साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर,  कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने साइकल अहिले विस्थापित हुने अवस्थामा पुगेको छ । प्रविधिको तीव्र विकास, विलासी जीवनशैलीप्रतिको आकर्षण र समयको व्यस्तताका कारण साइकलको प्रयोग दिनप्रतिदिन घट्दै गएको हो ।

 

शुक्लाफाँटा नगरपालिका–६ का कृष्णबहादुर ऐर अहिले पनि साइकलमै यात्रा गर्न रुचाउनुहुन्छ । साइकल चढ्दा स्वास्थ्यमा हुने फाइदाबारे उहाँ निकै सचेत हुनुहुन्छ । आफ्नो घरदेखि स्थानीय बजारसम्मको करिब तीन किलोमिटरको दूरी उहाँ सधैँ साइकलमै तय गर्नुहुन्छ ।

 

“साइकलले शरीरमा स्फूर्ति कायम राख्छ र मानिसलाई निरोगी बनाउँछ”, उहाँ भन्नुहुन्छ, “अहिलेसम्म म कुनै गम्भीर बिमारीमा परेको छैन, यसको श्रेय म साइकललाई नै दिन्छु ।” तर, कृष्णबहादुरका समकालीन साथी भने अहिले विद्युतीय स्कुटी, महँगा मोटरसाइकल र कारमा हुइँकिने गर्छन् । उहाँको अनुभवमा साइकल अहिले केही सचेत व्यक्ति र विपन्न वर्गको मात्र साधन बन्न पुगेको छ ।

 

साइकलको प्रयोग घट्दा यसमा निर्भर व्यवसायीको जीविका सङ्कटमा परेको छ । शुक्लाफाँटाको वनसमिति बजारमा लामो समयदेखि साइकल मर्मत र बिक्रीको पसल सञ्चालन गर्दै आउनुभएका रामबहादुर धामी पहिलेको जस्तो कारोबार नभएकामा चिन्तित हुनुहुन्छ ।

 

“पहिले दिनमै दुई–तीन नयाँ साइकल बिक्री हुन्थे, मर्मत गर्नेहरूको त पसलमा घुइँचो नै लाग्थ्यो”, धामी पुराना दिन सम्झिनुहुन्छ, “अहिले महिनामा एक–दुईवटा साइकल बिक्री हुन पनि मुस्किल पर्छ, दिनमा दुई–चार जना मात्रै मर्मतका लागि आउँछन् ।”
उहाँका अनुसार ग्राहकको सङ्ख्या शून्यजस्तै भएपछि धेरैले जीविका चलाउनका लागि साइकल मर्मत पसल बन्द गरेर अन्य व्यवसाय रोज्न थालेका छन् । विद्युतीय सवारी (इ–स्कुटी) र मोटरसाइकलको बढ्दो प्रयोग नै साइकल व्यवसाय धरासायी हुनुको मुख्य कारण रहेको उहाँको ठम्याइ छ । वातावरण संरक्षण र ध्वनि प्रदूषण न्यूनीकरणका लागि साइकल सर्वोत्कृष्ट साधन भए पनि यसको महत्व बुझाउन नसक्दा प्रयोगकर्ता घट्दै गएकोप्रति उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ ।

 

सिमलफाँटाका धनबहादुर चौधरी पनि कुनै समय साइकलका सौखिन हुनुहुन्थ्यो । हरेक वर्ष नयाँ मोडलको साइकल फेर्नु उहाँको सोख थियो । अहिले उहाँको दैनिकी फेरिएको छ । कार्यव्यस्तता र कार्यस्थलमा छिटो पुग्नुपर्ने बाध्यताले उहाँले साइकल छाडेर मोटरसाइकल रोज्नुभएको छ ।

 

“साइकल ‘इको–फ्रेन्डली’ (वातावरणमैत्री) छ भन्ने कुरा मलाई राम्ररी थाहा छ”, चौधरी भन्नुहुन्छ, “तर टाढाको कार्यस्थलमा समयमै पुग्न साइकलले सम्भव भएन, त्यसैले मोटरसाइकल चलाउन थालेको हुँ ।” उहाँजस्तै धेरैले समयको बचतलाई प्राथमिकता दिँदा साइकल ओझेलमा परेको छ ।

 

स्थानीय सामाजिक अगुवा दानबहादुर ऐरका अनुसार तराईमा साइकलको इतिहास सामाजिक प्रतिष्ठासँग जोडिएको छ । “पहिले धनीमानी र प्रतिष्ठित व्यक्तिसँग मात्रै साइकल हुन्थ्यो, साइकल हुनुलाई धनी भएको प्रमाण मानिन्थ्यो”, ऐर भन्नुहुन्छ, “समाजको विकासक्रमसँगै साइकलपछि मोटरसाइकल र त्यसपछि कारको युग सुरु भयो, मानिसहरूको आयस्तर वृद्धि भएसँगै साइकललाई गरिबको सवारीका रूपमा हेर्ने सङ्कुचित सोच पनि विकास भएको छ ।”
अहिले सडकमा गुड्ने कार र मोटरसाइकलको सङ्ख्याले मानिसको आर्थिक हैसियत मापन गर्न थालिएको उहाँ बताउनुहुन्छ । “तराईका विद्यालयहरूमा शिक्षक–विद्यार्थीहरूको मुख्य रोजाइ नै साइकल हुन्थ्यो, छात्रवृत्तिको रूपमा साइकल वितरण गर्दा विद्यार्थीमा ठूलो उत्साह देखिन्थ्यो”, शिक्षक धर्मा भण्डारी भन्नुहुन्छ, “आफू पनि विगतमा साइकल चढेर धेरै वर्ष विद्यालय गएको छु, अहिले उमेरले ढल्किँदै गएपछि साइकल चलाएर टाढाको विद्यालय पुग्न अप्ठेरो हुँदा स्कुटी रोजेको छु, ।”

