थुन्से डोको बुन्ने श्रमिकलाई बजारकै पिरलो

मलेखु (धादिङ),  उत्तरी धादिङको रिगाउँ चित्राफुङ्गाले परिचित छ । रीगाउँका सबैले थुन्से, डोको र भकारी बुन्छन् । स्कुले विद्यार्थी, शिक्षक र अन्य जागिरे पनि बिहान–बेलुका यही काम गर्छन् ।

 

निगालो र बाँसका सामग्री निर्माण गर्ने रिगाउँको रैथाने पेसा हो । साँझपख आँगनमा बसेर डोको बुन्दै गरेका आकाश तामाङ भन्नुहुन्छ, “गाउँका सबैले बुन्नुहुन्छ, विद्यालय जानु अघि र फर्किएपछि हामी पनि डोको–थुन्से नै बुन्छौँ ।”

 

आकाश कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । पाँच कक्षाभन्दा माथि पढ्ने अधिकांशले आकाशले जस्तै बिहान बेलुका चित्राफुङ्गाको काम गर्छन् । त्यसैले यहाँका विद्यार्थीको दैनिकी अन्य गाउँको भन्दा फरक छ । बिहान–बेलुका डोको थुन्से बुन्नु विद्यार्थीका लागि शिक्षकले विद्यालयमा दिएको गृहकार्य जस्तै हो । तर, उनीहरुले जति श्रम थुन्से डोकोमा लगाएका छन् त्यसको मूल्य भने न्यून मात्र पाएका छन् ।

 

बालबालिका मात्रै होइन, हिमाली क्षेत्रमा पर्ने गङ्गाजमुना गाउँपालिका–१ र २ को पूरै बस्ती चित्राफुङ्गामा नै निर्भर छ । वृद्धवृद्धाले निगालो चिर्दै गरेको, चोया ताछ्दै गरेको र चोयाबाट डोको, ढालो, थुन्से, भकारीलगायत सामग्री बुन्दै गरेको रोचक दृश्य यहाँ देख्न पाइन्छ । सानैदेखि सिकेको र गर्दै आएको काम वृद्धवृद्धा हुँदा पनि एकनाशले गरिरहेका छन् ।

 

“बाजेबजैले बुबा–आमालाई सिकाउनुभयो, उहाँहरुले हामीलाई सिकाउनुभयोे, हामीले पनि यही पेसा गरिरहेका छौँ । यो हाम्रो पुख्र्याैली पेसा हो,” गङ्गाजमुना गाउँपालिका–२ तावलकी विमला तामाङले भन्नुभयो ।

 

उच्च पहाडी क्षेत्रमा पर्ने गङ्गाजमुना–१ र २ समेटिएको रीगाउँ र त्यस आसपासमा अहिले अनुमानित एक हजार ५ सय परिवारको बसोबास छ । सामान्यतः एक परिवारले वर्षमा रु तीन लाखदेखि रु पाँच लाखसम्मको चित्राफुङ्गा बिक्री गर्दै आएका छन् । तर, लगानी र मेहनत हेर्ने हो भने एउटा परिवारले गर्ने यो आम्दानी निकै कम हो । विमला भन्नुहुन्छ, “वर्षभरीमा धेरै पैसा बुझेको जस्तो देखिन्छ, तर निगालो खोजेर ल्याउँदादेखि चोया बनाउँदा र थुन्से तयार पार्दासम्मको मेहनत तथा लगानी उठाउनै सकिदैँन ।”

 

चार जनाको परिवारले वर्षभरी थुन्से डोको बनाएर रु तीन लाखमा बिक्री गर्छन् । एक जनाले दैनिक रु दुई सयसम्म कमाउँछन् । चित्राफुङ्गा हिउँदमा निगालो काटेर चोया बनाउने र सुकेको चोयाबाट बर्खामा थुन्से डोको बुन्ने हो । गुणस्तर र साइजअनुसार थुन्से, डोको, डालो र भकारीको मूल्य पनि फरक फरक हुन्छ । डोको, डालो र थुन्सेलाई स्थानीय भाषामा जेठी, माइली, काइली र कान्छी गरी छुट्याइएको हुन्छ ।

 

स्थानीयका अनुसार बालुवा बोक्ने सबैभन्दा सानो थुन्सेलाई कान्छी भनिन्छ, त्यसको मूल्य रु १७० देखि सुरु हुन्छ । जेठी भनेको खाङ्ग्रे हो, यो रु एक हजार २ सयसम्ममा गाउँमै बिक्री हुन्छ । चोया कम लाग्ने भएकाले ढोको चाहिँ थुन्सेभन्दा केही सस्तोमा बिक्री हुन्छ । भकारीको लम्बाइ, चौडाइ र गुणस्तरअनुसार मूल्य फरक छ । पातचोयाबाट बनेको दश हातको भकारी  सामान्यतया रु एक हजारमा बिक्री हुन्छ । चित्राफुङ्गाको काम गरिरहेका श्रमिकले न्यूनतम ज्याला उठाउन सकेका छैनन् ।

