सङ्घीयतापछि पनि मधेसमा रोकिएन वन अतिक्रमण, फिर्ता ल्याउन अझै सकस

वीरगञ्ज (पर्सा),  विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता लागू भए पनि विभिन्न समयमा अतिक्रमणमा परेको वन क्षेत्र फिर्ता ल्याउन समस्या उस्तै देखिएको हो । मधेस प्रदेशका आठ जिल्लामा सन् २००२ अघिसम्म पाँच हजार ५३६ दशमलव ४१ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको तथ्याङ्क छ ।

 

 

सन् २००२ देखि सन् २०१२ सम्म आइपुग्दा मधेस प्रदेशमा थप तीन हजार ९७७ दशमलव १७ हेक्टर वन अतिक्रमणमा प¥यो । त्यस्तै सन् २०१२ देखि २०२३ सम्मको अवधिमा पनि मधेस प्रदेशमा वन  अतिक्रमणको घटना भने रोकिएन । यस अवधिमा थप १७९ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको तथ्याङ्क छ । सन् २०२३ सम्म मधेसका आठ जिल्लामा नौ हजार ६९२ दशमलव ५९ हेक्टर वन अतिक्रमणमा परेको छ ।

 

 

मधेस प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेलले विगतमा भएको वन क्षेत्र अतिक्रमणलाई फिर्ता ल्याउन नसके पनि नयाँ अतिक्रमण भने नियन्त्रणमा नै रहेको बताउनुभयो । “विगतको तुलनामा वन अतिक्रमण बढेको छैन्”, उहाँले भन्नुभयो, “अहिले वन अतिक्रण भइहालेमा डिभिजन वन कार्यालय मातहतका निकायले तुरुन्तै कारबाहीको दायरामा ल्याउँछन् ।” उहाँका अनुसार विगतमा अतिक्रणमा परेर घर–टहरा आवास बनाएको क्षेत्रमा भने अतिक्रमित वनलाई फिर्ता ल्याउन सहज अवस्था छैन ।

 

 

कुन जिल्लामा कति अतिक्रमण ?
मधेस प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा धेरै सर्लाहीमा तीन हजार २३ दशमलव १४ हेक्टर क्षेत्रफल अतिक्रमण भएको छ । रौतहटमा एक हजार ७१० दशमलव ९२ हेक्टर अतिक्रमणमा परेको  छ । धनुषामा एक हजार ६५८ दशमलव ६४ हेक्टर क्षेत्रफल, बारामा एक हजार २०३ दशमलव ०२ हेक्टर, सिरहामा ९७६ दशमलव ३४ हेक्टर, महोत्तरीमा ६३९ दशमलव ७१ हेक्टर, पर्सामा ४६८ दशमलव १४ हेक्टर, सबैभन्दा कम भने सप्तरीमा १२ दशमलव ६४ हेक्टर अतिक्रमणमा परेको छ ।सचिव पौडेलले अतिक्रणमा परेको वन फिर्ता ल्याउने जिम्मेवारी वन मन्त्रालयको मात्रै नभई धेरै सरोकारवाला निकायको रहने बताउनुभयो । यसका लागि अन्तरसरकारी निकाय समन्वय र सहकार्य आवश्यकता रहेको उहाँले बताउनुभयो ।

 

 

“प्रदेश वन मन्त्रालय एक्लैले चाहेर मात्रै अतिक्रमणमा परेको वन फिर्ता ल्याउन नसक्ने रहेछ”, उहाँले भन्नुभयो, “गृहमन्त्रालय, राजनीतिक दल तथा अन्य सरोकारवाला निकायको सहयोग बिना फिर्ता ल्याउन मुस्किल पर्ने रहेछ ।” उहाँले अहिले थप अतिक्रमण हुन नदिएको भन्दै पुरानो अतिक्रमणमा परेको वन क्षेत्र फिर्ता ल्याउन नसकिएको स्वीकार गर्नुभयो । उहाँका अनुसार मधेस प्रदेशको अस्थिर राजनीतिक नेतृत्वको कारणले पनि समस्या भइरहेको छ ।

 

 

सङ्घीयता अघि र सङ्घीयतापछि वन क्षेत्र अतिक्रमण कति भयो भन्ने यकिन भने छैन । मुलुक सङ्घीयतामा गइसकेपछि रूख÷बिरुवा प्रदेश सरकार मातहत र भूमि भने सङ्घीय सरकार मातहत रहेको छ । वन ऐन, २०७६ र प्रदेश वन ऐन, २०७७ मा अधिकार क्षेत्र बाझिँदा पनि कार्य सम्पादन गर्न र समस्या भइरहेको प्रदेश सरकारको गुनासो छ ।

