पौष्टिक आहारका लागि सोइ

मनाङ,  हिउँदयामको मध्य समयमा देशभर चिसो बढेको छ । पहाड र तराईमा चिसो बढेसँगै हिमाली क्षेत्रमा पानी जमेका छन् भने चिसो अत्यधिक बढेको छ । मनाङमा चिसो बढ्दै जाँदा यहाँ पशुपालनको रुपमा याकचौँरी र भेडापालन हो । चिसो बढेसँगै लेकको खर्कमा पु¥याइएका याकचौँरी बेँसी झारिन्छ । तीन हजारदेखि पाँच हजार मिटर उचाइबाट झारिएका याकचौँरीलाई बेँसीअर्थात् एक हजार ७०० मिटर उचाइमा राखिन्छ ।
चिसोमा याकचौँरी तथा अन्य पशुलाई घाँस पूर्ण रुपमा सुकेर आहारको कमी हुने गर्दछ । त्यसको अभाव पूर्ति गर्न पशुपालक किसानले घरेलु खाद्यवस्तुको प्रयोग गरी जैविक आहार खुवाउने गर्दछन् । जैविक आहारले याकचौँरीलगायतका पशुचौपायलाई पौष्टिक आहारसमेत पूरा गर्दछ ।

 

मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका याकचौँरीपालक किसान याञ्छु खाण्टा लामा भन्नुहुन्छ, “पहिलापहिला बँेसीमा पशुचौपाया झारे पनि घाँसपात पाइन्थ्यो, अहिले मुस्किल छ, हिउँ कम परेपछि पानी पाउँदैन र घाँस उम्रिनै छोड्यो, आहार खुवाउनै मुस्किल छ, आफैँले बनाउन सकिएन भने याकचौँरी पाल्न समस्या छ, किसानलाई त समस्या नै समस्याले घेरिएको छ ।”
अहिले आहार खुवाउन र जोहो गर्नै समस्या भएको उहाँ बताउनुहुन्छ । “खेती तथा पशुपालक किसानलाई त मौसमले पनि ठगेको छ”, उहाँ भन्नुहुन्छ, “धेरै पशुचौपायलाई आहार पु¥याउनै समस्या छ ।” यहाँका पशुपालकले घाँसको अभाव पूरा गर्न जौ, करु, उवा, गहुँ, फापरको डाँठको मिश्रणबाट आहार बनाएर खुवाउने गरिन्छ ।
नासोँ गाउँपालिका–८ ताचैका पशुपालक किसान याद घले घाँसको अभावमा याकचौँरी, भेडाच्याङ्ग्राले माटो चाटेर बाँच्ने गरेको बताउनुहुन्छ । “हिउँ परे पो यहाँको पालुवा पलाउँछ र पशुचौपायलाई घाँस हुन्छ”, उहाँ भन्नुहुन्छ, “एउटै गोठमा २०० भन्दामाथि याकचौँरी र भेडाच्याङ्ग्रा पालिन्छन्, आफैँले घाँस, दाना खरिद गरेर पाल्न सक्ने अवस्था छैन ।” प्राकृतिक हिसाबले समयमा हिउँ पर्ने पानी पर्ने भएमा घाँस सहज रुपमा उपलब्ध हुने उहाँको भनाइ छ ।
“अरु घाँस पाइँदैन यतिबेला सुकेका पातपतिङ्गर खुवाउने गरिएको छ”, घले भन्नुहुन्छ, “पुस १५ पछि सोइ (दाना) खुवाउने गरिन्छ, करिब पुसदेखि फागुन, चैतसम्म याकचौँरी र भेडाच्याङ्ग्रालाई घाँसको समस्या हुन्छ ।” जौ, करु, उवा, गहुँ, फापरको डाँठ गाईगोरु, याकचौँरीलाई भए पनि भेडाच्याङ्ग्रालाई घाँस पु¥याउन नसकिने उहँको भनाइ छ । घाँस नपाइने मौसममा हिउँ परे अझ घाँस खान नपाएर पशुचौपाय मर्ने गरेका उहाँ बताउनुहुन्छ ।
सरकारको पक्षबाट शतप्रतिशत अनुदानमा सोइ (दाना) को अभाव पूरा गर्न सहयोग पाएमा मनाङका युवालाई पशुपालनमा प्रेरित गर्न सकिने घले बताउनुहुन्छ । यहाँको मुख्य आय पर्यटन व्यवसाय, खेतीपाती र कृषि हो, यसैमा निरन्तरता दिन सरकारले प्राथमिकताका साथ अनुदान उपलब्ध गराउनतर्फ ध्यान दिनुपर्नेमा उहाँको जोड छ । सुकेका डाँठलाई पशुचौपायले खाए पनि मल हुन्छन् भने नखाएका डाँठ प्राङ्गारिक मल (सोइ) बनाउन प्रयोग गरिन्छ । यसले पशुचौपायलाई न्यानो बनाउने कार्यसमेत गर्ने गरेको किसान बताउँछन् ।
हिउँ पर्ने वा चिसो बढ्दै जाँदा यहाँका याकचौँरीलाई आहार पु¥याउन सकस हुने गरेको नेपाल याकचौँरीपालक किसान महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थकालीले बताउनुभयो । समयमा हिउँ नपर्दा पालुवा नपलाउने र सुक्खापन बढ्ने क्रममा रहेको उहाँले बताउनुभयो ।
“मनाङको तल्लो क्षेत्रमा डाले घाँस लगाएर हरियो घाँस नै खुवाउन सकिने देखिएको छ । तर, माथिल्लो क्षेत्रमा बढी सुक्खापनले घाँस पूर्ण रुपमा अभाव नै हुन्छ”, उहाँले भन्नुभयो, “बाहिरबाट दाना किनेर ल्याउनुपर्ने बाध्यता बनेको छ, दाना किन्न भने सहज छैन ।” बजारसँग सहज पहुँच नहुँदा ढुवानी र दाना खरिद गर्न किसानले सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।
यहाँका पशुपालक किसानले पौष्टिक आहार तथा पशुचौपायलाई बचाउन यहाँ उत्पादित खाद्यवस्तुका साथै सुकेका डाँठको उपयोग गर्न बाध्य भएका थकालीले बताउनुभयो । यहाँको मौसम तथा माटो सुहाउँदो घाँस लगाउन तथा उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।

