विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्दै व्यवसायी खनाल

गण्डकी, रोजगारीका क्रममा विदेशका धेरै सङ्घर्षपूर्ण भोगाइ र अनुभव सँगालेका बाग्लुङको ढोरपाटन नगरपालिका बुर्तिबाङका कृष्ण खनालको सङ्घर्ष र सफलताका कथा यतिखेर अरुका लागि पनि अनुकरणीय बनेको छ ।
खनाल आफ्नो निरन्तरको सङ्घर्षले अहिले आफू स्वरोजगार हुनुहुन्छ र अन्य धेरै जनालाई प्रत्यक्ष एवं अप्रत्यक्ष रोजगारी दिँदै आउनुभएको छ । श्रीमती विष्णुसहित छोराछोरीको साथ र सहयोगसँगै आफ्नो निरन्तरको सङ्र्घषकै कारण उहाँले बुर्तिबाङमा वर्तमानमा एकसाथ टाइगर होटेल रेष्टुरेन्ट एण्ड लज, ढोरपाटन क्याटरिङ तथा टेन्ट हाउस, कृष्ण डेरी उद्योग, मिष्ठान्न भण्डार एण्ड बेकरी उद्योग सञ्चालन गरिहनुभएको छ ।
यी सबै व्यवसायमा प्रत्यक्ष रुपमा २० जनाले र व्यवसायलाई आवश्यक पर्ने दूध, मासु आदिका कारण अप्रत्यक्ष रुपमा ५० जनाले रोजगारी पाइरहेका उहाँले बताउनुभयो । पैँतालिस वर्षीय  खनालसँग रोजगारीको खोजीमा भौतारिरहनुभएको र भोगेका धेरै अनुभव छन् । आमा बुबाको एक्लो छोरा उहाँ बाल्यकालमा नै टुुहुरो बन्नुभएको थियो ।
जन्मेको एक वर्षमा बुबा र दुई वर्षमा आमा गुमाएका उहाँलाई हजुरबुबा र हजुरआमाले नै दुुःख कष्ट गरी पाल्नुभएको थियो । बिहे पछि दुई छोरी जन्मिसकेपछि भएको श्रीमतीको निधन धेरै पीडाकाबीच पनि आफूलाई सम्हाल्दै सङ्घर्ष गर्दा वर्तमानमा यी सफलता हासिल भएको उहाँले बताउनुभयो ।
पहिलो श्रीमतीको निधनपछि दोस्रो विवाह गरेका उहाँका पहिलो श्रीमतीबाट दुई छोरी र पछिल्लो श्रमितीबाट दुई छोरा रहेका छन् । छोराछोरीले आफ्नो नियमित अध्ययन सकी सेवा, पेसा र व्यवसाय सम्हाल्नसक्ने भइसकेको उहाँले बताउनुभयो ।विदेशमा रोजगारीका क्रममा पाएका हण्डर तथा ठक्करले पनि स्वदेशमा नै केही व्यवसाय गर्नुपर्छ भन्ने उहाँमा सोच आएको थियो । विसं २०५७ मा चैतमा रोजगारीकै क्रममा दुबई गएका खनाल तीन वर्ष त्यहाँ रोजगारी गरी फर्कनुभयो ।

 

 

त्यसपछि केही समय भैँसीपालन र खेती किसानी गरेका उहाँलाई २०६२ सालमा भने पुनःइराक जाने इच्छाले दलालका माध्यमबाट पुनःदुबई पुग्नुभएको थियो । तर दलालले इराक लान नसकेपछि उहाँ त्यही दुबईमा पाँच वर्ष बेलाली कम्पनीको पावर प्लान्टमा काम गर्नुभयो ।

 

 

