्यप्रदत्त सेवा सुविधाहरु पु¥याउने काम स्थानीय सरकारले गर्छ, जनताको प्रत्यक्ष निगरानी र नियन्त्रणमा स्थानीय सरकार हुन्छन्, संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाएको छ, स्थानीय तहका अधिकारहरु संविधानको अनुसूचीमा छ ।” ९पृष्ठ १११० देवकोटाले भने झैँ स्थानीय तहले नागरिकलाई घरदैलोसम्म सेवा दिने भएकाले पनि स्थानीय तह त्यहाँको सरकार नै हो । सिंहदरबारमा रहेको केन्द्रीय सरकारले मात्र त्यहाँका वडालाई हेर्न नसक्ने र त्यहाँ के–के असुविधा छ भन्ने कुरा बुझ्न नसक्ने भएकाले पनि त्यहाँको समस्यालाई सके त्यहीँ समाधान गर्ने नसके केन्द्रीय सरकारमा ल्याएर समाधानको पहल गर्ने काम पनि स्थानीय सरकारले नै गर्छ ।

विभिन्न विज्ञहरुका ३२ वटा लेख र प्रदेशको चिनारीसँगै त्यहाँका जिल्ला र स्थानीय तहको नाम पनि समेटेर तयार पारिएको पुस्तक ३ सय १२ पेजमा सङ्ग्रहित छ । प्रकाशकीयमा सम्पादक गौतमले भन्नुभएको छ, “स्थानीय तह नै नेपाली जनताको विकासको मूल आधारक्षेत्र भएको हुँदा हामीले पुस्तकमा स्थानीय तहसँग सम्बन्धित गुनासा, समस्या, सम्भावना, नीतिनिर्माण, योजना, बजेट, रोजगारी, सुझावलगायतका विविध सामग्री प्रस्तुत गरेका छौँ ।” पुस्तकमा तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मधेस र कर्णाली प्रदेशबाहेकका अन्य प्रदेशका मुख्यमन्त्री, मधेस प्रदेशका सभामुख, कर्णाली प्रदेशका प्रदेश प्रमुखको लेखसमेत समेटिएकाले पनि पुस्तकलाई विविधता दिन खोजिएको छ । सरकार सञ्चालकका साथै संविधान कार्यान्वयन गर्नेकोसमेत विचार समेटिनुले पनि उनीहरुको बुझाइ र भनाइ के रहेछ भन्ने पुस्तक पढिसकेपछि सजिलै बुझ्न सकिन्छ ।

पुस्तकमा व्यक्त विचारहरुले स्थानीय वा जुनसुकै सरकारमा निर्वाचित भएर आइसकेपछि ती प्रतिनिधिले पार्टीभन्दा माथि उठेर काम गर्नुपर्दछ, घरदैलोदेखि सिंहदरबार चलाउनेहरुसम्मको मनमस्तिष्कमा आपसी समन्वयमा केही गरौँ भन्ने भावनाको विकास हुनुपर्ने देखिन्छ । सबै मिलेर देशमै रोजगारीको अवसरहरु सिर्जना गर्न सकेमा विदेशमा गएका युवाहरु पनि मेरै देश फर्किंदा मेरो भविष्यको ग्यारेण्टी छ र म भविष्य नेपालमै बिताउन सक्छु भन्ने अनुभूति गर्ने वातावरण बन्न सक्ने छ, सत्तामा पुग्नेले निरासा मात्रै बाँडिदिने परिस्थितिले यहाँ भविष्य छैन भनेर भौँतारिएका नागरिकका कारण केही वर्षपछि मुलुक ज्येष्ठ नागरिक केन्द्रजस्तो नबनोस् भन्नेमा सबैले ध्यान दिन आवश्यक रहेको कुरामा जोड दिइएको छ ।

विकेन्द्रित शासन प्रणालीमा गाउँगाउँमा सरकारको प्रतिनिधि विकास बजेटहरु पुगेका छन्, यति राम्रो प्रणालीलाई फेरि नारा लगाएर फेर्ने कुरा गर्नु गलत हो । अब जतिसक्दो स्थानीय तहलाई बलियो बनाउने, विकास बजेटलाई वास्तविक ठाउँमा पुर्‍ याउने, बजेट कार्यक्रमलाई नेतामुखी नबनाउने र सिफारिसको भरमा बजेट गाउँमा लैजाने कामको अन्त्य हुनुपर्ने तथ्यलाई उजागर गराउन खोजिएको छ । नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बाँस्कोटाको लेखमा युवा रोजगारी र उद्यमशीलता विकासमा लगानी गर्नुपर्नेमा जोड दिइएको छ । अब पालिकाहरुले पालिकाले उत्पादनमा अभियान नै चलाउनुपर्ने र त्यस्ता अभियानलाई पालिकाले प्रोत्साहन गर्नुपर्ने खाँचो छ ।

पुस्तकको बाहिरी गातामा नै सिंहदरबारको साङ्केतिक चित्र देखाइएकाले पनि यो पुस्तकको नामसँग प्रस्तुत गरिएका सामग्रीले सार्थकता पाएका छन् भन्न सकिन्छ । स्थानीय तहको कुरा मात्रै नगरी सङ्घीय सरकारका साथै प्रदेश सरकारलाई पनि जोडेर पुस्तकमा प्रस्तुत गरिएका विचारले प्रत्येक नागरिकलाई सन्देशसँगै जानकारी दिने साधन बनेको छ यो ‘गाउँगाउँमा सिंहदरबार’ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग

भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवं शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको तीनदिने महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । महाधिवेशनको उद्घाटन सत्रपछिका बाँकी कार्यक्रम...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कल्पना देवी थापा पुनः चयन हुनुभएको छ। मङ्गलबार सम्पन्न समूहको आठौँ वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। सर्वसम्मत चयन भएको कार्यसमितिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९