भोजपुर, नेपाली काङ्ग्रेस भोजपुरले २००७ साल मङ्सिर २४ गते राणा शासनको अन्त्यका लागि भोजपुरबाट महत्त्वपूर्ण योगदान पु-याउने योद्धाहरूको सम्मानमा मुक्ति दिवस मनाएको छ । राणा शासनविरुद्धको सङ्घर्षमा सहभागी वीर योद्धाको सम्झनामा आज विशेष कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा विशेषगरी नारदमुनि थुलुङ, रामप्रसाद राई, खड्गबहादुर कार्की, दान कार्की, गङ्गाबहादुर खालिन, इन्द्रप्रसाद श्रेष्ठलगायत योगदानकारी व्यक्तिलाई स्मरण गरिएको जिल्ला सभापति विनोद वान्तवाले जानकारी दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)






























































































































