त्यस समयमा अत्यधिक गर्मीमा आफूले काम गरेको अनुभव सुनाउँदै उहाँले त्यही काम गर्ने मानिसले साउदी लैजान्छ भनेर अन्तवार्ता दिँदा अन्तवार्तामा उत्तीर्ण भएको बताउनुभयो । “अन्तवार्तामा पास त भइयो, भिसा र टिकट कम्पनीले दिने कुरा भयो”, उहाँले भन्नुभयो, “उता जाने भएपछि दुबईको खाइरहेको जागिर छाडेर २०६७ सालमा म मेडिकल गर्न नेपाल आएँ, तर मेडिकलका क्रममा समस्या देखिएसँगै मेरो त्यहाँ जाने सपना पनि चकनाचुर भयो ।”
जागिर पनि गएको अवस्था अर्को जागिरमा जान मेडिकलमा समस्या भएपछि त्यस समयमा आफू निकै बेचैन जस्तो बनेको उहाँले अनुुभव सुनाउनुभयो । विदेश जानमा लागेको त्यो ठक्कर नै अन्तत आफ्ना लागि व्यावसायिक सफलताको राम्रो माध्यम जस्तै बनेको उहाँले बताउनुभयो ।
खनालले त्यसपछि कुखुरापालन गर्न थाल्नुभयो । कुखुरापालनमा पनि उहाँलाई सोचे जस्तो भएन । पुनः रु २५ लाख ऋण लाग्यो । ऋण लागेर आफूसँग पैसा नहुँदा त्यस क्रममा आफन्तले गरेको व्यवहार, ऋण नपत्याइएको अवस्था आदि अहिले पनि झल्झली सम्झना आउने उहाँको भनाइ छ ।त्यसपछि उहाँले पुनःगाईपालन सुरु गर्नुभयो । गाई पालेर बजारमा दूध बिक्री गर्न थाल्दासमेत दूध बिक्री नभएको भन्दै दिउँसो १२ बजे फिर्ता आउने धेरै समस्यामा पनि त्यस क्रममा भोग्नुपरेको उहाँको भनाइ छ ।
बजारमा पठाएको दूध फर्कने थालेसँगै उक्त दूधलाई दही बनाएर सिठ्ठी फुक्दै कुनै लाज नमानी बजारमा बिक्री गरेको बताउँदै उहाँले त्यस क्रममा डेरी खोलेर पनि रु पाँच लाखसम्म घाटा व्यहोर्नुपरेको दुःखेसो सुनाउनुभयो ।
त्यसपछि दूधबाट मिठाइ, कुराउनी, छुर्पी आदि बनाएर बिक्री गर्दै आफ्नो आय बढाउँदै गएकामा त्यसै जगमा बेकरी, क्याटरिङ, टेन्टहाउस हुँदै होटेलसम्मको व्यवसायमा सफलता हासिल भएको उहाँले बताउनुुभयो ।
व्यवसायमा परिवारको साथ र सहयोग पनि आवश्यक हुने बताउँदै खनालले सुरुमा पाँच वर्षसम्म बेकरी, क्याटरिङ, टेन्ट हाउस सञ्चालन गर्दा कुनै कर्मचारी नराखी घरपरिवारकै सदस्य मिलेर व्यवसाय धानेको जानकारी दिनुुभयो । “अहिले भने मेरा यी सबै व्यवसायमा घर परिवारका सदस्यबाहेक अन्य २० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्”, उहाँले भन्नुभयो, “मेरा व्यवसायमा चाहिने दूध, माछामासु आदिका लागि झण्डै ५० जनाले अप्रत्यक्ष रोजगारी पाएका छन् ।”
निरन्तरको सङ्घर्ष र इमानदार प्रयास भएमा रोजगारीका लागि विदेश नै जानुपर्ने अवस्था नरहेको बताउँदै उहाँले यही बसेर धेरै गर्न सकिन्छ भन्ने आफू स्वयं उदाहरण भएको सुनाउनुभयो । हामीले गर्ने सबै कुरामा सफलता नमिले पनि निरन्तर लागिरहेमा अन्ततः सफलता हासिल हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “दुःख र सङ्घर्ष हरेक मानिसको जीवनमा हुन्छ, आत्तिनु हुँदैन आफूमा रहेकोे आँटलाई विश्वास र मेहनत गर्नुपर्छ, सफल पक्कै भइन्छ ।”राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

उपराष्ट्रपति यादवद्वारा पानी दिवसको शुभकामना

काठमाडौँ, उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित गर्न राज्यका नीतिहरू प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभएको छ । विश्व पानी दिवस, २०२६ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “पानी जीवनको आधार हो, यसको संरक्षण र समुचित उपयोग हाम्रो साझा...

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौँ,  परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ । चरनभूमिको संरक्षण गर्न ‘नेपालका उच्च हिमाली चरनभूमि संरक्षणका लागि धार्मिक नेतृत्वको पुनर्जीवन’ नामक चार वर्षे परियोजना सुरु गरिएको हो । यसका लागि नेपाल सरकारले विश्व वन्यजन्तु कोष...

एभरेष्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ

महोत्तरी,  चालु आर्थिक वर्ष २०८२/८३ को याममा महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरस्थित एभरेष्ट चिनी उद्योगले उखु अभाव हुँदा क्रसिङ लक्ष्य हासिल गर्न सकेन । यस याममा ८९ दिन मात्र उखु क्रसिङ गरिएकामा २८ लाख ५३ हजार १७८ क्विन्टल क्रसिङ भएको उद्योगले जनाएको छ ।   उद्योगले राखेको...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

भरूवा बन्दुक सहित एक जना पक्राउ

मकवानपुर, बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक एक थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । निजको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई पक्राउ गरिएको केन्द्रीय...

पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ,  पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । चारपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो । उहाँले नेपालमा माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ,  राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ । देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिनुभयो । उहाँका अनुसार देशभरिका...

प्रधानमन्त्री कप क्रिकेटः एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

काठमाडौं, प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ ।मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २७१ रनको  योगफल तयार पारेको हो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९