 

“लेकको अनि चिसो ठाउँ भएकोले खेतबारीको काम धेरै हुँदैन । गाउँमा ज्याला मजदुरीको काम पाइँदैन, घर छोडेर टाढा टाढा काममा जान पनि सकिदैन,’’ तावलकी साइली तामाङ भन्नुहुन्छ, “दैनिक दुई सय रुपैयाँ मात्रै आए पनि नुन खाने पैसा पुग्छ भनेर बाध्यताले काम गर्नुपरेको छ ।”

 

निगालो खोजेर ल्याउँदा र चोया बनाएर सुकाउँदा समेतको समयलाई हिसाब गर्ने हो भने एउटा सानो थुन्से तयार गर्न एकदिन पूरा लाग्छ । तयारी चोया छ भने छिट्टो बुन्नेले तीन वटासम्म थुन्से तयार गर्न सक्छन् । आफ्नै ठाउँमा यतिधेरै मेहनत गरिरहँदा स्थानीय सरकारले चित्राफुङ्गाको बजारीकरणका लागि कुनै पहल नगरिदिँदा स्थानीय श्रमिकले श्रमको मूल्य पाउन सकेका छैनन् । बजार प्रवद्र्धनमा स्थानीय सरकारले सहयोग गरिदिए आफुहरुले मेहनतको मूल्य पाउनेमा उनीहरु आशावादी छन् ।

 

“बजारमा पाइने अन्य सरसामानको मूल्य बढेजस्तै थुन्से डोकोको मूल्य बढाउन वडा र पालिकाले सहयोग गरिदिन्छ की भन्ने आश लाग्छ तर अहिलेसम्म कसैले वास्ता गरेको देखिएन,” साइलीले भन्नुभयो ।

 

विशेषगरी थुन्से, डोको र डालो काठमाडौँ, चितवन, पोखरा, बुटवलका बजारमा र भकारी धान उत्पादन हुने नेपालका पूर्वपश्चिमका जिल्लामा बिक्री हुने गरेको छ । गाउँबाट वार्षिक रु २० करोडभन्दा बढीको चित्राफुङ्गा बिक्री हुने गरेको छ । एउटा गाउँबाट यतिधेरै चित्राफुङ्गाको कारोबार भइरहँदा पनि सरकारी निकायको चासो यसतर्फ जान सकेको छैन ।

 

यस क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्ने युवा निकै कम छन् । पहिले ढुवानीको समस्या भएपनि अहिले केही सहज भएको छ । उचित मूल्य नपाउँदा भने यहाँका बासिन्दा आजित बनेका छन् । स्थानीय तहले निगालो खेतीका लागि कार्यक्रम ल्याएर बजार प्रवद्र्धनमा सहयोग गरिदिए राहत मिल्नेमा उनीहरू आशावादी छन् ।

 

रीगाउँ, तावल, किकेत, ताजिम्राङ, कुताल, धुसेनी, झार्लाङलगायत वस्तीका सबैले चित्राफुङ्गा बनाउँछन् । तर, उत्पादनको मूल्य निश्चित छैन । मौका छोपेर व्यापारीले मूल्य घटाउँदा समस्या हुने गरेको छ । “चित्राफ चित्राफुङ्गाको बजारीकरणमा स्थानीय सरकारले सहजीकरण गरिदिए हुन्थ्यो,” स्थानीय सुक तामाङले भन्नुभयो ।
बजार नपाउँदा समस्या

स्थानीयस्तरमा कृषिखेती गर्नेको सङ्ख्या घटेसँगै पहिलेजस्तो गाउँमा थुन्से डोको बिक्री हुन छाडेको छ । आधुनिकतासँगै बजारमा पाइने प्लाष्टिकका सामग्रीले चित्राफुङ्गाको मूल्यमा असर पारेको छ । पहिले गाउँमा गाईवस्तुको गोबर, मलदेखि धारोबाट पानी बोक्न समेत थुन्से र डोको प्रयोग हुन्थ्यो, जति पनि बिक्री हुन्थ्यो, आम्दानी पनि राम्रै थियो ।

 

“अहिले गाईवस्तु पाल्ने किसान कम हुन थाले, मल बोक्न ट्रक, ट्याक्टरको प्रयोग हुन थाल्यो, प्लाष्टिकका सामान सस्तोमा पाउन थाले, त्यसले डोको थुन्सेको माग कम हुँदै गयो,” तावलकी कान्छी तामाङले भन्नुभयो, “बजारको सुनिश्चितता छैन । बिक्ने नबिक्ने थाहा हुँदैन । तर, अरु काम गर्ने विकल्प नभएकाले डोको थुन्सेमा नै निर्भर हुनु हाम्रो बाध्यता हो ।”