 

 

सचिव पौडेलले वनजङ्गल संरक्षण गर्न प्रदेश सरकार मातहतभन्दा पनि सङ्घीय सरकार मातहत हुँदा सहज हुने भएको अनुभव सुनाउनुहुन्छ । सशस्त्र वनरक्षक सङ्घीय सरकार मातहत छन् । तर, अहिले प्रदेश सरकार मातहतका डिएफओले सशस्त्र वनरक्षकलाई खटाउँदै आइरहेको अवस्था रहेको पनि छ । मधेस प्रदेश वन निर्देशनालयका प्रदेश वन निर्देशक जगन्नाथप्रसाद जयसवालले सङ्घीयतापछि वन अतिक्रमणको बढ्यो कि घट्यो भन्ने आधिकारिक तथ्याङ्क भेट्टाउन मुस्किल पर्ने बताउनुहुन्छ ।

 

 

“सीमा विवादले एकाध ठाउँमा वन अतिक्रमणमा परेको भेट्टिन्छ”, उहाँले भन्नुभयो । प्रदेश वन निर्देशक जयसवालले मधेस प्रदेशमा मात्रै नभएर मुलुकभर नै वन अतिक्रमणको समस्या रहेको बताउनुहुन्छ । “मुलुकमा विधिको शासन नभएको कारणले नै सबैभन्दा पहिला वन अतिक्रमणमा पर्ने हो । यातायातको सहज पहुँच भएसँगै वनजङ्गल जभाभावी ढङ्गले फँडानी र अतिक्रमण गर्ने परिपाटीको विकास भएको देखिन्छ”, उहाँले भन्नुभयो, “यातायातको सहज पहुँच, बढ्दो जग्गाको महङ्गी र भूमाफियाको चलखेलको कारणले पनि वनजङ्गल अतिक्रणको चपेटामा पर्दै आइरहेका छन् ।”

 

 

मधेस प्रदेशमा मात्रै नभएर जिल्लामा पनि वन अतिक्रमणमा घटना रोकिएका छैनन् । डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत मञ्जुर अहमदले पर्सामा  ४६८ दशमलव १४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको बताउनुभयो । “पर्सामा सबैभन्दा ठूला अतिक्रमण ठोरी क्षेत्रलगायत गादीमाई, विन्दवासिनी, सबैया साझेदारी वन क्षेत्रमा भएको देखिन्छ”, उहाँले भन्नुभयो, “पटेर्वासुगौली, प्रसौनी, पर्सागढी लगायतका क्षेत्रमा अतिक्रमण भएको भेट्टिन्छ ।”

 

 

कार्यालयका अनुसार ठोरी गाउँपालिकास्थित बाराह नदीदेखि पश्चिमतर्फ दुई सय दशमलव ७० हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । यो पर्साको सबैभन्दा धेरै अतिक्रमणमा परेको वनक्षेत्र हो । त्यसैगरी, गादीमाई साझेदारी वनक्षेत्र १६७.६८ हेक्टर परेको छ । त्यस्तै सखुवाप्रसौनी मधुवन क्षेत्रमा पनि विभिन्न समयमा ३२ दशमलव ४७ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । सबैया साझेदारी वन २२.२३ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । त्यस्तै, विन्दवासिनी साझेदारी वन १२.०६ हेक्टर अतिक्रमणमा परेको कार्यालयले जनाएको छ ।

 

 

वन अधिकृत अहमदका अनुसार पर्सा जिल्लामा १० वर्ष लामो माओवादी द्वन्द्वकालमा सबैभन्दा बढी वन अतिक्रमण भएको देखिन्छ । सार्वजनिक विद्यालय, मठमन्दिर, प्रहरी सेनाका ब्यारेक, सडक, आदि भौतिक पूर्वाधार निर्माणमा समेत वनक्षेत्रको केही भाग अतिक्रमण भएको छ । जिल्लाको ठूलो जनसङ्ख्याका लागि काठको अत्यधिक माग र कमजोर वन प्रशासनको फाइदा लिँदै तस्करहरुबाट भएको वन फँडानीका कारण पनि वन अतिक्रमणलाई प्रोत्साहन भएको छ ।

 

 

