कालीगण्डकीमा पक्की पुल

गलकोट (बागलुङ),  चार वर्षदेखि कालीगण्डकी करिडोरमा लगातार पहिरो खस्दै आएपछि बागलुङको दक्षिण भेगलाई जोड्न पक्की पुल निर्माण थालिएको छ । पहिरोका कारण बर्खामा सडक अवरुद्ध भएपछि पहिरोको विकल्पमा कालीगण्डकीमाथि पक्की पुल निर्माण थालिएको छ ।

बागलुङ नगरपालिका–१० गलुवास्थित दब्ल्याङको पहिरोले चार वर्ष यता र सोही नगरपालिका–१३ को कालाखोला बगरमा गत वर्षदेखियता सडकको ट्रयाक बगाएपछि बर्खामा सवारीसाधन ठप्प हुँदै आएका छन् । विसं २०७८ देखि खस्न थालेको गलुवाको पहिरो रोक्न नसकेपछि विकल्पमा कालीगण्डकी करिडोरलाई नदीमाथि पुल निर्माण गरी लोकमार्गमा जोड्न थालिएको हो ।  पर्वतको नयाँपुल र बागलुङको कालाखोला जोड्ने गरी कालीगण्डकी नदीमा मोटरेवल पुल निर्माणको काम सुरु भएको छ ।

करिडोरको कालाखोला र मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डको नयाँ पुल पुग्नेगरी कालीगण्डकी नदीमाथि मोटरेबल पुल बनाउने काम थालिएको हो । गण्डकी प्रदेशको पूर्वाधार विकास निर्देशनालयको ठेक्का सम्झौताअनुसार मोटरेवल पुल निर्माणको काम थालिएको हो । निर्देशनालयले गत असारमा मुक्तिनाथ अमित संयुक्त निर्माण कम्पनीसँग रु १७ करोड लागतमा पुल बनाउने गरी ठेक्का सम्झौता गरेको थियो ।

निर्माणको जिम्मेवारी पाएको ठेकेदार पक्षले अहिले पुल निर्माणस्थलमा माटो परीक्षण गरिरहेको छ । एक सय मिटर लामो र ११ मिटर चौडा भएको यो पुल तीन वर्षभित्र बनाइसक्नुपर्ने ठेक्का सम्झौता रहेको निर्देशनालयका सब–इन्जिनियर विजय सुवेदीले जानकारी दिनुभयो ।

यो पुलले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलाई जोड्ने छ । गत वर्षातमा कालाखोलामा खसेको भीषण पहिरोले करिडोर अवरुद्ध भएको र एक्लेसालमा बर्सेनि खस्ने पहिरोले दक्षिण बागलुङ र करिडोर हुँदै गुल्मी, पाल्पा र बुटवल जाने यात्रीले सास्ती खेपेपछि निरन्तरको पहलमा पुल निर्माण थालिएको बागलुङबाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशसभा सदस्य तथा स्वास्थ्यमन्त्री कृष्ण पाठकले जानकारी दिनुभयो ।

सो पुल बनेमा दक्षिण बागलुङदेखि गुल्मी, पाल्पादेखि बुटवल आउजाउ गर्ने यात्रुले सहज यात्रा गर्न पाउने छन् भने लोकमार्ग र करिडोरको संयोग विन्दुको रुपमा पुललाई लिन सकिनेछ । हाल कालोपत्रको चरणमा रहको करिडोरको बलेवा विमानस्थलदेखि मालढुङ्गा खण्डमा उक्त पहिरोका कारण समेत समस्या भइरहेको छ । पहिरोमा कालोपत्रको पूर्वाधार निर्माण हुन नसकेको छ ।

अहिले ठेकेदार पक्षले कालीगण्डकी किनारको दुवैतर्फबाट २० मिटर तलको माटो निकालेर परीक्षणका लागि प्रयोगशालामा पठाएको छ । प्रतिवेदन आएपछि उक्त स्थानमा पुलको काम थालिने सुवेदीले जानकारी दिनुभयो । पटक–पटकको प्रयासले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ बलेवा हुँदै कुश्मिसेरा जाने सडक बर्खामा बन्द हुँदा दक्षिणको बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका जनतालाई सास्ती भएपछि पहिरोको विकल्पमा पुल बनाउन थालिएको हो ।राष्ट्रिय समाचार समिति (रासस)
–––

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ,  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो ।   कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गर्नुभएको आयोगका प्रवक्ता...

वीरगञ्ज महानगरलाई नौ थान कम्प्युटर हस्तान्तरण

वीरगञ्ज (पर्सा),जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त तथा तोडफोड भएको वीरगञ्ज महानगरपालिकालाई यहाँका बैंकहरुले नौ थान कम्प्युटर हस्तान्तरण गरेका छन् ।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा यहाँको महानगरमा लुटपाट, तोडफोड र आगजनीबाट ठूलो क्षति भएको थियो । वीरगञ्जमा रहेका एभरेष्ट, लक्ष्मी सनराइज,...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली (रामेछाप),  पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ । जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट तयार गरिएको पेयपदार्थ) बनाएर भण्डार गर्न किसान जुटेका छन् । जुनारको जिल्ला भनेर चिनिने रामेछापमा यस वर्ष फलेका पर्याप्त उत्पादन भएपछि किसान...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

जलेश्वर (महोत्तरी),  पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विश्वविद्यालयको जग्गाबाट आएन भाडा

तुलसीपुर (दाङ),  नेपाल संस्कृत विश्वविद्यालयको बेलझुण्डीस्थित जग्गाको भाडा प्राप्त हुन सकेको छैन । विश्वविद्यालयको ३३ बिघा ३१ कट्ठाभन्दा बढी जग्गा १० वर्षका लागि भाडामा सम्झौता भएको थियो । जुन तुलसीपुर १८ निवासी टेकबहादुर डाँगीले लिनुभएको थियो ।   विसं २०७१ साउन १ गतेदेखि बाख्रापालन गर्ने भनेर...

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

बनियानी (झापा),  झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र...

एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

काठमाडौँ, त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९