 

“खेती पनि वर्षमा एक सिजन मात्रै हुने हुँदा सुकेका डाँठ पनि पु¥याउन मुस्किल हुने गर्दछ, यसले पौष्टिक आहारको अभावले पशुचौपायामा दुब्लोपना देखिन्छन्”, उहाँले भन्नुभयो, “यसकै कारण पशुपालनबाट युवाको आकर्षण हुनुपर्नेमा विकर्षण हुने गरेको पाइएको छ ।”
यहाँका पशुपालक किसानले घाँसको अभाव पूरा गर्न जैविक रुपमा दाना (सोइ) बनाएर खुवाउने गरेका छन् । यहाँ गरिने खेतीपाती (गहुँ, करु, कोलो बोडी, फापर, जौँ) लगायत रैथाने बालीका सुकेका डाँठलाई खुवाएर बचाउने गरिन्छ । घाँस नपुगेर हुनसक्ने याकचौँरीको दुर्बलतालाई सोइले पौष्टिक तथा भिटामिनसमेत पूरा हुने गरेको किसान बताउँछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एमाले महाधिवेशनः मतदान जारी

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि अहिले मतदान भइरहेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी मतदानमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रबन्ध गरेको विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको हो ।   आज बिहान ९ः३० बजेदेखि सुरु भएको मतदानमा मध्याह्न १२ः०० बजेसम्ममा करिब...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की

पाटन (ललितपुर), प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताउनुभएको छ । आज ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति...

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौँ,  सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज सुन तोलामा रु ७०० सय र त्यतिनै परिमाणको चाँदी रु १७० ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५९ हजार ७०० कायम भएको छ भने...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो

भोजपुर, भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहे पनि व्यवस्थित प्रवर्द्धन नहुँदा यो क्षेत्रले अपेक्षित रूपमा पर्यटक तान्न नसकेको सरोकारवाला बताउँछन् ।   नयाँ वर्ष, चाडपर्व तथा विभिन्न...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १०५, गोलभेँडा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

महोत्तरीमा पुस ४ देखि एक महिने निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना हुँदै

जलेश्वर (महोत्तरी),  महोत्तरीमा यही पुस ४ गतेदेखि एक महिने  परिवार व्यवस्थापन स्वास्थ्य शिविर ( स्थायी बन्ध्याकरण शिविर)  सुरुआत हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्वारा सुनौलो परिवार नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन हुने सो निःशुल्क शिविरमा जिल्लाका १५ वटै पालिकाका विभिन्न ११ स्थानमा...

उपाधि जित्न विश्वास हुनपर्ने रहेछः कप्तान पौडेल

काठमाडौँ, नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले हात पारेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै च्याम्पियन बन्यो । उपाधि जितेपछि लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीको उच्च मनोबलका कारण च्याम्पियन बनेको बताए । उनले भने, “उपाधि जित्छौँ भन्ने...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९