पर्सामा ११ हजार ५७५ हेक्टर वन क्षेत्र छ । पर्सामा चारवटा सामुदायिक वन र तीनवटा साझेदारी वन रहेका छन् । साझेदारी वन ११ हजार ४०९ दशमलव .१४ हेक्टरमा फैलिएको छभने धार्मिक वन ३४.६३ हेक्टर क्षेत्रफलमा रहेको छ । निजी वन ११० हेक्टर, राष्ट्रिय वन ७.५१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वनमा साल, खयर, मसला, टिक, सिमल, सिसो, जामुनलगायत प्रजातिका रूख छन् ।

 

 

डिभिजन वन अधिकृत अहमदले वन अतिक्रमण भएका क्षेत्रमा पुनः वन क्षेत्र कायम गर्न सरोकारवाला निकाय एक भएर अतिक्रमण गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्न जरुरी रहेको बताउनुभयो । “अतिक्रमण हटाउने कार्य राजनीतिक सवालसमेत भएको हुँदा वन तथा भूसंरक्षण विभाग र प्रदेश वन मन्त्रालय स्तरबाट समेत सहयोग र समर्थन जुटाउन पहल गर्नु आवश्यक देखिन्छ”, उहाँले भन्नुभयो, “अतिक्रमित क्षेत्रमा वृक्षरोपणका साथै संरक्षणको कार्यक्रम सञ्चालन गर्न  जरुरी छ ।” उहाँले अतिक्रमणका रुपमा रहेको वनक्षेत्रमा जडीबुटी, फलफूल लगायतका वन प्रजातिमा आधारित वृक्षरोपण कार्यक्रम सञ्चालन गरी क्रमिक रुपमा अतिक्रमण हटाउँदै वनको क्षेत्र कायम राख्न आवादी जग्गा र वन क्षेत्र छुट्टाएर रेखाङ्कन गर्नुपर्ने सुझाव दिनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ,  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो ।   कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गर्नुभएको आयोगका प्रवक्ता...

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ

पाटन (ललितपुर),  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा देशको अर्थतन्त्र र रोजगारीमा असर परेको बताउनुभएको छ ।   नेपाल पूर्वाधार पत्रकार समाजले आज ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको संवादलाई सम्बोधन...

उखुको मूल्य निर्धारणमा चित्त बुझाउँदै किसान

महोत्तरी,  सरकारले सोमबार उखुको मूल्य र अनुदान रकम निर्धारण गरेको छ । तर महोत्तरीका उखु किसानले भने सरकारले आपूmहरुको मागअनुसार मूल्य नतोके पनि गत वर्षभन्दा केही बढाएको उल्लेख गर्दै चित्त बुझाएका छन् ।   “हाम्रो त खेतीमा बढ्दो लागत र आम उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि हेरेर...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

भन्सार एजेन्टद्वारा ‘पेन डाउन’को घोषणा

भैरहवा (रुपन्देही), भन्सार एजेन्ट महासङ्घ नेपालले मङ्सिर २० गते जारी भएको भन्सार ऐन २०८२ को विरोधमा देशभरका भन्सार कार्यालयमा आजदेखि ‘पेन डाउन’ गर्ने घोषणा गरेको छ ।   महासङ्घले आज जारी गरेको प्रेस विज्ञप्तिमा ऐनमा रहेका कतिपय दफाहरूले भन्सार एजेण्टको पेसा÷व्यवसायलाई प्रत्यक्ष असर पार्ने र अन्तरराष्ट्रिय...

सुदूरपश्चिम महोत्सव सुरु

कैलाली,  सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन्दै आएको ‘सुदूरपश्चिम महोत्सव’ सुरु भएको भएको छ । सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण सोमबारदेखि कैलालीको धनगढीमा सञ्चालनमा आएको छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘पर्यटन, संस्कृति, उद्योग र व्यापारः समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नाराका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…

चौरभिग्म (कालिकोट),  श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा कोठामा बसेर पढ्न पाउने भएका छन् । तिलागुफा नगरपालिका–१ चौरभिग्मस्थित सो विद्यालय भवनलाई विसं २०७२ वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्प एवं विसं २०७९ को वर्षाका कारणले केही क्षति पु¥याएको थियो । हालसम्म...

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

बनियानी (झापा),  झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र...

धुलोमै खेल्छन् खेलाडी, धुलोमै बस्छन् दर्शक

गलकोट (बागलुङ),  बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेलमैदानमा मङ्सिर लागेपछि गतिविधि बढेको छ । विद्यालयस्तरीय साना खेल होस वा यहाँ आयोजना हुने ठूला राशिका खेल हुन् सबै यही मैदानमा हुन्छ ।   हालै बागलुङ नगरपालिकाको तेस्रो मेयरकप प्रतियागिता यही मैदानमा भयो । तत्कालै बागलुङ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९