साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर,  कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने साइकल अहिले विस्थापित हुने अवस्थामा पुगेको छ । प्रविधिको तीव्र विकास, विलासी जीवनशैलीप्रतिको आकर्षण र समयको व्यस्तताका कारण साइकलको प्रयोग दिनप्रतिदिन घट्दै गएको हो ।

 

शुक्लाफाँटा नगरपालिका–६ का कृष्णबहादुर ऐर अहिले पनि साइकलमै यात्रा गर्न रुचाउनुहुन्छ । साइकल चढ्दा स्वास्थ्यमा हुने फाइदाबारे उहाँ निकै सचेत हुनुहुन्छ । आफ्नो घरदेखि स्थानीय बजारसम्मको करिब तीन किलोमिटरको दूरी उहाँ सधैँ साइकलमै तय गर्नुहुन्छ ।

 

“साइकलले शरीरमा स्फूर्ति कायम राख्छ र मानिसलाई निरोगी बनाउँछ”, उहाँ भन्नुहुन्छ, “अहिलेसम्म म कुनै गम्भीर बिमारीमा परेको छैन, यसको श्रेय म साइकललाई नै दिन्छु ।” तर, कृष्णबहादुरका समकालीन साथी भने अहिले विद्युतीय स्कुटी, महँगा मोटरसाइकल र कारमा हुइँकिने गर्छन् । उहाँको अनुभवमा साइकल अहिले केही सचेत व्यक्ति र विपन्न वर्गको मात्र साधन बन्न पुगेको छ ।

 

साइकलको प्रयोग घट्दा यसमा निर्भर व्यवसायीको जीविका सङ्कटमा परेको छ । शुक्लाफाँटाको वनसमिति बजारमा लामो समयदेखि साइकल मर्मत र बिक्रीको पसल सञ्चालन गर्दै आउनुभएका रामबहादुर धामी पहिलेको जस्तो कारोबार नभएकामा चिन्तित हुनुहुन्छ ।

 

“पहिले दिनमै दुई–तीन नयाँ साइकल बिक्री हुन्थे, मर्मत गर्नेहरूको त पसलमा घुइँचो नै लाग्थ्यो”, धामी पुराना दिन सम्झिनुहुन्छ, “अहिले महिनामा एक–दुईवटा साइकल बिक्री हुन पनि मुस्किल पर्छ, दिनमा दुई–चार जना मात्रै मर्मतका लागि आउँछन् ।”
उहाँका अनुसार ग्राहकको सङ्ख्या शून्यजस्तै भएपछि धेरैले जीविका चलाउनका लागि साइकल मर्मत पसल बन्द गरेर अन्य व्यवसाय रोज्न थालेका छन् । विद्युतीय सवारी (इ–स्कुटी) र मोटरसाइकलको बढ्दो प्रयोग नै साइकल व्यवसाय धरासायी हुनुको मुख्य कारण रहेको उहाँको ठम्याइ छ । वातावरण संरक्षण र ध्वनि प्रदूषण न्यूनीकरणका लागि साइकल सर्वोत्कृष्ट साधन भए पनि यसको महत्व बुझाउन नसक्दा प्रयोगकर्ता घट्दै गएकोप्रति उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ ।

 

सिमलफाँटाका धनबहादुर चौधरी पनि कुनै समय साइकलका सौखिन हुनुहुन्थ्यो । हरेक वर्ष नयाँ मोडलको साइकल फेर्नु उहाँको सोख थियो । अहिले उहाँको दैनिकी फेरिएको छ । कार्यव्यस्तता र कार्यस्थलमा छिटो पुग्नुपर्ने बाध्यताले उहाँले साइकल छाडेर मोटरसाइकल रोज्नुभएको छ ।

 

“साइकल ‘इको–फ्रेन्डली’ (वातावरणमैत्री) छ भन्ने कुरा मलाई राम्ररी थाहा छ”, चौधरी भन्नुहुन्छ, “तर टाढाको कार्यस्थलमा समयमै पुग्न साइकलले सम्भव भएन, त्यसैले मोटरसाइकल चलाउन थालेको हुँ ।” उहाँजस्तै धेरैले समयको बचतलाई प्राथमिकता दिँदा साइकल ओझेलमा परेको छ ।

 

स्थानीय सामाजिक अगुवा दानबहादुर ऐरका अनुसार तराईमा साइकलको इतिहास सामाजिक प्रतिष्ठासँग जोडिएको छ । “पहिले धनीमानी र प्रतिष्ठित व्यक्तिसँग मात्रै साइकल हुन्थ्यो, साइकल हुनुलाई धनी भएको प्रमाण मानिन्थ्यो”, ऐर भन्नुहुन्छ, “समाजको विकासक्रमसँगै साइकलपछि मोटरसाइकल र त्यसपछि कारको युग सुरु भयो, मानिसहरूको आयस्तर वृद्धि भएसँगै साइकललाई गरिबको सवारीका रूपमा हेर्ने सङ्कुचित सोच पनि विकास भएको छ ।”
अहिले सडकमा गुड्ने कार र मोटरसाइकलको सङ्ख्याले मानिसको आर्थिक हैसियत मापन गर्न थालिएको उहाँ बताउनुहुन्छ । “तराईका विद्यालयहरूमा शिक्षक–विद्यार्थीहरूको मुख्य रोजाइ नै साइकल हुन्थ्यो, छात्रवृत्तिको रूपमा साइकल वितरण गर्दा विद्यार्थीमा ठूलो उत्साह देखिन्थ्यो”, शिक्षक धर्मा भण्डारी भन्नुहुन्छ, “आफू पनि विगतमा साइकल चढेर धेरै वर्ष विद्यालय गएको छु, अहिले उमेरले ढल्किँदै गएपछि साइकल चलाएर टाढाको विद्यालय पुग्न अप्ठेरो हुँदा स्कुटी रोजेको छु, ।”