 

उहाँका अनुसार महिलाहरूले आफ्नो कृषि उत्पादन र तरकारी बजारसम्म पुर्याउन साइकलकै प्रयोग गर्थे । पहिले विवाहमा बेहुलालाई साइकल चढाउने वा दाइजोमा साइकल दिने चलन निकै लोकप्रिय थियो । ती दिनहरू अब केवल स्मृतिका पानामा सीमित भएको उहाँ उल्लेख गर्नुहुन्छ । “अहिले विद्यालयहरूले घर–घरमै बसको व्यवस्था गरेका छन्, कृषि उपज सङ्कलनका लागि व्यापारीहरू आफैँ ढुवानीका साधन लिएर किसानको खेतबारीमै पुग्छन्, यसले गर्दा साइकलको उपयोगिता झनै घट्दै गएको छ”, उहाँले भन्नुभयो ।

 

प्रयोगकर्ता घटे पनि बजारमा साइकलको मूल्य भने केही बढेको छ । केही वर्षअघि रु दुई–तीन हजारमा पाइने साधारण साइकलको मूल्य अहिले रु सात हजारदेखि नौ हजारसम्म पुगेको छ । सौखिन र स्वास्थ्य सचेत नागरिकका लागि लक्षित गेयरवाला आधुनिक साइकलको मूल्य रु २० हजारदेखि ६० हजारसम्म पर्ने गरेको छ ।

 

स्वास्थ्यकर्मी हरि नाथका अनुसार साइकल चलाउनु पूर्ण शरीरको व्यायाम हो । “नियमित साइकलिङले मुटुरोग, मधुमेह, मोटोपना र उच्च रक्तचापजस्ता रोगको जोखिम घटाउँछ”, उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा जहाँ जिम र व्यायामशाला सहज छैन, साइकल नै सबैभन्दा सुलभ व्यायाम साधन हो ।”

 

पछिल्ला वर्षहरूमा मोटरचालित सवारीको अत्यधिक प्रयोगले शारीरिक श्रम घट्दै गएको उहाँ बताउनुहुन्छ । यसकै परिणामस्वरूप जीवनशैलीजन्य रोग बढिरहेको उहाँको बुझाइ रहेको छ । साइकलको प्रयोग बढाउन सके जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्नसक्ने उहाँको मत छ ।

 

अरु सवारी साधनको  तुलनात्मक रूपमा सुस्त गतिको सवारी भएकाले पनि नयाँ पुस्ता साइकलप्रति आकर्षित हुन नसकेको झलारीका करन जोशी बताउनुहुन्छ । हाल साइकलको प्रयोग मुख्यतया शारीरिक व्यायामका लागि जिम जाने युवा, न्यून आय भएका मजदुर र वातावरणको महत्व बुझेका थोरै सङ्ख्याका व्यक्तिमा मात्र सीमित हुन पुगेको उहाँको भनाइ छ ।

 

“साइकल केवल एक सवारीसाधनमात्र नभई यो स्वस्थ जीवन र स्वच्छ वातावरणको आधार पनि हो”, उहाँले भन्नुभयो, “विश्वका विकसित देशहरूमा इन्धन खपत घटाउन र वातावरण जोगाउन साइकलको प्रयोग पुनः बढ्न थालेको छ, तर हाम्रो सन्दर्भमा भने यसको प्रयोग क्रमशः लोप हुने अवस्थामा पुग्नु दुःखद् छ ।”उहाँका अनुसार स्थानीय तहहरूले ‘साइकल लेन’को व्यवस्था गर्ने र वातावरणमैत्री सवारीलाई प्रोत्साहन गर्ने नीति ल्याउन सकेमा यसको पुरानो साख जोगाउन सकिने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

उपराष्ट्रपति यादवद्वारा पानी दिवसको शुभकामना

काठमाडौँ, उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित गर्न राज्यका नीतिहरू प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभएको छ । विश्व पानी दिवस, २०२६ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “पानी जीवनको आधार हो, यसको संरक्षण र समुचित उपयोग हाम्रो साझा...

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौँ,  परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ । चरनभूमिको संरक्षण गर्न ‘नेपालका उच्च हिमाली चरनभूमि संरक्षणका लागि धार्मिक नेतृत्वको पुनर्जीवन’ नामक चार वर्षे परियोजना सुरु गरिएको हो । यसका लागि नेपाल सरकारले विश्व वन्यजन्तु कोष...

एभरेष्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ

महोत्तरी,  चालु आर्थिक वर्ष २०८२/८३ को याममा महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरस्थित एभरेष्ट चिनी उद्योगले उखु अभाव हुँदा क्रसिङ लक्ष्य हासिल गर्न सकेन । यस याममा ८९ दिन मात्र उखु क्रसिङ गरिएकामा २८ लाख ५३ हजार १७८ क्विन्टल क्रसिङ भएको उद्योगले जनाएको छ ।   उद्योगले राखेको...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

भरूवा बन्दुक सहित एक जना पक्राउ

मकवानपुर, बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक एक थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । निजको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई पक्राउ गरिएको केन्द्रीय...

पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ,  पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । चारपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो । उहाँले नेपालमा माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ,  राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ । देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिनुभयो । उहाँका अनुसार देशभरिका...

प्रधानमन्त्री कप क्रिकेटः एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

काठमाडौं, प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ ।मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २७१ रनको  योगफल तयार पारेको हो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९