 

डोको थुन्सेको मूल्य स्थिर नहुँदा ठेकेदारले जति दिन्छ त्यतिमा चित्त बुझाउनुपर्ने बाध्यता छ । केहीले बिक्री गर्न आफै बजारसम्म लैजान्छन् । केहीले पिँठ्युमा बोकेर गाउँ–गाउँ डुलाएर बिक्री गर्छन् । ठूलो परिमाणमा डोको डालो थुन्से बुन्नेहरूले व्यापारी खोज्नुको विकल्प हुँदैन । “बुनेको सामान राखेर हुँदैन, नबिक्नुभन्दा व्यापारीले मागेको मूल्यमा सामान पठाउनु बाध्यता छ,” कान्छीले भन्नुभयो ।

 

सरकारले घरेलु उत्पादनलाई प्रोत्साहन गर्ने बताए पनि चित्राफुङ्गा निर्माण गर्ने श्रमिकलाई उत्पादनको सही मूल्य दिलाउन सकिरहेको छैन । तर, गङ्गाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले भने सहकारीमार्फत निगालो लगाउनेदेखि सामग्री निर्माणमा वार्षिक रूपमा सहयोग गर्दै आएको बताउनुभयो । “रीगाउँका स्थानीयले बुनेको डोको थुन्से बिक्रीलाई सहज बनाउन सङ्कलन केन्द्र स्थापना गरेका छौँ, वार्षिक रु १० लाख लगानी गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

 

उत्तरतर्फका हिमाली बस्तीमा जस्तै दक्षिणी धादिङको बेनिघाट रोराङ तथा गजुरी गाउँपालिकाको माथिल्लो बस्तीका बासिन्दा चित्राफुङ्गामाथि निर्भर छन् । दुवै ठाउँको समस्या भने एकनास छ । डोको थुन्से भकारी बनाउनेबाहेक गाउँमा अरु खासै काम हुँदैन । स्थानीय सरकारले बजार व्यवस्थापन र मूल्य निर्धारण गरिदिए व्यावसायिक रुपमा काम गर्न सकिने उनीहरूको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

उपराष्ट्रपति यादवद्वारा पानी दिवसको शुभकामना

काठमाडौँ, उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित गर्न राज्यका नीतिहरू प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभएको छ । विश्व पानी दिवस, २०२६ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “पानी जीवनको आधार हो, यसको संरक्षण र समुचित उपयोग हाम्रो साझा...

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौँ,  परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ । चरनभूमिको संरक्षण गर्न ‘नेपालका उच्च हिमाली चरनभूमि संरक्षणका लागि धार्मिक नेतृत्वको पुनर्जीवन’ नामक चार वर्षे परियोजना सुरु गरिएको हो । यसका लागि नेपाल सरकारले विश्व वन्यजन्तु कोष...

एभरेष्ट चिनी उद्योगमा लक्ष्यभन्दा कम उखु क्रसिङ

महोत्तरी,  चालु आर्थिक वर्ष २०८२/८३ को याममा महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरस्थित एभरेष्ट चिनी उद्योगले उखु अभाव हुँदा क्रसिङ लक्ष्य हासिल गर्न सकेन । यस याममा ८९ दिन मात्र उखु क्रसिङ गरिएकामा २८ लाख ५३ हजार १७८ क्विन्टल क्रसिङ भएको उद्योगले जनाएको छ ।   उद्योगले राखेको...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

भरूवा बन्दुक सहित एक जना पक्राउ

मकवानपुर, बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक एक थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । निजको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई पक्राउ गरिएको केन्द्रीय...

पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ,  पूर्वप्रधानमन्त्री एवं नेपाली कांगे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । चारपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो । उहाँले नेपालमा माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

सन्त निरंकारी मण्डल नेपालद्वारा नारी सन्त समागमबारे आज पत्रकार सम्मेलन गर्दै 

कैलाली — सन्त निरंकारी मण्डल नेपालले सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रादेशिक नारी सन्त समागमबारे जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।   बर्दगोरिया गाउँपालिका–१ टिनबजार नजिक आयोजना हुने उक्त पत्रकार सम्मेलन दिउँसो ३ बजेका लागि तय गरिएको मण्डलले जनाएको छ। सम्मेलनमार्फत समागमको उद्देश्य,...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ,  राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ । देशभरिका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल गार्हस्थ उत्पादनमा कति योगदान पुर्याएका छन् भनेर अध्ययन गर्नका लागि सर्वेक्षण गर्न थालिएको तथ्याङ्क कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिनुभयो । उहाँका अनुसार देशभरिका...

प्रधानमन्त्री कप क्रिकेटः एपिएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

काठमाडौं, प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ ।मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २७१ रनको  योगफल तयार पारेको हो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९