 

उहाँका अनुसार महिलाहरूले आफ्नो कृषि उत्पादन र तरकारी बजारसम्म पुर्याउन साइकलकै प्रयोग गर्थे । पहिले विवाहमा बेहुलालाई साइकल चढाउने वा दाइजोमा साइकल दिने चलन निकै लोकप्रिय थियो । ती दिनहरू अब केवल स्मृतिका पानामा सीमित भएको उहाँ उल्लेख गर्नुहुन्छ । “अहिले विद्यालयहरूले घर–घरमै बसको व्यवस्था गरेका छन्, कृषि उपज सङ्कलनका लागि व्यापारीहरू आफैँ ढुवानीका साधन लिएर किसानको खेतबारीमै पुग्छन्, यसले गर्दा साइकलको उपयोगिता झनै घट्दै गएको छ”, उहाँले भन्नुभयो ।

 

प्रयोगकर्ता घटे पनि बजारमा साइकलको मूल्य भने केही बढेको छ । केही वर्षअघि रु दुई–तीन हजारमा पाइने साधारण साइकलको मूल्य अहिले रु सात हजारदेखि नौ हजारसम्म पुगेको छ । सौखिन र स्वास्थ्य सचेत नागरिकका लागि लक्षित गेयरवाला आधुनिक साइकलको मूल्य रु २० हजारदेखि ६० हजारसम्म पर्ने गरेको छ ।

 

स्वास्थ्यकर्मी हरि नाथका अनुसार साइकल चलाउनु पूर्ण शरीरको व्यायाम हो । “नियमित साइकलिङले मुटुरोग, मधुमेह, मोटोपना र उच्च रक्तचापजस्ता रोगको जोखिम घटाउँछ”, उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा जहाँ जिम र व्यायामशाला सहज छैन, साइकल नै सबैभन्दा सुलभ व्यायाम साधन हो ।”

 

पछिल्ला वर्षहरूमा मोटरचालित सवारीको अत्यधिक प्रयोगले शारीरिक श्रम घट्दै गएको उहाँ बताउनुहुन्छ । यसकै परिणामस्वरूप जीवनशैलीजन्य रोग बढिरहेको उहाँको बुझाइ रहेको छ । साइकलको प्रयोग बढाउन सके जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्नसक्ने उहाँको मत छ ।

 

अरु सवारी साधनको  तुलनात्मक रूपमा सुस्त गतिको सवारी भएकाले पनि नयाँ पुस्ता साइकलप्रति आकर्षित हुन नसकेको झलारीका करन जोशी बताउनुहुन्छ । हाल साइकलको प्रयोग मुख्यतया शारीरिक व्यायामका लागि जिम जाने युवा, न्यून आय भएका मजदुर र वातावरणको महत्व बुझेका थोरै सङ्ख्याका व्यक्तिमा मात्र सीमित हुन पुगेको उहाँको भनाइ छ ।

 

“साइकल केवल एक सवारीसाधनमात्र नभई यो स्वस्थ जीवन र स्वच्छ वातावरणको आधार पनि हो”, उहाँले भन्नुभयो, “विश्वका विकसित देशहरूमा इन्धन खपत घटाउन र वातावरण जोगाउन साइकलको प्रयोग पुनः बढ्न थालेको छ, तर हाम्रो सन्दर्भमा भने यसको प्रयोग क्रमशः लोप हुने अवस्थामा पुग्नु दुःखद् छ ।”उहाँका अनुसार स्थानीय तहहरूले ‘साइकल लेन’को व्यवस्था गर्ने र वातावरणमैत्री सवारीलाई प्रोत्साहन गर्ने नीति ल्याउन सकेमा यसको पुरानो साख जोगाउन सकिने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वर्षौँदेखि पालमुनि छन् घरबारविहीन परिवार

घोडाघोडी (कैलाली), यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उहाँका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही वर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए । तर जग्गाधनीले बिचैमा...

पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल

पाटन (ललितपुर),गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउने विषयमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आजदेखि अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजित पूर्वानुमानमा आधारित...

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ, नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर ग्यारेन्टीसम्बन्धी मुद्दामा चिनियाँ अदालतमा सफलता हात पारेको छ ।चीनको चोङछिङ हाइयर पिपुल्स अदालतले नबिल बैंकको पक्षमा फैसला गरेसँगै चारवटा बैंक ग्यारेन्टीबापत ७४ लाख ४९ हजार ३८६.३२ अमेरिकी डलरबराबरको रकम प्राप्त गरेको नबिल बैंकले जनाएको...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन,यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइ समितिको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको हो ।   पुस १५ गतेसम्म सञ्चालन हुने महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकलाई...

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी, कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्रज कलाकारको जमघट भयो । उनीहरुले अनुभव र सिकाइ साटासाट गरे...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

रु १७ करोडको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण

त्रिवेणी (नवलपरासी), नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा रु १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो ।   बिसं २०७९ मङ्सिरमा शिलान्यास गरी भवन निर्माण सुरु गरिएको थियो ।...

प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै

त्रिवेणी (नवलपरासी), ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९